सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ । निर्वाचनको मिति नजिक आए सँगै माहोल निकै पेचिलो बन्दै गएको छ ।
नेपाली काग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सातौँ पटक डढेलधुरा जिल्लाबाट प्रतिनिधीसभा सदस्य पदका लागी प्रतिष्पर्धा गर्दैछन् । नेपाली काग्रेस डढेलधुराले देउवालाई सर्वसम्मत रुपमा एकल नाम प्रतिनिधीसभा सदस्यका लागी सिफारिस गरेको छ ।
ज्योतिषीको भविश्यवाणी अनुसार सात पटक नेपालको प्रधानमन्त्री बन्छु भनेर हिडेका देउवालाई यस पटक डढेलधुरामा निर्वाचन जितेर सांसद बन्ननै फलामको चिउरा चपाउनु सरह हुन सक्ने विश्लेषण सरु भएको छ । देउवालाई चुनाव हराउन भन्दै युवा इन्जिनियर सागर ढकाल देखी नेपाली काग्रेस विपीका वरिष्ठ उपसभापती कर्ण मल्ल सम्म मैदानमा उत्रिएका छन् ।
लामो समय सम्म देउवाको निकट सहयोगीको रुपमा रहेर काम गरेका कर्ण मल्ल अहिले नेपाली काग्रेस परित्याग गरी नेपाली काग्रेस विपीमा प्रवेश गरेका छन् । स्थानिय तहको निर्वाचनमा देउवाको गृह वडामै नेपाली काग्रेस विपीले नेपाली काग्रेसलाई पराजित गरिदिएको थियो ।
यस पटक डेडलधुरामा देउवासँग प्रत्यक्ष चुनावी प्रतिष्पर्धा गर्ने तयारीमा रहेका कर्ण मल्लले कुनै पनि हालतमा देउवालाई जित्न नदिने डिजाइन बनाएका छन् । प्रष्ट वक्ता र स्थानिय स्तरमा निकै लोकप्रिय रहेका मल्ललाई सिरियस उमेदवारको रुपमा हेरिएको छ ।
देउवाले पटक पटक डढेलधुराबासीको अपमान गरको आरोप मल्लले लगाउने गरेका छन् । पटक पटक डढेलधुराबाट चुनाव जितेर प्रधानमन्त्री भए पनि देउवाले डढेलधुरा जिल्लाको लागी केही माखो नमारेको आरोप मल्लको छ । देउवाले जिल्लाको लागी गरेको सबै अपमानको बदला यस पटक लिने तयारीमा कर्ण रहेका छन् ।
सातौँ पटक डढेलधुरा जिल्लाबाट निर्वाचन जितेर प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवालाई मल्लले बिना सुरक्षाकर्मी भोट माग्न डढेलधुरा आउन चुनौती दिएका छन् । धेरै परेन जनताको छोरा हो भने विना सुरक्षाकर्मीे डढेलधुरा आएर भोट मागेर देखाउन मात्रै देउवाजीलाई चुनौती दिन चाहन्छु । मल्लले भनेका छन् ।
ओटिभी नेपाल डटकम सँगको विशेष कुराकानीमा मल्लले देउवालाई जनतासँग डर भएकै कारण सुरक्षाकर्मीको फौज लिएर हेलिकप्टरमा आउने गरेको बताए । जनताको छोरो हो र हिम्मत छ भने विना सुरक्षाकर्मी आएर भोट मागेर देखाउन देउवालाई मल्लले ओपन च्यालेन्ज दिएका छन् ।
पार्टीले उठाएमा देउवा विरुद्ध चुनावी प्रतिष्पर्धा गर्न आफु तयार रहेको भन्दै मल्लले देउवाले ३० बर्ष सम्म चुनाव जित्दा गर्न नसकेको काम आफुले पाँच बर्षमा गरेर देखाउने बाचा पनि उनले गरेका छन् । देउवाले डढेलधुराबासीलाई निकै अपमानित गरेको भन्दै उनले त्यो अपमानको बदला लिएरै छोड्ने उद्घोष पनि गरेका छन् ।
नेपाली काग्रेस विपीका वरिष्ठ उपसभापती कर्ण मल्ल सँग समसामयिक बिषयमा ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...