Otv Nepal आइतबार, भाद्र २८ २०८३

राष्ट्रपती ज्यू जनताको आवाज सुनेर नागरिकता विद्ययेक रोक्नुुस् साथ दिन हामी तयार छौ :डा सुरेन्द्र केसी

  • otv nepal

    शनिबार, साउन १४ २०७९
  • सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले छापामार शैलीमा नागरिकता विद्ययेक पास गराए पछि अहिले सर्वत्र यो बिषयको आलोचना भइरहेको छ । सत्तारुढ दलकै पनि कतिपयले विरोध गरिरहेको विद्ययेकको नागरिक स्तरबाट पनि चर्को आलोचना भइरहेको छ ।

    तत्कालिन केपी ओली नेतृत्वको सरकारले सदनमा दर्ता गराएको विद्ययेकलााई फिर्ता लिएर देउवा सरकारले रातारात अर्को विद्ययेक ल्याएर प्रतिनिधीसभाबाट बहुमतको आधारमा पास गराएको थियो । प्रतिनिधीसभाबाट बहुमतले पारित भएको विद्ययेक राष्ट्रिय सभाबाट पनि पारित भएर अब प्रमाणिकणका लागी राष्ट्रपति समक्ष जाँदै छ ।

    राष्ट्रपतिले प्रमाणिकरण गरे पछि विद्ययेक लागु हुन्छ र यो विद्ययेकका आधारमा लाखौँले नेपाली नागरिकता प्राप्त गर्ने छन् । नागरिकता विद्ययेकमा भएका कतिपय प्रावधानहरु देशको हितमा नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु पर्छ भन्ने आवाज चौतर्फी रुपमा उठ्न थालेको छ।

    चर्चित राजनितिक विश्लेषक डा सुरेन्द्र केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले चाहेमा विद्ययेक रोकिन सक्ने बताएका छन् । नेपाली जनता यो विद्ययेकको विपक्षमा रहेको भन्दै डा केसीले जनताको आवाज सुनेर विद्ययेक रोकिदिन अनुरोध गरेका छन् ।

    ओटिभि नेपाल डटकमसँग कुराकानी गर्दै डा केसीले राष्ट्रपतिले स्वविवेकिय अधिकार प्रयोग गर्न सक्ने बताएका छन् । राष्ट्रपति भनेको मुर्ती होइन भन्दै डा केसीले बहुसंख्यक नेपाली जनता विरोधमा रहेको कुरामा राष्ट्रपतिले सिधै लालमोहर लगाउँन नुहुने भनेका छन् ।

    राष्ट्रपतिसँग संसदले पास गरेको कुरा रोक्न सक्ने अधिकार छर ? भन्ने ओटिभी नेपालको प्रश्नमा डा केसीले राष्ट्रपतिसँग यो विद्ययेक रोक्नका लागी अझै दुई वटा बाटो रहेको बताएका छन् । कित पुनर्विचारका लागी संसदमै फिर्ता पठाइदिने या सर्वोच्च अदालतको राय लिने बिकल्प राष्ट्रपतिसँग रहेको डा केसीले भनेका छन्।

    राष्ट्रपति भनेको हेड अफ द स्टेट पनि भएको भन्दै डा केसीले जनभावनाको कदर गर्दै राष्ट्रपतिले विद्ययेक रोक्नु पर्ने तर्क गरेका छन् । हरेक दृष्टिकोणले यो विद्ययेक रोक्नका लागी विद्यादेवी भणडारीसँग उपयुक्त मौका रहेको पनि डा केसीले भनेका छन् ।

    यसै पनि अब केहि समय मात्रै कार्यकाल बाँकि रहेकी भण्डारीले यतिखेर हिम्मत गरेर विद्ययेक रोक्नु पर्ने तर्क डा केसीले गरेका छन् । पद नै छोड्न तयार भएर पनि यत्तिको हिम्मत गरेमा राष्ट्रपतिलाई नेपाली जनताले साथ दिने उनले भनेका छन् ।

    इतिहास निर्माण गर्ने मौका कुनै खास बेलामा मात्रै आउँने भन्दै डा केसीले राष्ट्रपतिलाई त्यो मौका अहिले आएको भनेका छन् । राष्ट्रपतिले विद्ययेक रोक्दा उहाँलाई महाअभियोग लाग्न सक्ने सम्भावना हुन्छनी भन्ने ओटिभी नेपालको प्रश्नमा डा केसीले त्यस्तो अवस्था आएछ भने विद्या भण्डारीलाई कार्यकारी राष्ट्रपति बनाउँनु पर्ने भन्दै आन्दोलन चर्किने बताएका छन् ।

    विद्ययेक पुनर्विचारका लागी संसदमा फिर्ता पठाउँने अधिकर राष्ट्रपतिसँग रहेको भन्दै डा केसीले कसैले राष्ट्रपति लाई मुर्ती बनाउँन खोज्छ भने स्विकार्य नभएको भनेका छन्। नागरिकता विद्ययेक रोक्दा महाअभियोग लगाएछन् भने हामी श्रींलंकाको जस्तो जनता उर्लिएर विद्या भण्डारीलाई कार्यकारी राष्ट्रपति बनाउँछौ । डा केसीले भनेका छन् ।

    सरकारले ल्याएको नागरिकता विद्ययेक लागायतका विषयमा केन्द्रित रहेर राजनितिक विश्लेषक डा सुरेन्द्र केसीसँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेनुहोस्

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend