Otv Nepal शुक्रबार, साउन १५ २०८३

चितवनमा गठबन्धनलाई एमाले एक्लै भारी

  • otv nepal

    बिहिबार, जेष्ठ १२ २०७९
  • गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका साना दलसँग तालमेल गरेपनि मतपरिणाम एमालेको लागि सुखद भएन । चितवनका दुई पालिकाको प्रमुख र उपप्रमुखमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । तालमेल गर्दा पनि भरतपुर महानगरपालिकामा एमाले भारी मतान्तरले पराजित भयो ।

    सत्तारुढ दलको केन्द्रीय निर्देशनअनुसार जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीलगायत पाँच दलबीच गठबन्धन भएको थियो । एमाले र राप्रपाबीचको तालमेल भने प्रभावकारी देखिएन । यद्यपि, जिल्लाको समग्र चुनावी नतिजालाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धनका दललाई एमाले एक्लै भारी परेको देखिन्छ ।

    जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख जित्न चाहिने मत गठबन्धन र एमाले दुवै पक्षलाई पुग्दैन । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षले भोट हाल्छन् । एमाले र गठबन्धनसँग समान सात भोट छ । जिससको निर्वाचनमा गोलाप्रथा हुने पक्का भएको छ ।

    वडा सदस्यसहितको पदमा निर्वाचित जनप्रतिनिधिको संख्या हेर्ने हो भने एमाले अहिले पनि पहिलो शक्तिका रुपमा देखिन्छ । जिल्लाको सात पालिकाका ९८ वडामा ५०४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । तीमध्ये २४२ जना एमालेले उमेदवार उठाएका जनप्रतिनिधि हुन् ।

    कांग्रेसले उठाएका २०३ जना उमेदवार निर्वाचित भए भने माओवादी केन्द्रका ३६, राप्रपाका ११, समाजवादीका नौ र स्वतन्त्र उठेका तीन उमेदवार निर्वाचित भएका हुन् । दलगत रुपमा हेर्दा एमाले एक्लैले धेरै पालिका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष जितेको छ । वडा अध्यक्ष भने धेरै गुमाएको छ ।

    अघिल्लो पटक चार प्रमुख र पाँच उपप्रमुख जितेको एमालेले अहिले तीन प्रमुखरअध्यक्ष र चार उपप्रमुखरउपाध्यक्ष जितेको छ । ५७ वडा जितेकोमा अहिले ३६ वडामा चित्त बुझाउनु परेको छ । एमालेले माडी नगरपालिका प्रमुख, कालिका नगरपालिका प्रमुख र उपप्रमुख, इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, खैरहनी नगरपालिका उपप्रमुख र रत्ननगर नगरपालिका उपप्रमुख जितेको हो ।

    भरतपुरका ६, रत्ननगरका पाँच, खैरहनीका सात, राप्तीका आठ, कालिकाका चार, इच्छाकामनाका पाँच र माडीको एक गरी ३६ वडा जितेको छ । कांग्रेसले अघिल्लो चुनावमा एक पालिका अध्यक्ष, दुई उपप्रमुखरउपाध्यक्ष र ३५ वडा जितेको थियो । गठबन्धन गरेपछि यस पटक दुई प्रमुख, तीन उपप्रमुख र ४० वडा जितेको छ । गठबन्धनबाट धेरै फाइदा लिने दलमा कांग्रेस पहिलो नम्बरमा पर्दछ ।

    खैरहनी र रत्ननगरको प्रमुख र भरतपुर, राप्ती र माडीको उपप्रमुख कांग्रेसले जितेको हो । कांग्रेसले भरतपुरको १६, रत्ननगरको नौ, खैरहनीको छ, राप्तीको तीन, कालिकाको पाँच र इच्छाकानाको एउटा वडा जितेको छ । अघिल्लो पटक दुई प्रमुख जितेको माओवादी केन्द्रले गठबन्धनको सहारामा भरतपुरको एउटा प्रमुख मात्र जित्न सफल भयो । माडीमा एमालेले राप्रपासँग तालमेल गर्दै लोकप्रिय नेता उठाउँदा पार्टीभित्रै अन्तरघात भएपछि माओवादीले प्रमुख पद जित्न सकेन ।

    माओवादीले पाएको कालिका, खैरहनी उपप्रमुख र इच्छाकामना उपाध्यक्ष पनि जित्न सकेन । अघिल्लो पटक छ वडा जितेकोमा यस पटक भने ११ वडा जित्न सफल भएको छ । माओवादीले भरतपुरको तीन वडा जितेको छ । गठबन्धनकै सहारामा यस पटक माओवादी केन्द्र पूर्वी चितवनका पालिकामा पसेको छ ।

    अघिल्लो निर्वाचनमा एउटा वडा सदस्य पनि नजितेको माओवादीले यस पटक कालिकाका दुई र रत्ननगरको एक वडा जितेको छ । रत्ननगर, कालिका र राप्तीको गरी आठ वडा सदस्य जितेको छ । एमाले विभाजनपछि बनेको एकिकृत समाजवादीले गठबन्धनबाट राम्रो फाइदा लिएको छ । समाजवादीले राप्तीको प्रमुख जित्न सफल भयो भने भरतपुर, माडी र राप्तीका गरि छ वडा पनि आफ्नो पक्षमा पार्‍यो । एमाले र कांग्रेसबाट बागी उमेदवारी दिएका तीन जनाले यस वडा अध्यक्ष पद जित्न सफल भएका छन् । यस पटक राप्रपाले माडीमा आफ्नो शक्ति बढाएको छ । आन्तरिक रुपमा संगठनलाई बलियो बनाउँदै लगेको राप्रपाले यस पटक माडीका दुई वडा र पाँच सदस्य जित्यो । अघिल्लो पटक राप्रपाले जिल्ला भरका एउटा वडा पनि जित्न सकेको थिएन ।

    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

    एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।​ बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी...

    प्रकाशित: मंगलबार, मंसिर ३ २०८२

    विघटित नेकपा एसका नेता कार्यकर्ता धमाधम एमालेमा फर्किँदै

    एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत विघटित नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय तहका नेताहरूसहित ५० जना मूलघर फर्किएका छन् । पूर्व केन्द्रीय परिषद् सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय...

    प्रकाशित: आइतबार, कार्तिक १० २०८२

    बक्यौता नतिर्ने २५ उद्योगको प्राधिकरणले काट्यो लाइन

    पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न अटेर गर्दै आएका २५ निजी उद्योगमा विद्युत् प्राधिकरणले लाइन काटेको छ । पछिल्लोपटक १२ असोजमा २१ कार्यदिन (बिदाबाहेक)को अल्टिमेटम दिँदा पनि सम्पर्कमै नआएपछि...

    प्रकाशित: बिहिबार, असोज २ २०८२

    भदौ २४ मा राष्ट्रपतिले लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर नजाने अडान लिँदै प्रतिनिधि सभा तत्काल विघटन गर्ने दबाब अस्वीकार गरेको बताएका छन्। पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले...

    प्रकाशित: शुक्रबार, असार २७ २०८२

    समावेशी राष्ट्रका लागि संविधान सुधार, तर विखण्डनको प्रयास अस्वीकार्य: खस संघ

    जनता समाजवादी पार्टी अन्तर्गतको समाजवादी खस संघले संविधान सुधारको पक्षमा स्पष्ट समर्थन जनाउँदै पछिल्लो समय देखिएका जातीय विभेदपूर्ण अभिव्यक्तिहरूप्रति कडा आपत्ति जनाएको छ। मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादवका “खस...

    प्रकाशित: सोमबार, चैत्र २४ २०८१

    ७ सयले घट्यो सुन

    सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको...

    प्रकाशित: बुधबार, चैत्र १२ २०८१

    युवा संघ मण्डनदेउपुरले चैत्र ३० गते दोस्रो अधिबेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने

    रास्ट्रीय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटिको दोस्रो अधिबेशन यहि चैत्र ३० गते कुन्ताबेशिमा भब्य रुपमा गर्ने भएको छ,युवा संघ जिल्ला कमिटिको निर्देशन बमोजिम अधिबेशन गर्न लागिएको नगर अध्यक्ष...

    प्रकाशित: आइतबार, चैत्र ९ २०८१

    ह्वात्तै घट्यो सुनको मुल्य

    स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० घटेर रु १,७४,१०० कायम भएको छ, जबकि चाँदी तोलामा रु १५ घटेर रु १,९८० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३,०२२ अमेरिकी डलरमा...

    प्रकाशित: बुधबार, चैत्र ५ २०८१

    एक तोला सुनको मुल्य एक लाख ७५ हजार २००

    सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा एक हजार १०० ले बढेर एक लाख...

    प्रकाशित: बुधबार, फाल्गुन २८ २०८१

    बेन्फिकालाइ बिदा गर्दै बार्सिलोना क्वाटरफाइनलमा

    बार्सिलोना बेन्फिकालाई ३-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। लामिन यामाल र राफिन्हा दुवैले गोल गर्दै टोलीलाई जित दिलाए। यामालले २९ औं मिनेटमा र राफिन्हाले 14,42 औं...

    प्रकाशित: बिहिबार, माघ २४ २०८१

    तिन दिनमै पाँच हजार सात सय रूपैयाँले बढ्यो सुनको मुल्य

    मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ, बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र...

    प्रकाशित: आइतबार, माघ १३ २०८१

    साम्बापछि अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर , ग्रिसको क्लबमा अनुबन्धित

    नेपाल राष्ट्रिय महिला फुटबल टीमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन्। उनले ग्रिसको माथिल्लो डिभिजन क्लब निस अट्रोमिटौबाट डेब्यु गरेकी छिन्। यसअघि भारत...

    प्रकाशित: सोमबार, माघ ७ २०८१

    युनाइटेड र टोटेनह्याम पराजित

    आइतबारको प्रिमियर लिग खेलमा टोटेनह्याम एभर्टनसँग ३-२ ले पराजित भएको छ, जहाँ एभर्टनले पहिलो हाफमै ३ गोल गरेपछि टोटेनह्यामको दोस्रो हाफको २ गोलले हार टार्न सकेन। अर्को खेलमा म्यानचेस्टर युनाइटेड...

    प्रकाशित: बिहिबार, पुष २५ २०८१

    सूर्यदर्शन सहकारी प्रकरण :आजै आदेश आउन सक्ने भएकाले अदालत आसपास सुरक्षा व्यवस्था कडा

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) थुनछेक आदेश आउने सम्भावना छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीतर्फको अन्तिम बहस भइरहेको छ। ४४ जना प्रतिवादीमध्ये सातजना अदालतमा उपस्थित...

    प्रकाशित: आइतबार, पुष ७ २०८१

    प्रधानमन्त्रि अमेरिका पुगेर फर्किँदा ४ करोड २९ लाख सक्कियो

    प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं...

    प्रकाशित: शुक्रबार, पुष ५ २०८१

    ‘बामदेबको दुबै हातमा लड्डु’

    राष्ट्रिय सभा सदस्य वामदेव गौतम एमाले फर्कने कि एकीकृत समाजवादीमा जाने भन्ने दोधारमा छन् । गौतमलाई भेट्नकोलागि पूर्व प्रधानमन्त्री माधब नेपाल आज गौतम निवास भैंसेपाटी पुगेका थिए । उनीहरुबीच लामै...

    प्रकाशित: मंगलबार, पुष २ २०८१

    ‘कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन’

    नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कसैले चाहेर पनि वर्तमान सरकार नढल्ने दाबि गरेका छन् । ‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर...

    प्रकाशित: मंगलबार, पुष २ २०८१

    ‘कांग्रेस-एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न सक्दैन’

    पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले बर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् । उनले कांग्रेस–एमालेले आफ्नो गल्ती, कमीकमजोरी ढाकछोप गर्न वर्तमान सरकार बनाएकाले यसले निरन्तरता पाउने बताएका हुन्...

    प्रकाशित: सोमबार, पुष १ २०८१

    ‘लोकतन्त्रमाथि ‘कू’ भएको दिन’

    विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन...

    प्रकाशित: शुक्रबार, मंसिर २८ २०८१

    ‘म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको दाबी गरेका छन् । उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरु कांग्रेस र एमाले मिलेर सरकार...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend