काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले भारतीय सञ्चारमाध्यम भाष्कर दैनिकलाई अन्तर्वार्ता दिंदै ‘आदिपुरुष’को विरोध भारतको विरोध नभएको टिप्पणी गरेका छन् ।
मेयर भएदेखि कुनै पनि नेपाली सञ्चारमाध्यममा अन्तरवार्ता नदिएका बालेनले विदेशी मिडियालाई सम्भवतः पहिलो अन्तरवार्ता दिएका हुन् । नेपाली पाठकका लागि उपयोगी ठानेर अन्तरवार्ता यहाँ नेपालीमा अनुवाद गरिएको छ ।
भास्करः यस्तो के भयो कि हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाउनु पर्यो ङ तपाईँ मेयर हुनुहुन्छ, तपाईँसँग त यसको अधिकार पनि छैन नि ?
बालेनः मलाई त यो प्रश्न नै ठीक लागिरहेको छैन । म कसरी आफ्नो अधिकार क्षेत्र बाहिर गएँ ? पहिले यो बताउनुस् ।
भास्करः यो प्रश्न यस कारण सोधियो कि नेपालको संविधान अनुसार स्थानीय निकायलाई कुनै पनि फिल्ममाथि प्रतिबन्ध लगाउने अधिकार हुँदैन । यसका लागि सेन्सर बोर्ड छ । तपाईँले कसरी प्रतिबन्ध लगाउनुभयो ?
बालेनः हामीले पूरै नेपालका फिल्म रोकेका छैनौँ । सिंगो देशमा हामी कुनै पनि फिल्म रोक्न सक्दैनौँ । तर हाम्रो स्थानीय सरकारको दायरामा आउने हलहरूमा कस्तो फिल्म देखाउने, के देखाउनु ठीक हुन्छ वा हुँदैन त्यो हामी तय गर्न सक्छौँ ।
भास्करः महानगरपालिकाको काम त शहरको व्यवस्थापन हेर्ने, कर असुल्ने हो । फिल्म प्रतिबन्धको निर्णय किन लिनुभयो ?
बालेनः संविधानको धारा ४८ मा नागरिकको कर्तव्य लेखिएको छ । देशको पहिचान, स्वाधीनता, इतिहासलाई बचाउनु हरेक नागरिकको जिम्मेवारी हो । यो केवल एउटा मेयरको कर्तव्य होइन ।
आदिपुरुष रामायणमाथि बनेको आधिकारिक फिल्म हो । यो संसारभर चलिरहेको छ । यति ठूलो जनसंख्यालाई प्रभावित गर्ने फिल्मले कुनै अर्को देशको विभूति सीतालाई भारतको बताइदियो । यो केवल नेपालको मात्र आपत्तिको विषय होइन ।
यो फिल्म संसारभर जहाँ पनि रोक लाग्नुपर्छ । नेपालमा त म मेयरको हिसाबले बोलिरहेको छु । यसमाथि हाम्रो सरकार, संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयले ध्यान दिनुपर्छ । केवल नेपालमा सेन्सर गरेर चलाउनुको अर्थ हुँदैन । यसले केही फरक पर्नेछैन ।
यसलाई यसरी सम्झिऊँ, बलिउडका फिल्ममा पाकिस्तानमा सिर्फ गोली चलाइन्छ, बम विस्फोट हुन्छ । त्यो देखेर श्रीलंका र नेपालका नागरिक पाकिस्तान जानै डराउन लागेका छन् ।
मानिसहरूलाई लाग्छ कि पाकिस्तानमा केवल आतंक छ । यस खालको इमेज फिल्मले नै बनाएको हो ।
फिल्महरू यति शक्तिशाली हुन्छन् कि तिनीहरूले मानिसहरूको सोच बदल्न सक्छन् । यदि कुनै फिल्मले सीतालाई भारतीय बताए भने मानिसहरू त्यसलाई नै सही ठान्छन् । नेपालको नागरिकका हिसाबले यसको विरोध गर्नुपर्छ ।
सबै हिन्दी फिल्मको विरोध यस कारण गरिएको हो कि यो हाम्रो देशमा विक्री भइरहेको छ । नेपालमा भारतको व्यापार छ । यहाँका जनताले यस्तो भन्ने हैसियत राख्नुपर्छ कि यो सही होइन । भारतको फाइदाका लागि हामी आफ्नो स्वाधीनता छाडिदिऊँ, यस्तो हुन सक्दैन ।
भारतमा पनि सेन्सर बोर्ड छ । उसले पनि यस्तो चिजहरू रोक्नुपर्छ ।
भारत सरकारले यसलाई रोक्दैन भने हामीले रोक्नुपर्छ । व्यापार आफ्नो ठाउँमा छ, तर यसको कारणले नेपालको स्वाधीनतामा सम्झौता गर्न सकिँदैन । यस्तो पहिले पनि भएको छ । फिल्म चाँदनी चौक टु चाइनामा बुद्धका बारेमा गलत कुरा भनिएको थियो । अनिल कपुरको फिल्म घरबाली बाहरबालीमा पनि गलत कुरा देखाइएको थियो । त्यतिबेला पनि फिल्महरू ब्यान्ड भएका थिए ।
भारत सरकारले आफ्नो सेन्सर बोर्डका मानिसहरूलाई सम्झाउनुपर्छ कि यस्तो गल्ती गर्यौ भने दुई देशको व्यापार तथा सम्बन्ध बिग्रिन सक्छ ।
भास्करः जुन संवादको कारणले आदिपुरुषलाई प्रतिबन्ध गरियो, त्यो त फिल्ममा छँदै थिएन । नेपालको सेन्सर बोर्डले त्यसलाई हटाइसकेको थियो । यस्तोमा प्रतिबन्धको आवश्यकता किन पर्यो ?
बालेनः नेपालमा जसले फिल्म देखेँ, त्यो संवाद हेर्न पाएनन् । सेन्सर बोर्डले त्यसलाई काटिदियो । भारतको मूल कपि यहाँ कसैले पनि देखेन । भारतीय पक्षसँग यो कुरा कसैले उठाएन ।
नेपालका मानिसहरूले त संवाद नै सुनेका छैनन् भने कसरी यस विषयमा भन्न सक्छन् ?
भास्करः तपाईँ लगातार भारतविरोधि अभिव्यक्ति दिइरहनु भएको छ । के तपाईँलाई लाग्छ कि तपाईँले यसलाई सच्याउनुपर्छ ?
बालेनः होइन, मलाई त्यस्तो लाग्दैन ।
भास्करः एकपटक ऋतिक रोशनको अभिव्यक्तिलाई लिएर काठमाडौंमा हिंसा भएको थियो । कयौँ मानिसहरूको ज्यान गयो । तपाईँलाई लाग्दैन कि यस्ता कुरामा संवेदनशील हुनुपर्छ ?
बालेनः मैले जथाभाबी कुरा गरेको भए सोच्नुपर्ने आवश्यकता हुन्थ्यो । यो कुराको पुष्टि त फिल्मका लेखकले नै गरे । यदि त्यस्तो कुनै संवाद थिएन भने सेन्सर बोर्डले किन काट्यो ? त्यसैले मेरो अभिव्यक्तिको आधार त छ नै ।
यो भन्नुको म भारत विरोधी हुनु होइन । भारतीय मानिसहरूको खिलाफमा जानु पनि होइन ।
ऋतिक रोशन काण्डसँग यसलाई जोड्न सकिँदैन किनकि त्यसबेला त हामी पूरै भारतको विरोधी भएका थियौँ ।
भास्करः पाटन उच्च अदालतले भारतीय फिल्ममाथि प्रतिबन्ध हटाउनु आदेश दिएपछि तपाईँले लेख्नुभयो कि न्यायपालिका र नेपाल सरकार भारतको गुलाम बनिसकेका छन् । के तपाईँ आफूलाई उनीहरूभन्दा माथि ठान्नुहुन्छ ?
बालेनः म आफूलाई त्यो स्तरको राजनीतिज्ञ सम्झिन्न, नागरिक सम्झिन्छु ।
भास्करः के कुनै नागरिकले अदालतलाई यस्तो चुनौती दिन सक्छ ?
बालेनः मैले चुनौती दिएको छैन । मैले भनेको छु कि म सजायका लागि तयार छु । यसको मतलब यो होइन कि म अदालतलाई मान्दिनँ । देश, स्वाधीनता तथा इतिहासको कुरा आउँदाखेरि त म मान्दिनँ ।
भास्करः भारत र नेपालको सम्बन्धका विषयमा तपाईँ के सोच्नुहुन्छ ?
बालेनः म पनि चाहन्छु कि नेपाल र भारतको सम्बन्ध राम्रो होस । नेपालमा पर्यटनको धेरै सम्भावना छ । यहाँ भारत र चीनका पर्यटक मात्र आउँदा पनि पर्याप्त हुन्छ । युरोपका पर्यटक नआए पनि चल्छ । त्यसैले सांस्कृतिक, धार्मिक र पर्यटनको हिसाबले राम्रो सम्बन्धको आवश्यकता छ ।
भास्करः तपाईँले भारतीय संसदमा नक्सा राखिएको जवाफमा आफ्नो अफिसमा ग्रेटर नेपालको नक्सा लगाउनुभयो । तपाईँ भारतले केही गर्दा तुरुन्त प्रतिक्रिया किन दिनुहुन्छ ?
बालेनः भारतले संसदमा लगाएको नक्सालाई सांस्कृतिक नक्शा बतायो । हामीले पनि ग्रेटर नेपालको नक्सालाई ऐतिहासिक भनेर लगाइदिएका हौँ ।
भास्करः काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्धित छन् । नेपालका हिन्दी फिल्म व्यवसायीहरूलाई प्रतिबन्ध फिर्ता लिने भरोसा दिनुहुन्छ ?
बालेनः अदालतले प्रतिबन्ध हटाइदिएको छ । म भन्न चाहन्छु, नेपाल सरकारले भारत सरकार र त्यहाँको सेन्सर बोर्डलाई भन्नु पर्छ कि कुनै पनि देशको इतिहासलाई तोडमोड गरेर प्रस्तुत गर्न नदिइयोस् ।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
न्यायिक समितिको सारथी : सर्वोत्कृष्ट पुस्तकका रूपमा सम्मानित
काठमाडौँ, श्रावण २७ गते नेपाल कानुन व्यवसायी परिषद्को ३४औँ स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा आर्थिक वर्ष २०८२/०८३ मा प्रकाशित कानुन तथा न्याय क्षेत्रका पुस्तकहरू मध्येबाट अधिवक्ताद्वय उद्धव प्रसाद अधिकारी...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...