गत स्थानिय तहको निर्वाचनमा कतिपय ठाउँमा नेपाली काग्रेस र माओवादी केन्द्रविच चुनावी तालमेल भएको थियो । काग्रेस र माओवादीको गठबन्धनलाई अप्राकृतिक भन्दै व्यापक विराध भएको थियो । जनता र कार्यकर्तामा आलोचित सहकार्य फेरी पनि हुने सम्भावा बढेर गएको छ ।
नेपाली काग्रेसका कार्यकर्तालाई अप्राकृतिक गठबन्धन गरेर हसिँया हथौडा चिन्हमा भोटाहाल्न लगाएको भन्दै काग्रेस कार्यकताले चर्को विराध गरको थिए । तर फेरी पनी त्यही अवस्था आउँन सक्ने देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव सम्मै काग्रेस सँग गठबन्धन गरेर जाने प्रस्ताव औपचारिक रुपमै गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले शनिबार केन्द्रीय कमिटीको बैठकमा ८ पृष्ठ लामो ‘राजनीतिक र संगठनात्मक प्रस्ताव’ का साथै ५२ पृष्ठ लामो विधान संशोधन प्रस्ताव पेश गरेका छन् । जसमा प्रचण्डले आगामी निर्वाचनमा काग्रेस सँगा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष ओलीलाई आलोचना गर्दै प्रचण्डले काग्रेसको प्रशंसा गरेका छन् ।
दस्तावेजको एक ठाउँमा अहिलेको काँग्रेस–वाम गठबन्धनलाई चुनावसम्मै लैजाने पार्टीको नीति रहेको उल्लेख छ भने अर्को ठाउँमा नेकपाको विरासत बोक्दै वाम एकता गरेर अघि बढ्ने भनिएको छ ।
दोस्रो प्रतिगमनपछि वाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै प्रचण्डको दस्तावेजमा अहिलेको गठबन्धन सरकारलाई सामान्य रुपमा लिन नहुने बताइएको छ । दस्तावेजमा भनिएको छ, ‘यो सरकारलाई विगतमा भएका सरकार हेरफेरका सामान्य घटनाका रुपमा बुझ्नु गल्ती हुनेछ ।’
।
केन्द्रीय कमिटी बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा एमालेसँको एकताबारे चर्चा गर्दै भनिएको छ, ‘दलाल नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्दै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नेजस्तो मूलभूत वैचारिक राजनीतिक समानताको जगमा तीसको दशकदेखि फरक–फरक धारामा हिँडिरहेका पार्टीबीच एकता गर्दा देशमा एउटै बलियो कम्युनिस्ट केन्द्र बन्ने र समाजवादको आधार निर्माण गर्न सहज हुने निश्कर्षसहित हाम्रो पार्टीले एमालेसँग चुनावी तालमेल हुँदै पार्टी एकताको प्रस्ताव राख्यो ।’
प्रस्तावमा अगाडि भनिएको छ, ‘आम निर्वाचनमा अभूतपूर्व जनसमर्थनसहित हाम्रो प्रस्ताव जनसमुदायबाट अनुमोदित पनि भयो । २०७५ साल जेठ ३ गते नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भई नेपाल कम्युनिस्ष्ट पार्टी नेकपा० को निर्माण भयो ।’
।
माओवादी अध्यक्ष प्रचण्डले नेपाली काँग्रेससँगको गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने पार्टीको नीति रहेको दस्तावेजमा उल्लेख गरेका छन् । तर, उनले समाजवादसम्म जानका लागि वामपन्थीसँग सहकार्य गर्ने अर्को नीति पनि दस्तावेजमा उल्लेख गरेका छन् ।
प्रचण्डको दस्तावेजमा भनिएको छ, ‘समाजवाद निर्माणका लागि नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं भन्ने ध्येयका साथ पार्टी निर्माणमा जुट्न आवश्यक छ । नेकपाको राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न सक्दैनन् । मूलतः आफ्नै शक्तिमा भर पर्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिहरुसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै नेकपाको विरासत स्वामित्वसमेत हाम्रो पार्टीले लिनुपर्दछ ।’
केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताइएको थियो । बैठकमा प्रचण्डले भने, ‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ, माधवजीको के हुन्छ, थाहा छैन । आशा गरौं, ठिकै हुन्छ,’ प्रचण्डले बैठकमा भने, ‘यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन ।’
प्रचण्डले अगाडि भने, ‘जसपाले वैधानिकता पाएकाले २० सांसद छन् । काँग्रेस र हाम्रा सांसद १११ छन् । सबै जोड्दा १३१ मात्र पुग्छ, यत्ति हो । यसरी हेर्दा हामी अल्पमतमा छौं ।’
सरकार गठन भएको एक महिनासम्म मन्त्रिमण्डल विस्तार नहुनुमा माओवादीको दोष नरहेको प्रचण्डको भनाइ थियो । ‘दलभित्रको अवस्थाका कारणले ढीलो भएको हो, हाम्रो कारणले ढीलो भएको हैन,’ प्रचण्डले बैठकमा भने, ‘कहिले जसपाको आधिकारिकता विवाद त कहिले एमालेको अन्तरसंघर्षले स्वरुप लेओस् भनियो । अहिले प्रधानमन्त्री आफैंले काँग्रेस कार्यसमितिको बैठकपछि गरौं भन्नुभएको छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरे । केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले भने, ‘आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ ।’
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...