Otv Nepal शुक्रबार, असोज १६ २०८३

गठबन्धन भन्दा पहिला के यि प्रश्नको जवाफ दिने हिम्मत होला देउवा -प्रचण्ड सँग ?

  • otv nepal

    शनिबार, चैत्र २६ २०७८
  • नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु आसन्न सबै तहका निर्वाचनहरुमा गठबन्धन गरेरै जाने र नेकपा एमालेलाई पत्तासाफ बनाउँने हुँकार दिइरहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै मिलेर आए पनि सामना गर्न तयार रहेको च्यालेन्ज स्विकार गरिरहेको छ ।

    २०७४ सालको संघिय निर्वाचनमा मध्य दशैँका विचमा हठात बनेको बाम गठबन्धन छिन्नभिन्न बनेको छ । झण्डै दुई तिहाइ मत सहितको सुविधाजनक बहुमतको सरकार चलाएको कम्युनिष्ट पार्टी अहिले विभाजनको दुर्दशामा फसेको छ भने फेरी पनि नयाँ खालको गठबन्धनको कसरत भइरहेको छ ।

    एमाले विरुद्ध एकजुट भएका दलहरुको चरित्र र विचार हेर्दा हेर्नेहरुनै दंग पर्ने अवस्था देखिन्छ । देखिपन्थी पार्टीको आरोप लाग्ने नेपाली काग्रेस देखी उग्रवामपन्थीको आरोप लाग्ने माओवादी केन्द्र सम्म अनी संघियताको नामै सुन्न नचाहने चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा देखी जातीय आधारमा १४ राज्य बनाउँनु पर्छ भन्ने बावुराम भट्टराई र उपेन्द्र यादवको जसपा सम्म एउटै गठबन्धनमा आवद्ध हुनु आफैँमा अनौठो बिषय रहेको विश्लेषण हुने गरेको छ ।

    नेकपा एमाले विभाजन गराएर पार्टीको नामनै एकिकृत समाजवादी राखेका माधव कुमार नेपाललाई झनै गठबन्धनको आवश्यकता परेको छ । बेलाबेला काग्रेस सभापती शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दहाल प्रचण्डले एक्लै चुनाव लड्न तयार छौँ भन्ने गरेका भए पनि माधव कुमार नेपालले गठबन्धन बाहेक एक्लै चुनाव लड्ने कुरा गरेका छैनन् यद्यपी उनले आगामी चुनावमा एमालेलाई पत्तासाफ बनाउँने र टर्च बालेर खोज्नु पर्ने ठाउँमा पुर्याउँने भन्न भने छोडेका छैनन्।

    कुनै पनि कोणबाट विचार र सिद्धान्त नमिल्ने दलहरुका विचमा हुन लागेको गठबन्धनको औचित्यबारे विभिन्न कोणबाट बहसहरु उठिरहेका छन् । एमाले हराउँने र सत्तामा पुग्ने भन्दा बाँकी तर्क गर्नैै नसकिने अवस्थामा उनिहरु रहेका छन् । एमाले अध्यक्ष केपी ओलीले गरेको संसद विघठनलाई प्रतिगमन भन्दै फेरी पनि प्रतिगमनको खतरा कामय रहेकाले परिवर्तनका लागी लडेका शक्तिहरु मिल्नु पर्ने तर्क उनीहरुले गरिरहेका छन् तर सुन्नेहरु यो तर्क पत्याउँन तयार छैनन् ।

    २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि छिटफुट ठाउँमा नेपाली काग्रेस र माओवादी केन्द्रको विचमा गठबन्धन भएको थियो तर उक्त गठबन्धन निकै प्रत्युत्तपादक भएको निष्कर्ष निकालिएको थियो । घुम्दै फिर्दै रम्जाटार भनेको जस्तो फरी पनि काग्रेस माओवादी एकहुने ठाउँमा आइपुगेका छन् । मिसिएका छन् माधव नेपाल देखी चित्रबहादुर केसी सम्म ।

    देउवा प्रचण्डको गठबन्धनको चर्चा चलिरहँदा वर्तमान सन्दर्भमा मात्रै नहेरेर पृष्ठभूमिका सन्दर्भ देखीनै व्याख्या विश्लेषण हुने गरेको छ । प्रचण्डको नेतृत्वमा तत्कालिन माओवादीले जनयुद्ध सुरु गर्दा देउवानै देशका प्रधानमन्त्री थिए । देउवालाई ४० बुँदै मागपत्र बुझाएर माग सम्बोधन नभए पछि माओवादी युद्धमा होमिएको थिया,े अहिले उनै प्रचण्ड देउवालाई सरकारको चाबी बुझाउँने मात्रै होइन उनी नभए राजनितीक अस्तित्व रक्षा गर्न नसक्ने अवस्थामा आइपुगेका छन् ।

    केहि दिन अघि मात्रै एक टेलिभिजनलाई दिएको अन्तर्वामा प्रचण्डले देउवालाई बढो व्यवहार कुुसल नेता भनेर रिभ्यु गरेका थिए भने उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई खलनायक भनेका थिए । नामका अघि कम्युनिष्ट लेख्ने प्रचण्डलले देउवालाई व्यवहार कुुसल नेता र ओलीलाई खलनायको संज्ञा दिएका थिए ।

    पुजिँवादी स्कुलका उत्पादन देउवा र मार्सवादी अझ माओवादी स्कुलका प्रचण्डका विचको गठबन्धनका बारेमा पर्याप्त बहस उठेको छ ।बहस, विवेचना गर्नेहरुले सत्ता मोहलेनै उनीहरु एक ठाउँमा रहेको निष्कर्ष निकालेका छन् । सत्ताका लागी जे पनि गर्न तयार भएका कारणनै यो सम्भव भएको नत्र अरु कारणले सम्भवनै नहुने धेरै जना राजनितिक विश्लेषकहरुले ओटिभी नेपाल डटकम सँग जिकिर गरेका छन् ।

    अझै रोचक कुरा त के छ भने ज्योतिषीले सात पटक प्रधानमन्त्री हुने भविश्यवाणी गरेका शेरबहादुर देउवा ज्योतिषको परामर्श विना एक पाइलो पनि चाल्दैनन् तर ती सबै मान्यताहरुलाई अन्धविश्वास ररुढिबादी मान्ने प्रचण्ड आफुलाई क्रान्तिकारी कम्युनिष्ट देखाउँन बहुसंख्यक जनताले मान्ने पर्व दशै पनि नमनाइ टिका समेत लगाउँदैनन् तर पनि सरकार र सत्ताका लागी भने दुई थरि चिन्तनबाट चलेका देउवा र प्रचण्ड एक ठाउँ छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज १२ २०८३

    “हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”

    हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...

    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend