आसन्न निर्वाचनहरुमा पाँच दलीय गठबन्धन मिलेर प्रमुख प्रतिपक्षीदल नेकपा एमालेलाई हराउँने भन्दै काग्रेस , माओवादी केन्द्र , नेकपा एस लगायतका दलहरु लागीरहेका बेला साच्चै उनीहरुले एमाले हराउँलान् या एमालेले चाँही हराउँला भन्ने चर्चा सुरु भएको छ ।
नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षितले एमाले हराउँन भनेर बनेको गठबन्धनधारीहरुलाई मुखभरीको जवाफ फर्काएका छन् । कामको होइन नाममात्रको गठबन्धन भन्दै डा दिक्षितले अहिलेको गठबन्धनले एमाले हराउँन नसक्ने जिकिर गरेका छन् ।
ओटिभी नेपाल डटकमको स्थानिय निर्वाचन विशेषमा कुराकानी गर्दै डा दिक्षितले पाँच दलीय गठबन्धनलाई लुतेहरुको गठठन्धनको संज्ञा दिएका छन् । पाँचवटा लुतहरुको गठन्धनले एमालेलाई केहि फरक नपर्ने ठोकुवा पनि उनले गरेका छन् । एमालेलाई एक्लै सिहसँग डा दिक्षितले तुलना गरेका छन् ।
गठबन्धन भन्नेहरुले लोकतन्त्रको मर्ममानै प्रहार गरिरहेको भन्दै डा दिक्षितले गम्भिर असहमती प्रकट गरेका छन् । गठबन्धन भनेर भोटमाग्न आउँनलेलाई मत नदिन पनी डा दिक्षितले सबै देशबासीलाई अपील गरेका छन् ।’ के का लागी गबठन्धन ? सत्ताका लागी ? भाग खानका लागी ? होइन भने विचारनै नमिल्नेका विचमा अरु के कारणले गठबन्धन हुन सक्छ ?’ डा दिक्षितले प्रश्न गरेका छन् ।
नेपाली काग्रेस पतनको बाटोमा गएको जिकिर पनि डा दिक्षितले गरेका छन् । विपी कोइरालाले एउटा आदर्श र सिद्धान्त बोकेर स्थापना गराएको पार्टी आज शेरबहादुर देउवाले पत्तन बनाएको भन्दै डा दिक्षितले काग्रेस पतन हुन दुखको कुरा भएको बताए । टाउको काट् ने र काटिनेको विचमा अचम्मको गठबन्धन बनेको पनि उनले भनेका छन् ।
गठबन्धन भनेर आउँनेलाई भोट दिनै नहुने पनि डा दिक्षितले भनेका छन् । विचारनै नमिल्ने पार्टीहरुका विचमा गठबन्धन गरेर आउँनेलाई कसरी भोट दिने ? यस्ता पार्टीले चुनाव जिते पनि झनै भद्रगोल हुनो दाबी पनि उनले गरका छन् । गठबन्धन नेताका विचमा भए पनि जनताका विचमा नहुने भन्दै उनले गठबन्धनवालालाई जनताले चुनावमा देखाइदिने बताए ।
ओटिभी नेपाल सँगकै कुराकानीमा डा दिक्षितले चुनाव एक हिसाबले एमालेले जितिसकेको दाबी गरे । एमाले अध्यक्ष केपी ओलीले देशव्यापी अभियान संचालन गरेर एमालेको पक्षमा ठूलो माहोल बनाइसकेको भन्दै उनले ओलीको कन्फिडेन्सलेनै एमालेले चुनाव जित्ने तर्क उनले गरे ।
‘मनोवैज्ञानिक रुपमा एमालेले चुनाव जितिसकेको छ । अरु पाँचवटा लुतेहरु एक्लै चुनाव जित्न सकिँदैन भनेर रोएर बसेका छन् तर केपी ओली पाँच दलमात्रै होइन निर्वाचन आयोगमा दर्ता भएका जती सबै दल मिलेर आउँ भनेर च्यालेन्ज दिइरहेका छन् अनी एमालेले नजितेर कसले जित्छ चुनाव ? ‘डा दिक्षितले प्रश्न गरेका छन् ।
अहिलेको अवस्थामा कित केपी ओलीको पक्षमा कित राजेन्द्र लिंदेनको पक्षमा माहोल देखिएको पनी डा दिक्षित बताएका छन् । अरुलाई मन परोस नपरोस आफ्नो ठाउँमा छ कित केपी ओली आफ्नो कार्यक्रम दिएका जनतामा पुगेको छ कित राजेन्द्र लिंदेन पुगेको छ । लिंदेनले सम्म एक्लै चुनाव जित्छु भनेर भनेको छ तर पाँच दलका हुत्तिहाराहरुले त्यो आँट गर्न सकेनन् । डा दिक्षितले भने ।
जनतामा आफ्नो कार्यक्रम लिएर आएको केपी ओली या लिंदेनलाई भोट हालौँ तर पाँच दल मिलेर आयौँ भन्नेहरुलाई भोट हाल्दै नहालौँ डा दिक्षितले अपील गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको हालत देखेर आफुलाई दया लागेको पनि उनले भनेका छन् । आफ्नी छोरी रेणु दहाललाई मेयर बनाउँन मात्रै प्रचण्डलाई गठबन्धन चाहिएको पनि दिक्षितले आरोप लगाएका छन् ।
स्थानिय तहको निर्वाचन , गठबन्धन लगायतका समसामयिक बिषयलाई केन्द्रमा राखेर नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षित सँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...