एक युवतीले आफु माथी भएको यौन शोषणका बिषयमा सामाजिक संजाल मार्फत बाहिर ल्याए पछि अहिले सडक देखी सदन सम्म यहि बिषयमा चर्चा भइरहेको छ । ती युवतीको न्यायको लागी सडक देखी सदन सम्म आवाज उठ्न थालेको छ ।
युवतीले तत्कालिन समयमा आफुले सहायताका लागी माल्भीकासँग गुहार माग्दा उल्दै गाली गरेको सत्य बाहिर ल्याए पछि यो बिषय निकै तरंगित भएको छ । यति गम्भिर बिषयया माल्भीकाको गैरजिम्मेवारपन बाहिर आए पछि उनीमाथी सामाजिक संजालमा गालीको बर्षा भइरहेको छ ।
माल्भीका आफैँले पनि आफ्नो गल्ती स्विकार गदैै प्रायश्चित गरेकी छिन् उनीमाथीको आक्रोस कमि भएको छैन । एकातिर पीडित युवतीको लागी न्यायको लागी आवाज उठिरहेको र माल्भीकाका विरुद्ध टिकाटिप्पणी भइरहेका बेला पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा सहितका ३ जना पूर्व मिस नेपालहरु भने माल्भीकाको प्रतिरक्षामा उभिएका छन् ।
अहिले माल्भिकालाई गालीगलौज भइरहँदा तीन पूर्व मिस नेपालहरूले उनको प्रतिरक्षामा मुख खोलेका छन् । उनीहरूले माल्भिकाबाट कमजोरी भए पनि सबै दोष उनीमाथि थोपर्न नहुने बताएका छन् ।
श्रृङ्खला खतिवडाले माल्भीकाको प्रतिरक्षा गर्दै यस्तो लेखेकी छिन् उहाँ (माल्भिका) गलत हुनुहुन्थ्यो । उहाँ एक नारीवादी अभियन्ता भएकाले धेरै महिलाहरूको अधिकार र सुरक्षाको कुरा आउँछ, यो अर्को तहमा गलत थियो । तर, म एक जनामाथि दोष केन्द्रित गर्ने र दोषारोपण गर्ने प्रवृत्तिमा योगदान दिन चाहन्न ।
उहाँलाई अनफलो गर्नुहोस्, घृणा गर्नुहोस्, अपमान गर्नुहोस्, तर उहाँमाथि नै सबै दोष नथुपार्नुहोस् । सबै दोष उहाँमाथि लगाउनु उहाँको लागि अन्याय हो ।यसले दुर्व्यवहार गर्नेलाई मात्र फाइदा हुन्छ । यसले समस्या समाधान गर्न कतै पनि मद्दत गर्दैन । यहाँ व्यक्तिको खराब नैतिक निर्णय भन्दा पीडितको समस्या ठूलो छ ।
यस केसमा पीडितले औँल्याएको मानिसदेखि लिएर धेरै व्यक्तिहरू थिए जसले त्यति बेला सही समयमा पीडितलाई यो दलदलबाट निकाल्न सक्थे । जस्तै उनको परिवार, साथी–सहकर्मी, मालिक, साझेदार र सल्लाहकार आदि । सबैले उनलाई मद्दत गर्न सक्थे ।
त्यसै गरि पूर्व मिस नेपाल जेनिशा मोक्तान (मिस नेपाल २००९)ले पनि यस बिषयमा माल्भीकाको प्रतिरक्षा गरेकी छिन् उनले लेखेकी छिन् हामी त्यस चिजबाट नै निराश हुन्छौं जसबाट हामीले उच्च अपेक्षा राखेका हुन्छौं । तपाई (माल्भिका)ले सधैँ आफ्नो स्ट्यान्डर्ड सेट गर्नुभएको छ, त्यसैले तपाईँबाट सबैको अपेक्षा उच्च छ । आफूले आफूलाई कमजोर नबनाउनु दिदी । तपाईँले अनगिन्ती महिलाहरूलाई सशक्त बनाउनुभएको छ, समर्थन गर्नुभएको छ । र तपाईँलाई तल झार्नु कुनै अर्को महिलालाई समर्थन गर्ने तरिका होइन । धेरै माया ।
पूर्व मिस नेपाल सीताश्मा चन्द (मिस नेपाल २००७) ले पनि माल्भीकाको प्रतिरक्षामै आफ्नो आवाज दिएकी छिन् उनले लेखेकी छिन् मलाई लाग्दैन कि उनले पोस्टमा उल्लेख गरेको र उनले भोगेका सबै कुराको लागि तपाईँ जिम्मेवार हुनुहुन्छ ।
तर यो सत्य हो कि तपाईँ उनले भोगेको पीडाहरूमा र उनको यात्रामा एउटा अभिन्न हिस्सा बन्न सक्नुहुन्थ्यो ।दुर्भाग्यवश तपाईँ हुन सक्नुभएन । तपाईँले स्पष्ट रूपमा आफ्नो अफसोस व्यक्त गर्नुभएको छ ।
हामी सबैले कहीँ न कतै गल्ती गरेका छौँ । जिम्मेवारी स्वीकार गर्ने, माफी माग्ने र सकेसम्म यसलाई ठिक गर्न प्रयास गरौँ । तपाईँले दशकौँदेखि कति मानिसहरूलाई प्रेरित, उत्प्रेरित र मद्दत गर्नुभएको छ, त्यो हामी बिर्सन सक्दैनौँ । एउटा गल्तीले तपाईँले गर्नुभएका र हासिल गर्नुभएका अरू सबै कुरालाई ढाक्न सक्दैन र ढाक्नु पनि हुँदैन । तपाईँलाई शक्ति मिलोस् ।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...