Otv Nepal आइतबार, साउन २९ २०७९

ब्रेकिङ: नेपाल एसपीपीमा सहभागी भइसकेको अमेरिकाको खुलासा ,के हुन्छ अब ?

  • OTV Nepal

    बुधबार, असार १ २०७९
  • नेपालमा चरम विवादित बनिरहेको अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा नेपाल सामेल भइसकेको दाबी अमेरिकाले गरेको छ । यस्तो खुलासासँगै विषय थप पेचिलो बनेको छ ।

    नेपाललेनै एसपीपीमा सहभागी बन्नका लागी निवेदन दिएको र अमेरिकाले उक्त निवेदनलाई स्विकृत गरिसकेको दाबी अमेरिकाले गरेको छ । नेपालमा यस बिषयलाई लिएर ठूलो हंगामा मच्चिरहेका बेला अमेरिकाले यस्तो खुलासा गरिदिए पछि ठूलो तरंग सुरु भएको छ ।

    नेपालस्थित अमेरिकी दूतावासले नेपालले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी हुन दुई पटक गरेको अनुरोधलाई अमेरिकाले स्वीकृत गरिसकेको दावी गरेको छ ।

    नेपालस्थित अमेरिकी दूतावासका कार्यबाहक राजदूत मानुअल मिकलरले बुधबार पत्रकारहरुसँगको कुराकानीमा सन् २०१५ र २०१७ मा गरी दुईपटक नेपालले एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको जानकारी दिएका हुन् ।

    अमेरिकी दूतावासले एसपीपीमा सहभागी हुनका लागि कुनै सम्झौता पत्र आवश्यक नपर्ने र हाल सञ्चार माध्यममा सार्वजनिक भएको मस्यौदा पनि सत्य नभएको प्रतिक्रिया दिएको छ । कार्यबाहक राजदूत मिकलरले एसपीपी कहिल्यै पनि कुनै सुरक्षा वा सैन्य गठबन्धन नरहेको भन्दै विगत २५ वर्षदेखि द्विपक्षीय फाइदालाई मध्यनजर गरेर एसपीपीले काम गरिरहेको बताए ।

    ‘एसपीपी विशेषत द्विपक्षीय सम्बन्ध तथा दुई देशका नागरिकहरूको सम्बन्धमा केन्द्रित छ’, उनले भने, ‘विद्यार्थी तथा व्यावसायिक आदानप्रदान, कूटनीतिक संलग्नता, सैन्य साझेदारी र व्यापारसहित साझा मान्यतामा आधारित रहेर यसले काम गर्छ ।’

    अमेरिकी सेनाको एसिया प्यासेफिक क्षेत्र हेर्ने कमान्डका जर्नेल चाल्र्स एन्थोनी फ्लिनले नेपाल भ्रमण गरेर फर्किएसँगै नेपालमा एसपीपीको विषयलाई लिएर विवाद सुरु भएको छ । ४ असारमा प्रधान सेनापति प्रभुराम शर्माले मिसन मुलुकपछि गर्ने अमेरिका भ्रमण र त्यसलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा एसपीपीमा हस्ताक्षर हुने चर्चा सुरु भएपछि संसदमा र सडकमा त्यसको विरोध भइरहेको छ ।

    अमेरिकी सेनाका जर्नेल फ्लिनले नेपाल भ्रमणका क्रममा यहाँको राजनीतिक र सैन्य नेतृत्वलाई एसपीपीमा हस्ताक्षर गर्न दबाव दिएको भन्दै प्रस्तावको मस्यौदासमेत सार्वजनिक भएको छ । सन् २०१५ र २०१७ मा पठाएको प्रस्ताव परिमार्जनसहित यसपटक पुनः नेपाललाई दिएको र प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा त्यसमा हस्ताक्षर हुने आशंका व्याप्त छ ।

    तर, अमेरिकी दूतावासका एक वरिष्ठ अधिकारीका अनुसार पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सहभागिताका लागि दुई पटक आवेदन दिएपछि अमेरिकाले सन् २०१९ मा नेपाल र श्रीलंकालाई एसपीपीमा जोडेको र सोही वर्ष इन्डोप्यासिफक स्ट्राटेजीको प्रतिवेदनमा समेत राखेको थियो ।

    ‘नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर सन् २०१५ र २०१७ मा गरी दुई पटक निवेदन दिनुभएको थियो । त्यसमा परराष्ट्र र रक्षामन्त्रालयलाई समेत बोधार्थ गरिएको थियो,’ ती अधिकारीले भने, ‘त्यसपछि सन् २०१९ मा त्यसलाई अमेरिकाले स्वीकृत गरेर इन्डो प्यासेफक स्ट्राटेजीको प्रतिवेदनमा समेत त्यसलाई समेटिएको थियो ।’

    कार्यबाहक राजदूत मिकलरले एसपीपीअन्तर्गत प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागी जस्ता समस्या पर्दा तुरुन्त उद्धार गर्नको लागि अमेरिकी नेशनल गार्डसँग गृहकार्य गर्ने बताए ।उनले सन् २०१९ मा नेपाली सेना र अमेरिकाको नेसनल गार्डबीच साझेदारीको टुंगो लागे पनि त्यसअन्तर्गत खासै काम नभएको जानकारी दिए ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, साउन २९ २०७९

    काठमाडौँ ४मा गगन थापालाई चुनाव हराउँन राधा पोखरेललाई बालेनको समर्थन !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति घोषणा भएसँगै राजनितीक दलहरु देखी स्वतन्त्र...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    शेखर कोइरालासँग अब मात्रै दुई वटा विकल्प !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु निर्वाचनमा...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    सेटिङमा बजेट बन्ने स्थितिले मेरो मन पोलेको छ :केपी ओली

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणको क्रममा करको दर हेरफेर गरिएको विषय फेरि उठाएका छन् । काठमाडौंमा आज (आइतबार) आयोजित राष्टिय युवा सम्मेलनमा बोल्दै...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    पुष्प पहराईले पाए रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा विशेष प्रदेश सह-संयोजकको जिम्मेवारी

    गुल्मी जिल्लाका प्रभावसाली युवा नेता पुष्प पहराईले नयाँ जिम्मेवारी प्राप्त गरेका छन्। नेकपा (एमाले) को भात्री संगठन रास्ट्रीय युवा संघ नेपालले उनलाई आज मंगलबार बाट केन्द्रीय सदस्य तथा विशेष...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    धरापमा काँग्रेस !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ तर सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    विवेकशील साझा पार्टी पुनर्गठन गर्दै मिलन पाण्डे

    विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    मुख्यमन्त्री राउतसहित मन्त्रीहरू धर्नामा

    मुख्यमन्त्री सहित मधेस प्रदेश सरकारका मन्त्रीले संघीय सरकारविरुद्ध आजदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयअगाडि मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू धर्नामा बसेका हुन् । प्रहरी समायोजनको माग...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    ‘अब सरकारको कुनै औचित्य छैन’

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गरेका छन्। खराव ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    एउटै चिह्नबाट चुनाब लड्ने बाबुराम-प्रचण्ड बिच सहमति

    नेकपा (माओबादि केन्द्र)को चुनाब चिह्नमा चुनाब लड्न नेपाल समाजवादी पार्टीका नेताहरु तयार भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    काठमाडौं टेक्ने वित्तिकै हर्क साम्पाङले बोलेको पहिलो डाइलगलेनै पिट्यो तहल्का !

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले मुलुकको राजधानी काठमाडौँमा रहेका छन् । आइतबार बिहान काठमाडौ आइपुगेका साम्पाङले यहाँ रहँदा विभिन्न महत्पुर्ण भेटघाटहरु गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ आइपुग्ने...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    माधवको पार्टीमा भाँडभैलो, ओलीसँग मिल्नैपर्ने भन्दै हारगुहार

    भर्खरै जन्मिएर तङ्ग्रीन नपाउँदै नेकपा (एकीकृत समाजवादीका) नेताहरु खुलेआम नेकपा एमालेसँग मिल्नुको बिकल्प नभएको बताउन थालेका छन् र त्यो मिलन मसिंर ४ को निर्वाचन अघिनै हुने उनिहरुको दाबि छ...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    सूर्य चुनाव चिह्न मान्नेसँग तालमेल हुन सक्छ :तामाङ

    नेकपा एमालेका नेता शेरबहादुर तामाङले नेकपा एमालेले विभिन्न राजनीतिक दलहरुसँग अनौपचारिक वार्ता गरे पनि गठबन्धनको निर्णय नगरेको बताएका छनन् । उनले थपे, “राजनीतिक संवाद कसैसँग पनि नहुने भन्ने होइन...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    फोहोर व्यवस्थापनबारे बालेन्द्रलाई योगेशको सुझाव: आउनुस् फोहोर व्यवस्थापनको भिजन एमालेसँग छ

    नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो पार्टीसँग सहकार्य गर्न मेयर बालेन्द्र साहलाई प्रस्ताव गरेका छन् । उनले यो सरकारसँग फोहोरको समस्या समाधान गर्ने हुती नरहेको टिप्पणी...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    ओलीको गुनासो :बिरामी भएँ भने उपचार गराउने पनि पैसा छैन

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    एक्लै लड्दा पनि ३९ सिट जित्ने एमालेको दाबी

    सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख राजनीतिक दलहरू बैठक बोलाउने, निर्वाचनको तयारीबारे छलफल र योजना बनाउने...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    हर्क साम्पाङ काठमाडौँमा, बालेनसँग भेट होला की नहोला ?

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आइपुगेका छन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    नागरिकता विद्ययेक प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने राष्ट्रपतीको तयारी !

    प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणिकरणका लागी राष्ट्रपती समक्ष पुगेको विवादास्पद नागरिकता विद्ययेकलाई राष्ट्रपती विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी संसदमै फिर्ता पठाउँने तयारी गरेकी छन् । राष्ट्रपतीले कुनै...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    प्रेम आले एमालेमा फर्कन तयार !

    सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके पछि चुनावी सरगर्मी बढ्दै गएको छ । एकातिर ८...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    प्रचण्डले जनयुद्धलाई गलमटे केरा जस्तो बनाए :लोकेन्द्र बिष्ट

    पूर्व माओवादी नेता एवं अहिले ड्रागन खेती गरिरहेका लोकेन्द्र विष्ट मगरले माओवादी जन युद्धको गम्भिर समिक्षा जरुरी रहेको बताएका छन् । राजिनितीबाट दिक्क लागेर खेती किसानी तिर लागेका विष्टले...

    प्रकाशित: आइतबार, साउन २९ २०७९

    राष्ट्रपतीले नागरिकता विद्ययेक प्रमाणिकरण नगरे पछि कुदेर शितलनिवास पुगे देउवा !

    प्रतिनिधीसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकणका लागी राष्ट्रपती समक्ष पुगेको नागरिकता विद्ययेक प्रमाणिकरण नभए पछि प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री देउवाले शनिबार...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    चावहिल ७ काठमाडौ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक : शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता : प्रेमप्रसाद नेपाल
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि :विष्णुहरी आचार्य

    सामाजिक सञ्जाल


    © copyright 2022 and all right reserved to otvnepal.com | Site By : SobizTrend