Otv Nepal आइतबार, भाद्र २८ २०८३

भिम उपाध्याय र शान्ता चौधरीको विवादले तात्यो सामाजिक संजाल

  • otv nepal

    शनिबार, भाद्र ५ २०७८
  • नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले नेकपा एमालेकी सचेतक शान्ता चौधरीलाई जोडेर समाजिक संजालमा एक स्टाटस लेखे । उपाध्यायको स्टाटस पछि शान्ताले पनि जवाफी स्टाटस फर्काएकी छिन् यसको पक्ष र विपक्षमा अहिले सामाजिक संजाल तातेको छ ।

    समाजिक संजालमा निकै सक्रिय उपाध्यायले एमाले सचेतक शान्ता चौधरी एमालेले कारबाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई तुरुन्त कारवाही गर्न सभामुख अग्नी सापकोटाकोमा दवाव दिन पुगेको कुरालाई उल्लेख गर्दै शान्ताको पुरानो कुरा स्मरण गर्दै स्टाटस लेखेका थिए ।

    चौधरीलाई माधव नेपालले कमलरी बाट टिपेर सांसद बनाएको भन्दै भन्दै उपाध्यायले अहिले शान्ताले आफ्नो धरातल छोडेको र बैगुनी भएको आशय राख्दै स्टाटस लेखेका थिए । उपाध्याएको स्टाटस भाइरल भए पछि चौधरीले पनि जवाफ फर्काएकी छिन् ।

    शान्ता चौधरी र नेता नेपालको अलिक पूरानो फोटो शेयर गर्दै उपाध्यायले लेखेका छन्, ‘आफ्नै उद्दारकर्ताको पद आजै खोस् भन्दै उदण्डता गर्ने यी पूर्वकमलरी सांसद । माधव नेपालले ८ बर्षको उमेरदेखि २५ बर्ष सम्म जमिन्दारको घरमा बिनातलव कमलहरी गरिरहेकी शान्ता चौधरीलाई टपक्क टिपेर समानुपातिक सांसद बनाइ सिहदरबार छिराएका हुन्। हिजो यी सांसद शान्ता चौधरी माधव नेपालको सांसद पद खारेज गरिहाल भन्दै सभामुखको कार्यकक्षमा चोर औला देखाउदै धर्ना दिनेमा अग्रपंक्तिमा थिइन् । आजसम्म सोच परिवर्तन भएनछ।‘

    उनले यो स्टाटस लेखेको दुई घण्टामा तीन हजार रियाक्ट आएका छन् भने कमेन्ट पनि करिब एक हजार आएका छन् । त्यसमा सांसद चौधरीले नै कमेन्ट गरेकी छन् । उपाध्यायले लेखेको स्टाटसमा आपत्ति जनाउँदै उनले भनेकी छन्– ‘धन्यवाद छ तपाइलाइ मेरो बारेमा एउटा तुच्छ सोच सोचेको मा , मलाइ उहाले एमालेमा ल्याउनु भएको हो अरुपार्टिमा लाग्नु पर्छ भनेर होइन ,जुन ठाउमा उहाले ल्याउनु भयो म त्यहि ठाउमा छु उहा जाहा जाहा जानुहुन्छ म त्यहा त्यहा जान सग्दिन मफ ,गर्नुस एउटा कमहलरी देशको कानुन बनाउन आएको तपाइ जस्तो मान्छेले काहा पचाउन सक्नुहुन्छर मैले त्यो कुरा राम्रोसङ बुझेको छु , एउटा कमहालरि सधै कमहलरी नै हुनु पर्ने हो तपाइको लेखाइमा रु रहयो कुरा यो फोटोको यो फोटो जतिबेला हाम्रो कमैयाहरुको आन्दोलन को हो माधब कमरेडले मुक्त गर्न लको होइन ’

    त्यही कमेन्टमा एक हजार जनाले रियाक्ट गरेका छन् भने करिब दुई सय जनाले रिप्लाई गरेका छन् । जसमा केहीले उपाध्यायको समर्थन गरेका छन् भने केहीमा चौधरीको समर्थन देखिन्छ । फेरी उपाध्यायले रिप्लाइ गर्दै भनेका छन्– ‘धन्यवाद। म कसैको विचार फेर्न हैन, ब्यवहारको देखेर चर्चा गर्ने गरेको छु। विचार जहिले पनि ब्यावहारिक भईरहोस्। राजनीति जुन दलमा बसेपनि सौम्य शालिन र अनुकरणीय होस्। कसैलाई थर्काउने, हुलहुज्जत गर्ने र कसैको अर्ह्रौटे हुन मन छ भने जागिर खानुपर्छ, नेता बन्न सकिन्न। कुनै एउटाको पुच्छर बने ठिक हुदैन, कसैको पनि पुच्छर बन्न हुदैन।

    तर मलाई मतलब भएन, मेरा जनप्रतिनिधि तगडा हुन्, स्वतन्त्र र विवेकी हुन्, कसैको दास नहुन् भन्ने मेरो झिनो आश हो जो पूरा हुदैन। विगत गौरवमय हुन वर्तमान गौरवमय बन्नुपर्छ। ईतिहास सम्झदाको मिठास वर्तमानको सफलतामा हुन्छ । नत्र ईतिहास तिक्त हुन्छ। सबैका तितामिठा ईतिहास हुन्छन्, सफलताले तिनलाई गौरवगाथाको माला पहिराईदिन्छ। तपाईमाथि गौरव थियो तर यसमा अहिले खिया लाग्यो। तपाईकै प्रतिक्रियाले यसमा झन् पुष्ट्यायो। टिक्नुहोला आफ्नो अडानमा, हामी पर्खने छौँ।’

    यस विषयमा उपाध्याय र चौधरी दुवैको समर्थनमा कमेन्ट आएका छन् ।

    माधव कुमार नेपालले पार्टी विभाजन गर्न लागेपछि एमाले अध्यक्ष केपी ओलीले १४ जना सांसदलाई पदमुक्त गर्न भनेर संसद सचिवालयमा पत्राचार गरेका छन् । तर ती कारवाहीलाई सभामुख अग्नि सापकोटाले होल्ड गरेर राखेका छन् । चाँडै पदमुक्त गरेको सूचना टाँस गर्न सभामुखलाई दबाब दिन चौधरीको नेतृत्वमा एमाले नेताहरु सभामुख सापकोटाको क्याबिनमा गएका थिए । सोही प्रसंगमा उपाध्यायले स्टाटस लेखेका थिए ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend