Otv Nepal सोमबार, असोज १९ २०८३

ओलीलाई देखाउँन यती सम्मको फोहोरी खेल खेल्न पनि पछि परेनन् प्रचण्ड र माधव नेपाल !

  • otv nepal

    शनिबार, जेष्ठ ७ २०७९
  • स्थानिय तहको निर्वाचनको परिणाम देशव्यापी रुपमा आइरहेको छ । प्राप्त परिणामले नेपाली काग्रेस सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ भने सबैभन्दा ठूलो पार्टी रहेको नेकपा एमाले दोस्रो बन्दै रक्षात्मक अवस्थामा पुगेको छ ।

    स्थानिय तहको निर्वाचनमा एमाले र त्यसमा पनि एमाले अध्यक्ष केपी ओली विरुद्ध सत्तागठबन्धनका दलहरुले के कति सम्म गरे भन्ने सक्षिमा सुरु भएको छ । देशव्यापी रुपमा पाँचदलीय गठबन्धन बनाएर होमिएका दलहरु अहिले एमाले हराइयो भनेर खुशियाली मनाइरहेका छन् तर यो परिणाम निकाल्नका लागी उनीहरुले के कती सम्म हतकण्डा गरे भन्ने फेहरिस्त पनि बाहिर आउँन थालेको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पटक पटक सार्वजनिक रुपमा एमाले अध्यक्ष केपी ओलीलाई राजावादीको आरोप लगाउँने गरेका छन् । ओलीले गोप्य रुपमा पूर्वराजा सँग भेट्ने गरेको समेत आरोप लगाउँने उनीहरुले यहि चुनावमा ओलीलाई हराउँन राजावादी पार्टीका उमेदवारलाई समर्थन गर्न पनि पछि परेनन् ।

    एमाले अध्यक्ष ओलीको गृह नगर झापाको दमक नगरपालिकामा राप्रपाका उमेदवार राम थापा बिजयी भएका छन् । उनी बिजयी भएको खबरलाई काग्रेस , माओवादी र नेकपा एसका कार्यकर्ताहरुले एमाले अध्यक्ष अ‍ोली विरद्ध मसलाका रुपमा प्रयोग गरिरहेका छन् त्यहाँको यर्थाथ भने अर्को देखिएको छ ।

    दमकमा राप्रपाका उमेदवार राम थापा मेयरमा बिजयी भएका छन् तर उनी राप्रपाको एकल उमेदवार भने होइनन् । उनी काग्रेस, माओवादी केन्द्र , नेकपा एस लगायतका दलहरुको समर्थनमा बनेका साझा उमेदवार हुन् । ओलीलाई देखाउँनैका लागी आफुलाई गणतन्त्रको पिता भन्ने प्रचण्ड देखी देउवा र माधव नेपालले समेत राप्रापाका उमेदवारलाई समर्थन गरेर एमाले हराएका छन् ।

    रोचक कुरा त २०६१ सालको शाहीकालमा ८ महिना दमक नगरपालिकाको प्रमुख बनेका थापा दलहरूको संयुक्त जनआन्दोलनपछि पदच्युत भएका थिए । गणतन्त्रका कट्टर विरोधी थापा अहिले प्रचण्डकै समर्थनमा दमकको मेयरमा कमब्याक भएका छन् ।

    अहिले राप्रपाको प्रदेश १ का अध्यक्षसमेत रहेका थापा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको विपरीत धारका हुन् । उनलाई प्रदेश पार्टी अध्यक्षमा हराउनका लागि लिङ्देनले भक्ति सिटौलालाई अघि सारेका थिए । तर सिटौलालाई थापाले पराजित गर्दै पार्टी अध्यक्ष बनेका थिए ।

    थापा लामो समयदेखि स्थानीय र संसदको चुनावमा भाग लिँदै आएका थिए । तर, उनको दोस्रो स्थान मात्रै आउने गरेको थियो । यसअघि थापा संसदीय निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका थिए । ओली विजयी हुँदा थापा दोस्रो भए । ०७४ सालको स्थानीय निर्वाचनमा दलहरु एक्ला एक्लै प्रतिस्पर्धामा रहँदा पनि थापाले प्रमुख पदमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला थापा एमालेका रोमनाथ ओलीबाट पराजित बने । तत्कालीन झापा जिल्ला विकास समितिको निर्वाचनमा पनि नेता थापा उप–सभापतिमा १ मतले पराजित भएका थिए ।

    निर्वाचनमा पहिलो बन्ने थापाको इच्छा यस पटक भने पुरा भएको छ । नेता थापाले राष्ट्रवादी विद्यार्थी मण्डलबाट २०३५÷०३६ सालदेखि नै भद्रपुरको मेची बहुमुखी क्याम्पसबाट राजनीतिक यात्रा सुरु गरेका थिए । संयुक्त जनआन्दोलनपछि बदनाम बनेको राप्रपाको राजनीतिमै अडिएर सोही पार्टीको चुनाव चिन्हबाट दमकको प्रमुख पदमा विजयी हुनु उनका लागि कठिन थियो । तर, यस पटक उनले साकार पारका छन् ।

    थापाले एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले शुक्रबार विजयी भए । विजयी थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् ।

    झापामा एमालेविरुद्ध महागठबन्धन थियो । देशभर एक्लै चुनाव लड्ने घोषणा राजेन्द्र लिङ्देनले गरिरहँदा थापाले भने प्रदेश १ मा सत्ता गठबन्धनसँग छलफल अगाडि बढाएका थिए । उनले चलाएको उक्त छलफलप्रति पार्टीभित्र केही असन्तुष्टि पनि देखिएको थियो । तर, पछि गठबन्धनमा राप्रपाका थापा सहभागी हुँदा उनले मेयर पाए भने काँग्रेसले उपमेयर पाएको थियो । जुन गठबन्धन दमकमा सफल भएको छ ।

    ​उनले दमक नगरपालिका बनेदेखि नै निर्वाचित मेयर बन्ने सपना बन्दै आएका थिए । २४ वर्षअघि पहिलोपटक मेयर लडेका उनले त्यसयता प्रयास जारी राखेका थिए । त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

    २०४९, २०५४ र २०७४ मा भएका तीन वटै स्थानीय चुनावमा दमकको प्रमुख र उपप्रमुखसहित बहुसंख्यक सिटमा एमालेले जितेको थियो । यसपटक पाँच दलको गठबन्धन बन्दा पनि एमालेले बहुमत वडामा जितेको छ । तर, प्रमुखमा थापालाई हराउन भने एमालेले सकेन । झापाको १, २, ३, ५, ६, ८ र ९ नम्बर वडामा एमालेले जितेको छ । वडा नम्बर ४ र १० कांग्रेसले जित्दा राप्रपाले वडा नम्बर ७ मात्रै जितेको छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, असोज १६ २०८३

    बालेन र सुधनलाई ज्ञानेन्द्रले भने– तपाईँहरूलाई सत्ताको सिँढी चढाउन ७६ जना मान्छे मरेका होइनन्

    राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको बैठकमा आफ्नो सम्बोधनका क्रममा जेनजी आन्दोलनका दोषीहरूलाई कारबाही नभएको विषयलाई उठाएका छन्। उनले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गर्दै आन्दोलनमा विद्यार्थीहरूलाई गोली हान्ने र...

    प्रकाशित: शुक्रबार, असोज १६ २०८३

    प्राइम कन्सल्टेन्सी कर्णाली याक्सको आधिकारिक प्रायोजक

    अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सक्रिय प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि कर्णाली याक्ससँग आधिकारिक प्रायोजन सम्झौता गरेको छ। युवा उद्यमी प्रिज्मा गौतमको नेतृत्वमा रहेको प्राइमले...

    प्रकाशित: सोमबार, असोज १२ २०८३

    “हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”

    हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...

    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend