गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दुकमार थापा देखिएका छन् ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको पनि घर जग्गा र सुनचाँदी धेरै देखिएको छ । मन्त्रीहरुले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
आन्तरिक मामिला तथा प्रदेश सभामन्त्री थापाको आफ्नो र श्रीमतीको नाममा विभिन्न मल तथा होटल रहेका ६ वटा घर छन् । पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले आफ्नो सम्पत्ति विवरणमा राखेका छन् । त्यस्तै पोखराका विभिन्न ठाउँमा उनी र परिवारको सदस्यको नाममा जग्गा छ ।
पोखरा नयाँ बजार निवासी मन्त्री थापासँग नगद भने ५५ हजार रुपैयाँ मात्र छ । त्यस्तै ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा पनि उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा थापा र परिवारका सदस्यको नाममा शेयर रहेको छ ।
थापासँग १ करोड २० लाख र १ करोड ५ लाख पर्ने दुईवटा गाडी छ भने रोलेक्स र कार्टियर घडी ३ थान छ । थापाले विभिन्न बैंकबाट ३० करोड रुपैयाँभन्दा बढी ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको नाममा स्याङ्जाको भीरकोट र काठमाडौं नागार्जुनमा घर छ । उनी र उनको परिवारका सदस्यको नाममा काठमाडौंको ४ ठाउँमा जग्गा छ, स्याङ्जाका भीरकोट नगरपालिकामा २ ठाउँमा जग्गा छ ।
श्रेष्ठसँग १ किलो १९ तोला सुन छ । उनले यसलाई पैतृक तथा पेवा सम्पत्ति भनेका छन् । ७ किलो २ तोला चाँदी, एउटा हिराको औंठी र नगद मौज्दात १५ लाख रुपैयाँ गरेको श्रेष्ठले सार्वजनिक गरेका छन् । श्रेष्ठ र परिवारको नाममा करिब ७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
मन्त्री श्रेष्ठसँग ८ वटा बैंक तथा वित्तीय संस्थाको शेयर छ भने सिटिजन्स बैंकबाट २ पटकमा गरी ऋण ७ करोड ९० लाख रुपैयाँ ऋण लिएका छन् । मन्त्री श्रेष्ठसँग एउटा कार, २ वटा स्कुटर छ भने स्याङ्जाको भीरकोटस्थित सुन्तला बगैंचाबाट प्रति वर्ष ६ लाख रुपैयाँ आम्दानी हुने देखाएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माको बागलुङमा श्रीमतीको नाममा ४८ लाखको घर छ । रुपन्देहीमा ५७ लाख, चितवनमा ६३ लाखको जग्गा रहेको मणिभद्रले बागलुङमा पुख्र्यौली जग्गा छ र त्यस्तै ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको उल्लेख गरेका छन् ।
दाइजो र पुर्खौली सम्पत्तिबाट प्राप्त गरी मणिभद्रसँग २५ तोला सुन र १ किलो चाँदी सम्पत्ति छ । करिब ३ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा बचत देखाएका शर्मासँग ८० लाख रुपैयाँभन्दा बढी रकमको शेयर रहेको छ ।
भैतिक पूर्वाधार मन्त्री कुमार खड्काले स्वआर्जनका रुपमा पोखरा महानगरपालिका–१६ मा घर देखाएका छन् । श्रीमतीलाई माइतबाट प्राप्त बकसका रुपमा प्राप्त जग्गा साटफेर गरी किनेको जग्गा पनि मन्त्री खड्काले सार्वजनिक गरेका छन् । खड्काको विभिन्न बैंक तथा वित्तीय संस्थामा १ करोड ३३ हजार रुपैयाँ बचत छ ।
खड्काले अमरदीप सहकारीमा ५१ लाख ५० हजार रुपैयाँ र जन्मभूमि एजुकेशन फाउण्डेसन प्रालिमा ५ लाख सेयर देखाएका छन् । उनले उज्ज्वल खड्कालाई ६० लाख रुपैयाँ र हरिबहादुर थापालाई २५ लाख रुपैयाँ ऋण दिएको विवरण सर्वजनिक देखिएका छन् । खड्कासँग श्रीमतीको नाममा ४२ लाखको गाडी छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरमा श्रीमतीको नाममा ५ लाखको जग्गा र १५ लाख लगानी बनेको साढे दुई तले पक्की घर छ ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...