Otv Nepal सोमबार, भाद्र २९ २०८३

अग्नी सापकोटाको दशा बिग्रीयो, जे ल नहाली छोड्दीन भन्दै काग्रेसकै नेता निस्कए मैदानमा

  • otv nepal

    शनिबार, भाद्र १२ २०७८
  • नेकपा एमालेलेले कारबाही गरेका माधव कुमार नेपाल सहितका १४ जना सांसदलाई कारबाही नगरेका कारण एमालेले तारो बनाइरहेका सभामुख अग्नी सापकोटालाई जेल हान्ने अभियानमा नेपाली काग्रेसकै नेता लागेका छन् ।

    राष्ट्रिय राजनितीमा नेपाली काग्रेस र माओवादी केन्द्र विच सहकार्य रहको छ तर पनि अग्नी सापकोटाले अतीनै दुख दिएको भन्दै नेपाली काग्रेसका प्रभावशाली नेता एवं पूर्व संचारमन्त्री मोहन बस्नेत भने अग्नी सापकोटाका विरुद्ध खुलेर लागेका छन् ।

    गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा अग्नि सापकोटा जले जाने बताए ।

    अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ’, नेता बस्नेतले भने, ‘उहाँ ९अग्निप्रसाद सापकोटा०ले सरकारी जग्गा धेरै ठूलो संख्यामा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ ।’

    बस्नेतले भने, ‘सरकारी जमीन उहाँका मान्छेको नाममा पास गरिएको छ । अग्निप्रसाद सापकोटाजीको कु–कर्मको कारणले उहाँ चाँडै जेल जाँदै हुनुहुन्छ ।’

    ‘यो पनि अचम्म नहोला । यो चाँडै भयो फेरि । अपराध गरेपछि अपराध त कराउँछ कराउँछ । गाउँमा चलन छ । पाप धुरीबाट कराउँछ । कराउँछ कराउँछ पाप’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

    उनले भने, ‘अग्नि सापकोटा सिन्को पनि भाँचेका छैनन् । काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उनको मुद्धा बाँकी नै छ । नेताहरू अपराधी हुनु भएन ।’

    कृष्णबहादुर महरा सभामुख रहेका बेला रोशनी शाहीले यौनदुर्व्यवहारको आरोप लगाएपछि सभामुख पद गुमाएर दशैँको मुखमा जेलमा बस्नु परेको थियो । महराले लामो समयपछि काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत ललितपुरबाट सफाइ पाएका छन् ।

    सभामुख भएकै बेला सापकोटा पनि सरकारी जमीन कीर्ते गरेको काण्डमा जेल जाने भनेर कांग्रेस नेता बस्नेतले खुलासा गरेपछि माओवादीभित्र खैलाबैला भएको छ ।

    सापकोटा पनि जेल गएमा माओवादीलाई सभामुख पद फाप्दैन भन्ने स्पष्ट हुनेछ । माओवादीले कहिल्यै पनि सभामुख पदमा दाबी नगरे हुनेछ । कांग्रेस नेता बस्नेतले केपी ओलीले मनपरी गरेका कारण दुईतिहाइको सरकार ढलेको बताए ।

    ‘केपी ओलीको पार्टी नै फुट्यो । एमाले, के–के माले, झाले पार्टी बनेका छन् । त्यस्ता छ गोरुका नाम हुन्थे’, उनले भने, ‘गोरुको नाम जस्तै अहिले कम्युनिस्ट त्यस्ता भएका छन् ।’

    ‘चुनाव आउँदै छ । भोट कांग्रेसलाई दिनुपर्छ । विकासको जिम्मा कांग्रेसले लिन्छ । जनताले कांग्रेसलाई भोट दिनुपर्छ’, उनले भने, ‘हामीमा पनि कमजोरी होला । सुध्रिनुपर्छ । जनताको मत लिएर गएपछि जनताको काम गर्नुपर्छ ।’

    ‘ठोकर्पामा एउटा कार्यक्रममा पत्रकारले सरकार कसको बन्छ रु को प्रधानमन्त्री बन्छ भन्थे । त्यस बेला नेपाली कांग्रेसको सरकार बन्ने भनेको गोरु ब्याउने जस्तै हो’, उनले भनेका छन् ।

    ‘त्यस कारणले नेपालमा गोरु नै ब्याउँछ भनेको थिएँ । गोरु ब्याउँछ भनेको कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा पार्टी सभापति बन्नु हुन्छ भनेको हो । नभन्दै शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो’, उनले भनेका छन् ।

    ‘जनताले भोट कांग्रेसलाई हालेनन् । बहुमत कम्युनिस्टलाई दिए । दुईतिहाइको बहुमतको सरकार बन्यो । सरकार त बन्यो । भ्रष्टाचारमा लिप्त भए’, उनले भने, ‘अधिनायकवादी शैलीमा शासन गर्न खोजे । निरंकुश शासन गर्न खोजे । आफ्नै पार्टीभित्रको मान्छेलाई तेजोबध गर्न थाले । जनताको भोटको कदर गर्न सकेनन् । त्यसपछि कम्युनिस्टहरू लथालिङ्ग, भताभुङ्ग बने ।’

    उनले भने, ‘कम्युनिस्टहरूले यो देश चाउन सकेनौँ । केपी ओलीले यो देश सिध्याए । शेरबहादुर देउवालाई अब तपाई प्रधानमन्त्री बनिदिनुस् भनेर बुढानिलकण्ठ गएको सबैले देखेका छन् ।’

    ‘जनताले भोट कम्युनिस्टलाई हाले । कम्युनिस्टका नेताले भोट कांग्रेसका नेतालाई हाले । दलाली बीचमा किन गर्ने रु विकास चाहिन्छ भने भोट कांग्रेसलाई हाल्नुपर्छ’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

    ‘कम्युनिस्टले धर्म र संस्कृति मान्दैमान्दैन । यिनीहरू नेपालमा पनि मठमन्दिर भत्काएर हिँड्ने हुन्’, उनले भने, ‘धर्म भनेको अफिम हो भन्ने कम्युनिस्टले ठूलो टीका लगाउँछन् । प्रचण्डले टीका लगाएका छन् ।’

    उनले भने, ‘बत्तीबाल्न, स्कुल बनाउन, दलित, बाटो, खानेपानीका लागि कांग्रेस चाहिन्छ । भोट कम्युनिस्टलाई दिने । विकास कांग्रेसले गरोस् भन्ने देखिएको छ । अबको निर्वाचनमा कांग्रेसलाई भोट दिनुस् । रुख चिन्हमा भोट हाल्नुस् ।’

    कर्थलीमा निर्माणाधीन श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा निर्माणका लागि नेता बस्नेतको पहलमा पुनर्निर्माण प्राधिकरणबाट रु। २४ लाख रकम विनियोजित भएको छ ।

    पूर्वमन्त्री बस्नेतले गुम्बाको शिलन्यास पनि गरेका छन् । कार्यक्रममा क्षेत्रीय सभापति बालकृष्ण बस्नेतसहितका नेताहरूको उपस्थिति रहेको थियो । यो विषयले नेकपा एमालेमा खुशीयाली छाएको छ । एमालेका १४ जना सांसदलाई गरेको कारवाही अनुमोदन नगरेपछि एमाले उनीसँग रिसाएको थियो ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend