नेकपा एमालेका नेता एवं भूमी सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको चेतावनी समाजिक संजालमा भाइरल भएको छ । माओवादीलाई ऐजेरु सँग तुलना गर्दै ज्ञावलीले प्रचण्डको सातो खाएका थिए ।
ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीका क्रममा ज्ञवालीले बोलेका कुराहरु अहिले फेसबुक, टिकटक लगायतका सामाजिक संजालमा भाइरल भएको छ । सरकारले भूमी सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि आक्रोशित भएका ज्ञवालीले ओटीभी नेपाल मार्फत आँउदो चुनवामा प्रचण्ड सँग हिसाब किताव चुनावी मैदानमै गर्ने भनेका थिए ।
ज्ञवालीले माओवादीलाई ऐजेरु सँग तुलना गरेको क्लिप सबैभन्दा धेरै हेरिएको छ । अन्तवार्ताका क्रममा ज्ञवालीले भनेका थिए माओवादी भन्ने पार्टी कस्तो देखीयो भने एजेरु भन्ने एउटा वनस्पती हुन्छ जुन माटोमा बस्दैन, बनस्पतीमा मात्रै बस्छ ,उसको विशेषता के हो भने जुन विरुवामा उ जन्मिन्छ र हुर्किन्छ त्यहि विरुवालाई मार्दिन्छ ।
माओवादी एक्लै कँही चुनाव जित्न सक्दैन कहिले एमालेलाई समात्छ ,कहिले काग्रेसलाई समात्छ , काग्रेसलाई समात्यो भने त्यही झगडा गराउँछ एमालेलाई समात्यो भने पनि त्यहि झगडा लगाएर पार्टी फुटाउँन खोज्छ त्यसैले वनस्पतीमा एजेरु र राजनितीमा माओवादी एकै हो । ज्ञवालीले भनेको यहि कुरा अहिले सामाजिक संजालमा व्यापक हेरिएको छ ।
आयोगका अध्यक्ष देवी ज्ञवालीले एमालेको रिसले सरकारले लाखौं भूमीहिन , सुकुम्बासीहरुको पेटमा देउवा सरकारले लात हानेको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । १४ महिना अघि आयोग गठन गरेर धमाधम काम भइरहेको र करिब करिब काम अन्तिम अवस्था पुगेको अवस्थामा आयोगनै विघठन गरेर सुकुम्बासीहरु प्रति सरकारले अपराध गरको भन्दै ज्ञवालीले यो लाखौं गरिब, भूमीहीन सुकम्बासीहरु माथी राज्यले गरेको निर्मम प्रहार भनेका छन् ।
ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा ज्ञवालीले आफु माथी प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस्तौनी दुस्मनी जस्तो व्यवहार गरेको पनि बताए । गत स्थानिय तहको निर्वाचनको सन्दर्भ सम्झँदै ज्ञवालीले त्यो बेलामा पनि आफुलाई यिनै प्रचण्ड र देउवा मिलेर जालसाँझी गरेर प्रचण्डकी छोरी रेणु दाहाललाई मतपत्रनै च्यातेर चुनाव जिताइएको र अहिले पनि आयोग विघठन गरेर कुन जूनीको रिस साँध्दै आफुमाथी बदला लिन खोजेको हो भन्दै आक्रोस व्यक्त गरे ।
आफुले राम्रो काम गरेकै कारण सरकार डराएर आयोग विघठन गरेको ज्ञवालीले ठोकुवा गरे । यीनहरु कायर हुन् देवी ज्ञवाली सँग डराएर आयोगनै विघठन गरिदिए ,म सँग किन पटक पटक बदला लिँदैछन् मैलै त यिनीहरुको केही विगार्र्दिएको छैन ,देउवा डढेलधुराका हुन् मेरा बा ले यीनका केही खाइदिएका थिएनन्, प्रचण्ड पनि ढुकुरपोखरीवाला हुन् यीनको पनि मैलै केहि खाइदिएको छैन तर पनि किन मै सँग पटक पटक रिस देखाइरहेका छन् ? यिनीहरु म सँग कुन जूनीको रिस पोख्दैछन् रु ज्ञवालीले भने ।
स्थानिय तहको निर्वाचनका बेला मतपत्र च्यातेर छोरीलाई जिताउँदा पनि पछि संघिय निर्वाचनमा पार्टी निर्णयलाई मानेर आफुले प्रचण्डलाई सहयोग गरेको सम्झँदै ज्ञवालीले प्रचण्ड जतीको बैगुनी नेता अरु कोही नभएको बताए । त्यस बेला आफुले पार्टीको आदेशलाई शिरोपर गर्दै विष पिरेर निलकण्ठ बनेको तर अहिले सबै गुनलाई लत्याएर प्रचण्डले घात गरेको उनले बताए ।
मतपत्र च्यातेर छोरी जिताउँने प्रचण्डलाई बोकेर हिड्दा एक महिना सम्म परिवारका सदस्य उनी सँग नबोलेको पनि ज्ञवालीले खुलासा गरे । उनले भने आज पहिलो पटक भन्दैछु त्यस बेला मैलै प्रचण्डलाई बोकेर हिड्दा एक महिना मेरो परिवार म सँग बोलेन तर पनि मैले पार्टीको निर्णय हो भनेर सहयोग गरेँ प्रचण्डले त्यो गुनको पैँचो आज तिरे ।
आफु विरुद्ध जती षड्यन्त्र गरे पनि नडराउँने भन्दै ज्ञवालीले प्रचण्ड र देउवाको षड्यन्त्र विरुद्ध आजीवन लड्ने उद्घोष गरे । प्रचण्ड सँग चितवनको चुनावी मैदानमा सबै हिसाब किताव हुने पनि ज्ञावलीले बताएका छन् । चुनाव लड्न कहाँ जाने प्रचण्ड रु त्यहि चितवन आउँने त होलानी त्यो बेलामा देखाउँछौ ज्ञवालीले भने ।
यस पटक प्रचण्ड चितवनमा चुनाव लड्न आउँने कुरा आफुलाई विश्वास नलागेको पनि उनले बताए । यस अघि कहिँ पनि स्थिर भएर चुनाव नलडेका प्रचण्ड चुनाव लड्न चितवन आउँने हिम्मत नगर्न सक्ने उनले शंका व्यक्त गरे । कहिले काठमाण्डौ कहिले रोल्पा , कहिले सिराह गरेर दौडने प्रचण्ड चितवनमाख आइपुगे ,फेरी आउँछन् जस्तो लाग्दैन आए भने जानेका र्छौं ज्ञवालीले भने ।
सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश बाट अहिले सरकारले गरेको आगोग खारेज सम्बन्धी निर्णय रोकिएको छ । अदालतमा मुद्धा विचाराधिन रहको छ केहि दिनमै मुद्धाको अन्तिम किनारा लाग्ने बताइएको छ ।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...