केहि समय अघि नेकपा एमालेको केन्द्रिय सम्पर्क समन्वय कमिटिले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुलाई भोक , थकाइ , निन्द्रा केहि नलाग्ने भन्दै परमादेशी गठबन्धनलाई ठेगान लगाएरै छोड्ने उद्घोष गरे ।
मलाई भोक पनि लाग्दैन थकाइ पनि लाग्दैन परमादेशवाला गठबन्धनवालाहरुलाई ठेगान लगाएरै छोडिन्छ तपाईहरु पनि राम्रो सँग लाग्नुस भन्दै ओलीले निर्वाचन केन्द्रित हुन एमाले कार्यकर्तालाई निर्देशन दिएका थिए । ओलीको दिनचर्चा र दौडधुप हेर्दा साँच्चै उनले भनको कुरा हो जस्तै देखिएको छ ।
आसन्न निर्वाचनमा गठबन्धन गरेर एमालेलाई हराउँने र केपी ओलीलाई देखाइदिने भनेर बसेका गठबन्धन आवद्ध दलहरुको चुनावी गतिविधी सुस्त र गतिहिन हुँदा एमाले अध्यक्ष ओली भने चुनावी मोर्चाको कमाण्डर बनेर देश दौडाहमा निस्किएका छन् । दैनिक ४ ५ वटा कार्यक्रम सम्मलाई ओलीले सम्बोधन गरेका छन् ।
कर्णाली जुम्ला देखी सुदूरपश्चिम बझाङ सम्म पनि ओली पुगेर त्यहिको जनताको लयमा भाषण गरेका छन् भने पहाड देखी तराइ सम्म पनि उनको व्यस्तता उतीकै देखिन्छ । देश अनुसारको भेष भनेजस्तो तराइमा पुग्दा कछाड र कुर्तामा देखिने ओली हिमालमा पुग्दा त्यहीको ड्रेसमा देखिन्छन् र उस्तै आक्रामक र जोशीले भाषण गरेर कार्यकर्तालाई हौसला प्रदान गरिरहेका छन् ।
बिहानै देखी दौडधुपमा निस्कने गरेका ओली राती अबेर सम्म पनि बालकोट स्थित निवासमा व्यस्त हुने गरेका छन् । कार्यकर्ता भेटभाट देखी चुनावी रणनिती बनाउँने काममा उनले निकै समय दिने गरेको देखिन्छन् । आफु दैनिक १८ घण्टा खट्ने गरेको बताउँने गरेका उनले अहिले त्यो भन्दा पनि बढि समय खटिरहेको बालकोट स्रोतले बताएको छ ।
बालकोट स्रोतले ओटिभी नेपाल डटकमलाई बताए अनुसार दैनिक करिब १२ बजे सम्म त कार्यकर्ता भेटभाटमै व्यस्त हुने त्यस पछि केहि समय अध्ययन गरेर मात्रै सुत्ने ओलीको दैनिकी छ । ओली जँहा पुग्छन् त्यहाँ हजारौँको भिड उनलाई हेर्नको र उनका भाषण सुन्न लाग्ने गरेको छ ।
दुई पटक मृगौलाको प्रत्यारोपण गरेका उनी आफ्नो स्वास्थ्यलाई पनि ख्याल नगरी दौडधुपमा लागेको देखिन्छ । ओली स्वास्थ्यलाई पनि ख्याल नगरी हिँडेको भन्ने कुरालाई उनले सिधै खारेज गरिदिने गरेका छन् । एक प्रसंगमा उनले पत्रकारले स्वस्थ मान्छे जस्तै ओली हिँडेर भनेर लेखेको समाचार प्रति कटाक्ष गदैै के मलाई स्वस्थ मान्छे जसरी हिडेको भन्ने ? म बिरामी हुँ र ? झन ४ वटा मृगौला लिएर हिँडेको छु झनै तगडा छु पत्रकार सँगनै कुस्ती खेल्नु पर्छकी के हो? भन्दै ओलीले मजाक गरेका थिए ।
मेची देखी महाकाली सम्मका चुनावी सभालाई सम्बोधन गर्न पुगिरहेका ओलीले यसक्रममा काठमाडौंमा हुने बैठकदेखि पार्टीका जनवर्गीय तथा पेसागत संगठनहरुको राष्ट्रिय महाधिवेशन उद्घाटन तथा सम्बोधन गरेका छन् । त्यसैगरी चैतको दोस्रो साता केन्द्रीय कमिटी बैठकबाट स्थानीय तहको चुनावमा रणनीति, उम्मेदवारको मापदण्ड र छनोटको विधि निर्माण गरेका थिए । देश दौहाडामा रहेका हिमाल, पहाड र तराई तीनै क्षेत्रका जिल्लाहरुमा ठूल्ठूला आमसभा आयोजना गर्ने र पार्टी प्रवेश गराउने गरेका छन् ।
एमालेस्रोत दिएको जानकारी अनुसार पछिल्लो एक महिनामा अध्यक्ष ओलीले २५ जिल्लाको कार्यक्रमलाई सम्बोधन गरिसकेको बताए । अहिलेलाई उमेदवारी दर्ताका दिन सम्मलाई सेड्यूल बनेको र त्यस पछि थप तालिका बन्ने एमालेले बताएको छ ।
फागुन २१ गते इलामको सुखानीमा आयोजित गरिएको कार्यक्रममा सहभागी भएका ओलीले शुक्रबार लमजुङ पुगेका छन् । नयाँ वर्षको पहिलो दिन बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व स्काउट संगठन एशिया प्रशान्त क्षेत्रको ‘मेधावी योगदान पदक’ पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरेकी थिइन् ।
ओली बुधबार सुनसरीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।जसमा जसपाबाट निर्वाचित भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमाले प्रवेश गरेका थिए । गतमंगलबार राजधानीमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकर्पण गरेका थिए । मोतीदेवी स्मृति केन्द्र आयोजना गरेको कार्यक्रममा क्षेत्रमा योगदान गर्ने महिलाहरुलाई सम्मान गरेका थिए ।
त्यसको एक दिनअघि सोमबार सुदुरपश्चिम पुगेका थिए । बझाङको चैनपुरमा आयोजित आमसभा तथा पार्टी कार्यक्रमलाई सम्बोधन गरेका ओलीले मंगलबार ललितपुरमा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए । जबकी चैत्र २६ गते ओली पर्वतको कुश्मा र बाग्लुङको आमसभामा सहभागी भएका थिए । त्यसैदिन उनी कास्की पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । जसमा जनता समाजवादी पार्टी ९जसपा०का केन्द्रीय सदस्य विष्णुजंग बस्नेत एमालेमा प्रवेश गरेका थिए ।
चैत २५ गते राष्ट्रिय जनस्वास्थ्यकर्मी संघको चौथो महाधिवेशनको उद्घाटन गरेका ओलीले चैत २४ मा बर्दिया सदरमुकाम गुलेरियामा आयोजित कार्यक्रममा सहभागी भए भने नेपालगञ्जमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।
बर्दियाको गुलरियामा नेपाल भूमिहिन सुकुम्बासी संगठनको महाधिवेशनमा सहभागी भएर सम्बोधन गरेका थिए । गुलरिया नगरपालिका उप प्रमुख सुशीला गिरीलाई पार्टी प्रवेश गराएका थिए । कांग्रेसबाट उपमेयरमा निर्वाचित गिरि एमालेका प्रवेश गरेकी थिइन् । चैत २२ मा वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गरेका थिए । सो कार्यक्रममा एमाले छाडेर विभिन्न दलका नेता तथा कारकर्ता एमालेमा प्रवेश गरेका थिए । चैत २१ मा पेशागत संगठन प्रोग्रेसिभ इन्जिनियर एशोसिएसनको नवौं महाधिवेशनको ललितपुरमा उद्घाटन तथा सम्बोधन गरेका थिए ।
एमालेले सदस्य संख्या कम रहेका पेशागत तथा भ्रातृ संगठनहरुको महाधिवेशन स्थानीय चुनावअघि नै गरिसक्ने गरी योजना निर्माण गरेको छ । चैत २० मा काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद्को १० औं महाधिवेशनको ओलीले काठमाडौमा उद्घघाटन गरेका थिए । चैत १९ गते पूर्वी पहाडी जिल्ला खोटाङमा आयोजित सभालाई सम्बोधन गरेका ओली चैत १८ मा काठमाडौंमा भएको राष्ट्रिय जनसंस्कृतिक महासंघको महाधिवशेनमा सहभागी भएका थिए ।
जबकी चैत १७ मा कर्णाली प्रदेशको कालिकोट, जुम्ला र दैलेखमा आयोजित छुट्टाछुटै आमसभालाई सम्बोधन गरेका थिए । एमालेले कालिकोटको सदरमुकाम मान्म, जुम्लाको सिन्जा र दैलेखको दुल्लुमा सभा आयोजना गरेको थियो ।
चैत १६ गते काठमाडौबाट उनले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता तयारी कार्यशालाको भर्चुअल सम्बोधन गरेका थिए । त्यसको एक दिनअघि काठमाडौंमै नेपाल उत्पीडित जातीय मुक्ति समाजको छैठौं महाधिवेशनमा उदघटन र सम्बोधन गरेका थिए ।
चैत १४ मा ओली लुम्बिनी प्रदेशको कपिलबस्तु पुगेका थिए । सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका सांसद वृजेशकुमार गुप्तालाई ओलीले स्वागत गरेका थिए । सो कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, एमालेमा प्रवेश गरेका थिए ।
चैत १२ मा काठमाडौंमा आयोजित मुस्लिम इत्तेहाद संगठनको छैटौं महाधिवेशनको ओलीले उद्घाटन गरेका थिए । चैत ११ गते प्रदेश १ को उदयपुरमा आयोजित सभालाई ओलीले सम्बोधन गरेका थिए । चैत ८ गते काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेतृ करिष्मा मानन्धर र समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रेमबहादुर सिंहलाई एमालेमा प्रवेश गराएका थिए ।
चैत ६ मा इलामको फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका ओलीले चैत १ मा राजधानीमा महिला संघको सातौं महाधिवेशनलाई उद्घाटन गरेका थिए ।
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...