कुनै पनि पार्टीमा नटिक्ने बानी परेका बावुराम भट्टराई अन्तत जनता समाजवादी पार्टी (जसपा)बाट पनि बिदा हुने भएका छन् । उपेन्द्र यादवसँग सहमतीमै पार्टी फुटाउँने सहमती उनले गरिसकेका छन् ।
सहमतीमै पार्टी फुटेको कुरा मात्रै सुन्न बाँकी थियो त्यो पनि बाबुराम र उपेन्द्रले पुरा गरिदिने भएका छन् । बावुराम र उपेन्द्रले केमन्ट्रीनै नमिलेको भन्दै आ आफ्नो बाटो तताउँने निष्कर्षमा पुगेका छन् । उपेन्द्र यादवले कारबाही गरेर हटाएको भन्नु भन्दा सहमतीमा छुटौँ भन्ने कुरामा बावुराम सहमत भएका छन् ।
तत्कालिन नयाँ शक्ति पार्टीको देब्रे आँखो चिन्हबाट काग्रेसको सहयोगमा गोरखबाट एक सिट जितेका बावुराम घुम्दैफिर्दै जसपामा पुगेका थिए अब उनी त्यहाँबाट पनि बाटो लाग्ने भएका छन् । अब उनले के गर्छन् पत्तो छैन तर एक सिटे बावुरामले तीन जना सांसद लिएर जसपाबाट निस्कने बताइएको छ ।
भट्टराईले बुधबार साँझ उपेन्द्र यादवलाई बोलाएर पार्टी फुटाउने प्रस्ताव राखेका भट्टराई निकट एक नेताले बतए । उक्त प्रस्ताव यादवले स्वीकार गरेको र अब सहमतिमा छुट्न दुवै पक्ष तयार भएको ती नेताले बताए ।
सिंहदबारमा भएको छलफलमा भट्टराईले वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको र त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भन्दै प्रस्ताव गरेपछि यादवले छुट्न सहमत भएको एक नेताले जानकारी दिए ।
तत्कालीन संघीय समाजवादी फोरममा एक्लै छिरेका डा बाबुराम भट्टराई चार वर्षपछि बोनससहित बाहिरिने निश्चित भएको छ । अध्यक्ष उपेन्द्र यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा छुट्टिने र बाबुराम पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने समझदारी भएपछि उनले बोनस पाउने भएका हुन् ।
तत्कालीन नयाँ शक्ति पार्टीबाट उनी एक्ला संघीय सांसद थिए । प्रदेशतर्फ गण्डकीमा २ र बागमतीमा एक सांसद थिए । वागमतीका सांसद प्रेम तामाङ कांग्रेसतिर लागिसकेका छन् । यसबीचमा बाबुराम संघीय समाजवादी फोरममा पुगिसकेपछि तत्कालीन राजपासँग एकीकरण गरेर जसपा बनेको थियो । जसपा पनि फुटेर राजपाको अधिकांश हिस्सा महन्थ ठाकुरसँगै लोसपा बनिसकेको छ ।
महन्थ निस्किएको ९ महिनापछि बाबुराम पनि जसपाबाट बहिर्गमन हुने निश्चित भएको छ । तर, यो बहिर्गमन विभाजन नभएर सहमतिका आधारमा हुन लागेको उपेन्द्र पक्षधर केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले बताए ।
बाबुरामसँगै हालका कृषिमन्त्री महिन्द्रराय यादव जसपाबाट बाहिरिने लगभग निश्चित भएको छ । उपेन्द्र पक्षले तत्कालीन राजपाका राजकिशोर यादव, अमृता अग्रहरी पनि बाबुरामसँगै जाने दाबी गरेको छ । तर, राजकिशोरले भने सो दाबी अश्वीकार गरेका छन् ।
केही दिनअघिसम्म बाबुराम पक्षमा कार्यकारिणी समिति र संसदीय दल दुवैतिर बहुमत पुग्ने अनुमान थियो । तर, एकाएक उपेन्द्र बलियो बनेका छन् । बाबुराम र उपेन्द्रबीच सहमतिमै अलग हुने तर भविष्यमा सहकार्य हुनसक्ने सहमति भएको छ ।
खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह
एनआईसी एसिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी...
विघटित नेकपा एसका नेता कार्यकर्ता धमाधम एमालेमा फर्किँदै
एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत विघटित नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय तहका नेताहरूसहित ५० जना मूलघर फर्किएका छन् । पूर्व केन्द्रीय परिषद् सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय...
बक्यौता नतिर्ने २५ उद्योगको प्राधिकरणले काट्यो लाइन
पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न अटेर गर्दै आएका २५ निजी उद्योगमा विद्युत् प्राधिकरणले लाइन काटेको छ । पछिल्लोपटक १२ असोजमा २१ कार्यदिन (बिदाबाहेक)को अल्टिमेटम दिँदा पनि सम्पर्कमै नआएपछि...
भदौ २४ मा राष्ट्रपतिले लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर नजाने अडान लिँदै प्रतिनिधि सभा तत्काल विघटन गर्ने दबाब अस्वीकार गरेको बताएका छन्। पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले...
समावेशी राष्ट्रका लागि संविधान सुधार, तर विखण्डनको प्रयास अस्वीकार्य: खस संघ
जनता समाजवादी पार्टी अन्तर्गतको समाजवादी खस संघले संविधान सुधारको पक्षमा स्पष्ट समर्थन जनाउँदै पछिल्लो समय देखिएका जातीय विभेदपूर्ण अभिव्यक्तिहरूप्रति कडा आपत्ति जनाएको छ। मधेस प्रदेशका जसपा अध्यक्ष अशोक यादवका “खस...
७ सयले घट्यो सुन
सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको...
युवा संघ मण्डनदेउपुरले चैत्र ३० गते दोस्रो अधिबेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने
रास्ट्रीय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटिको दोस्रो अधिबेशन यहि चैत्र ३० गते कुन्ताबेशिमा भब्य रुपमा गर्ने भएको छ,युवा संघ जिल्ला कमिटिको निर्देशन बमोजिम अधिबेशन गर्न लागिएको नगर अध्यक्ष...
ह्वात्तै घट्यो सुनको मुल्य
स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० घटेर रु १,७४,१०० कायम भएको छ, जबकि चाँदी तोलामा रु १५ घटेर रु १,९८० पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३,०२२ अमेरिकी डलरमा...
एक तोला सुनको मुल्य एक लाख ७५ हजार २००
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा एक हजार १०० ले बढेर एक लाख...
बेन्फिकालाइ बिदा गर्दै बार्सिलोना क्वाटरफाइनलमा
बार्सिलोना बेन्फिकालाई ३-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। लामिन यामाल र राफिन्हा दुवैले गोल गर्दै टोलीलाई जित दिलाए। यामालले २९ औं मिनेटमा र राफिन्हाले 14,42 औं...
तिन दिनमै पाँच हजार सात सय रूपैयाँले बढ्यो सुनको मुल्य
मंगलबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ, बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र...
साम्बापछि अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर , ग्रिसको क्लबमा अनुबन्धित
नेपाल राष्ट्रिय महिला फुटबल टीमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपमा व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन्। उनले ग्रिसको माथिल्लो डिभिजन क्लब निस अट्रोमिटौबाट डेब्यु गरेकी छिन्। यसअघि भारत...
युनाइटेड र टोटेनह्याम पराजित
आइतबारको प्रिमियर लिग खेलमा टोटेनह्याम एभर्टनसँग ३-२ ले पराजित भएको छ, जहाँ एभर्टनले पहिलो हाफमै ३ गोल गरेपछि टोटेनह्यामको दोस्रो हाफको २ गोलले हार टार्न सकेन। अर्को खेलमा म्यानचेस्टर युनाइटेड...
सूर्यदर्शन सहकारी प्रकरण :आजै आदेश आउन सक्ने भएकाले अदालत आसपास सुरक्षा व्यवस्था कडा
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) थुनछेक आदेश आउने सम्भावना छ। कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीतर्फको अन्तिम बहस भइरहेको छ। ४४ जना प्रतिवादीमध्ये सातजना अदालतमा उपस्थित...
प्रधानमन्त्रि अमेरिका पुगेर फर्किँदा ४ करोड २९ लाख सक्कियो
प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं...
‘बामदेबको दुबै हातमा लड्डु’
राष्ट्रिय सभा सदस्य वामदेव गौतम एमाले फर्कने कि एकीकृत समाजवादीमा जाने भन्ने दोधारमा छन् । गौतमलाई भेट्नकोलागि पूर्व प्रधानमन्त्री माधब नेपाल आज गौतम निवास भैंसेपाटी पुगेका थिए । उनीहरुबीच लामै...
‘कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन’
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कसैले चाहेर पनि वर्तमान सरकार नढल्ने दाबि गरेका छन् । ‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर...
‘कांग्रेस-एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न सक्दैन’
पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले बर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् । उनले कांग्रेस–एमालेले आफ्नो गल्ती, कमीकमजोरी ढाकछोप गर्न वर्तमान सरकार बनाएकाले यसले निरन्तरता पाउने बताएका हुन्...
‘लोकतन्त्रमाथि ‘कू’ भएको दिन’
विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन...
‘म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको दाबी गरेका छन् । उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरु कांग्रेस र एमाले मिलेर सरकार...