Otv Nepal आइतबार, भाद्र २८ २०८३

पद चट हुने भए पछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ लागे यस्तो धन्दामा

  • otv nepal

    बुधबार, भाद्र २ २०७८
  • चिकित्सा शिक्षा ऐनमा नर्सिङ पढाउन कम्तीमा एक सय बेडको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफ्नै नर्सिङ कलेजमा भर्ना खुलाउन सय बेडको अस्पताल नभए पनि पठनपाठन गराउन पाउने गरी कानुन नै परिवर्तन गर्ने लबिइङमा लागेको पाइएको छ ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सञ्चालित १ सय ९ मध्ये अधिकांश नर्सिङ कलेजले ऐनले तोकेको मापदण्ड पूरा गरेका छैनन् । ती कलेजमा मापदण्डबिनै प्रमाणपत्र तहसरह नर्सिङको पठनपाठन गराउन राज्यमन्त्री श्रेष्ठ र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीसहितका पदाधिकारीले मन्त्रिपरिषद्सम्म लबिइङ गरेको पाइएको स्रोतको भनाइ छ । श्रेष्ठ र अधिकारी दुवै निजी शिक्षण संस्था सञ्चालकसमेत हुन् । श्रेष्ठ सञ्चालक रहेको जनमैत्री अस्पतालले ऐनको मापदण्डकै कारण स्नातक तहमा नर्सिङ पढाउन यसपालि कोटा पाएको छैन ।

    चिकित्सा शिक्षा आयोगको टोली अनुगमनमा जाँदा जनमैत्रीमा अस्पताल सञ्चालन नरहेको भेटिएको थियो । स्नातक तहमा जनमैत्रीसहित १७ निजी संस्थाले यसपालि नर्सिङ पठनपाठन गराउन सिट पाएका छैनन् । यीमध्ये अधिकांश कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएका हुन् । मन्त्रालय स्रोतका अनुसार राज्यमन्त्री श्रेष्ठले सय बेडको अस्पताल नहुने स्नातक र सीटीईभीटीका नर्सिङ पढाइ हुने कलेजमा सिट तोक्न आयोगका पदाधिकारीलाई दबाब दिएका छन् । राज्यमन्त्री श्रेष्ठ र उपाध्यक्ष अधिकारीले निजी कलेजको प्रलोभनमा मापदण्ड नपुगेका कलेजमा सिट निर्धारण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भनसुन गरिरहेको स्रातले बतायो ।

    सीटीईभीटीका ४ आंगिकसहित १ सय ९ निजी कलेजमा नर्सिङ पढाइ हुँदै आएको छ । त्यहाँ प्रत्येक वर्ष करिब ४ हजार ५ सय जनाले प्रमाणपत्र तहको नर्सिङ पढ्छन् । एसईईको नतिजा आएपछि सीटीईभीटीले आफ्ना इन्जिनियरिङ, कृषिलगायत स्वास्थ्यका अन्य कार्यक्रममा भर्ना खोलेको छ । नर्सिङ कलेजले मापदण्ड पूरा नगरेका कारण यी कलेजमा भर्ना खोलिएको छैन । तर मापदण्डविपरीत सञ्चालित कलेजमा पनि कक्षा सञ्चालन गर्न चलखेल भइरहेको आयोगका एक निर्देशकले जानकारी दिए ।

    सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेका अनुसार सम्बन्धन पाएका १० वटा नर्सिङ कलेजले मात्र ऐनले तोकेको मापदण्ड पूरा गरेका छन् । १ सय ९ मध्ये ४० वटा निजी शिक्षण संस्थाले मात्र एक सय बेडको अस्पताल सञ्चालन गरेका छन् । यीमध्ये केही शिक्षण संस्थाले स्नातक तहमा समेत नर्सिङ पठनपाठन गराउन अनुमति पाएकाले सबैले प्रमाणपत्र तह पठनपाठन गराउन पाउँदैनन् । ७४ वटा शिक्षण संस्थाले भने अन्य अस्पतालसँग सम्झौता र सहकार्य गरेर नर्सिङ पठनपाठन गराइराखेका छन् ।

    सीटीईभीटीले अन्य अस्पतालसँग सम्झौता गरेका कलेजलाई पनि नर्सिङ पढाउन अनुमति दिन्थ्यो । एउटै अस्पतालसँग एकभन्दा बढी कलेजले सम्झौता गरेर नर्सिङका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउने गरेको सीटीईभीटीका स्तर निर्धारण महाशाखाका कर्मचारीले बताए । सदस्यसचिव काफ्लेले चिकित्सा शिक्षा ऐन ल्याएर सीटीईभीटीका शिक्षण संस्था पनि बाँधिएकाले शिक्षण संस्था बन्द हुने अवस्थामा पुगेको गुनासो गरे । ‘छलफल गरिरहेका छौं, सबै नर्सिङ कलेजको भर्ना रोकिएको छ, निर्णय हाम्रो हातमा छैन,’ उनले भने ।

    स्नातक तहमा नर्सिङ पढाउने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन पाएका ५ नर्सिङ कलेज पनि एक सय बेडको अस्पताल नहुँदा संकटमा परेका थिए । तर आयोगले स्वास्थ्य मन्त्रालयको सहमतिमा सय बेडका सरकारी अस्पतालसँग सम्झौता गराएर सिट तोकेको छ । विराटनगर, वीरगन्ज, नेपालगन्ज, पोखरा नर्सिङ कलेज र वीर अस्पतालले सम्झौताबमोजिम सिट पाएका हुन् ।

    आयोगका सदस्यसचिव डिल्ली लुइँटेलले ऐनअनुसार तोकिएको मापदण्ड पूरा गरेका कलेजले मात्र पठनपाठनका लागि आयोगबाट स्वीकृति पाउने बताए । सीटीईभीटीका स्वास्थ्यसम्बन्धी कार्यक्रमका नियमनको जिम्मेवारी पनि आयोगले पाएको छ । आंगिक कलेजको हकमा सरकारी स्वास्थ्य संस्थाको सम्झौतामा त्रिविका कलेजलाई जस्तै गरी कक्षा चलाउन दिन सकिने उनले बताए । ‘नर्सिङ पढाउन एक सय बेडको अस्पताल चाहिन्छ, स्नातक तह अध्यापन गराउने कलेजले प्रमाणपत्र पढाउन पनि पाउँदैनन्,’ उनले भने । ऐनमा विश्वविद्यालय र सीटीईभीटीका कार्यक्रम एउटै शिक्षण संस्थाले सञ्चालन गर्न नपाउने प्रावधान राखिएको छ ।

    सीटीईभीटीले भने आंगिक कलेजमा विद्यार्थी भर्ना गर्न कुनै चासो देखाएको छैन । निजी कलेजको स्वार्थमा आंगिक कलेजको भर्नासमेत अड्काएर राखिएको आयोगका पदाधिकारी बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयको सहमति ल्याए, आंगिक कलेजले विद्यार्थी भर्ना लिन पाउँछन्,’ ती पदाधिकारीले भने, ‘तर सीटीईभीटीले आंगिक र निजी सबैले विद्यार्थी भर्ना लिन पाउनुपर्छ भनेर आंगिकका लागि सरकारी अस्पतालसँग सम्झौता गर्ने पहल गरेका छैनन्, पहल नगरे आंगिकले समेत विद्यार्थी भर्ना लिन पाउँदैनन् ।’ आफ्नै कार्यक्रम सञ्चालन नगरे ती विषयमा सम्बन्धन पनि दिन नपाउने व्यवस्था ऐनमा छ ।

    सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले निजी कलेजको स्वार्थमा आंगिक कलेजलाई पनि बन्धक बनाएर राखेको कर्मचारीहरू बताउँछन् । उनी सीटीईभीटीबाट निजी सम्बन्धन पाएका कलेजका सञ्चालक भए पनि केपी शर्मा ओली नेतृत्वको सरकारले उपाध्यक्षमा नियुक्ति गरेको थियो । उनले सय बेडको अस्पताल चाहिने ऐनको प्रावधान संशोधन गर्न ओली सरकारमै हुँदा प्रयाससमेत गरेको शिक्षा मन्त्रालयले जनाएको छ । अधिकारीले चिकित्सा शिक्षा ऐनको उक्त व्यवस्था संशोधन गर्न प्रस्ताव पठाएका थिए । आयोगको सहमतिबिनै पठाइएको प्रस्ताव शिक्षा मन्त्रालयले कानुन मन्त्रालय पठाएपछि सरकार परिवर्तनका कारण असफल भएको थियो । उनले पुनः ऐन परिवर्तन गरेर भए पनि मापदण्ड नपुगेका कलेजमा भर्ना खुलाउने आवश्वसन दिएको एक कलेज सञ्चालकले बताए । उनको प्रयासमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको समेत स्वार्थ मिलेको छ ।

    स्तर निर्धारण महाशाखाका निर्देशक हेमन्त पराजुलीले कलेजहरू बन्द भए विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित हुने र विद्यार्थी विदेश पलायन हुने दाबी गरे । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीका सहयोगी डा। जीवन क्षेत्री गुणस्तरीय जनशक्ति उत्पादनका लागि ऐनमा अनिवार्य सय बेडको अस्पताल हुनुपर्ने प्रावधान राखिएको बताउँछन् । ‘एउटै अस्पतालमा धेरै कलेजका विद्यार्थी हुँदा प्राक्टिस गर्न पाएनन्, प्रमाणपत्र मात्रै बाँड्ने काम भयो,’ उनले भने, ‘कलेज सञ्चालन गर्ने तर सरकारी अस्पताल दोहन हुने भयो भनेर आफ्नै अस्पताल चाहिन्छ भनेका हौं ।’

    उपाध्यक्ष अधिकारीले निजीका कारण नभई चिकित्सा शिक्षा ऐनले गर्दा भर्नालगायत सीटीईभीटीका कार्यक्रम प्रभावित भएको बताए । ‘हचुवाको भरमा ऐनमा एक सय बेडको व्यवस्था गरियो, विश्वविद्यालय र परिषद्को कार्यक्रम एउटै संस्थाले चलाउने नपाइने भनियो,’ उनले भने, ‘सबै कलेजले अस्पताल चलाउन सक्दैनन्, निजी कलेजले निजी अस्पतालको सहकार्यमा भर्ना पाउनुपर्छ भनेर प्रयास गरिरहेका छौं ।’ ऐन संशोधनका लागि राजनीतिक तहमा छलफल गरिएको उनले बताए । ‘नर्सको माग झ्नझ्न बढ्दो छ, वडामा विद्यालयमा नर्स राख्ने कार्यक्रम छ,’ अधिकारीले थपे, ‘सय बेडको अस्पताल चाहिन्छ भन्ने हो भने कलेज बन्द हुन्छ, जनशक्तिको अभाव हुन्छ ।’

    नेपालमा अनमीसहित झन्डै ९८ हजार नर्सिङले लाइसेन्स पाएको नर्सिङ काउन्सिलको तथ्यांक छ । लाइसेन्स पाउने नर्स नै बेरोजगार रहेको डा। क्षेत्रीले बताए । गत वर्षदेखि अनमीको पढाइ पनि फेजआउट गरिएको छ । ‘रोजगार भएकाहरू पनि न्यून पारिश्रमिकमा काम गरिरहेका छन्,’ उनले भने ।

    चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ ले सन् २०३० सम्म मुलुकमा ७० हजार नर्स आवश्यक पर्ने औंल्याएको छ । आयोगले बीएस्सी नर्सिङका लागि शिक्षण संस्थामा यो वर्ष १ हजार २ सय ४० जना अध्ययन गर्न पाउने कोटा तोकेको छ । तर परीक्षामा भने ५ सय ४ जना मात्रै उत्तीर्ण भएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ताहरू भने ऐनको प्रावधानले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारको सुरुवात भएको तर्क गर्छन् ।

    डा। केसीको सत्याग्रह स्थगित

    शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेकाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री पदबाट हटाउनुपर्नेसहितका ५ बुँदे माग राखेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले सत्याग्रहको घोषित कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री निवास पुगेर मंगलबार डा। केसीले आफ्ना माग बारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका थिए । प्रधानमन्त्रीबाट माग पूरा गर्ने प्रतिबद्धता आएकाले सत्याग्रह स्थगित गरिएको डा। केसीले विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

    प्रधानमन्त्री देउवाले सार्वजनिक पदमा पदाधिकारी नियुक्ति गर्दा स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका विषयमा उपयुक्त समयमा निर्णय लिने प्रधानमन्त्रीको भनाइ छ । मन्त्रिपरिषद् पुनः गठन गर्दा उनको जिम्मेवारी अन्यत्र हेरफेर गर्ने वा पदबाटै बिदा गर्ने विकल्पमा छलफल भएको भेटमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न तत्काल सिनेट बैठक डाक्न पनि प्रधानमन्त्री सहमत भएका छन् । सिनेट बैठकबाट सचिव वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयन गरिने सहमति भएको छ । विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको मापदण्ड तय गर्न सम्बन्धित मन्त्रीको नियुक्तिपछि प्रक्रिया अघि बढाउन प्रधानमन्त्री सहमत भएको केसीले जनाए ।

    कान्तिुर मा खबर छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend