एक अनुमानका अनुसार सन् २०११ मा तालिबानी लडाकूको संख्या ३० हजार थियो । सन् २०२१ को मध्यमा उसको लडाकूको संख्या बढेर ७० हजारदेखि १ लाखको बीचमा रह्यो । तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि सन् २००१ सम्म शासन गरेको थियो । तर चुनौती यो हो कि तालिबानको आयबारे यस्तो कुनै विश्वस्त र ठोस् जानकारी सर्वसाधारणबीच छैन । उनीहरु बारे धनको आवागमनलाई बुझ्नु एक प्रकारको अनुमान लगाउनु जस्तै हो ।
यद्यपि, बीबीसीले अफगानिस्तान भित्र र बाहिरका यस्ता थुप्रै मानिसहरुसँग कुराकानी गरेर अत्यधिक सुचना जुटाएको छ । यसमार्फत् थाहा हुन्छ कि तालिबानको आर्थिक ढाँचा निकै जटिल छ ।
सन् २०११ मा तालिबानको वार्षिक आय लगभग ४६०० करोड रुपैयाँ थियो । तर बीबीसीले आफ्नो अनुसन्धानमा सन् २०१८ को अन्त्यसम्म यो आँकडा बढेर १७ हजार ५ सय रुपैयाँ भएको छ । अबको केही दिनमा नै उनीहरुले अफगानिस्तानको सरकार सञ्चालन गर्दैछन् । यस्तोमा उनीहरुको आय श्रोत निकै बढ्नेछ ।
तालिबानको आम्दानीका चार प्रमुख स्रोतः
तालिबानबारे एक आम धारणा यो छ कि उसको कमाईको मुख्य माध्यम अफिम र त्यसबाट बन्ने नशालु पदार्थ हेरोइन हो । तर जानकारका अनुसार यो कुरा पूर्ण रुपमा सही होइन ।
जानकारका अनुसार अफिमबाहेक तालिबानको कमाई उसले कब्जा गरेको इलाकामा लगाइने विभिन्न प्रकारको करमार्फत् पनि हुन्छ । साथै, विदेशबाट पाउने चन्दा र खनिजको कारोबार पनि उसको कमाईको मुख्य स्रोत हो ।
वास्तवमा तालिबानको आयका चार प्रमुख स्रोत छन्ः
१. विदेशबाट पाइने चन्दाः
पूर्व अफगान सरकार र अमेरिकी अधिकारीले लामो समयदेखि पाकिस्तान, इरान, रुस, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारसहित खाडी देशका थुप्रै देशले तालिबानलाई आर्थिक मद्दत गरिरहेको आरोप लगाउने गर्छन् । तालिबानसँग उनीहरुको यो सम्बन्ध निकै लामो समयदेखि रहँदै आएको छ । तर यी देशले यो कुरा कहिल्यै स्विकार गरेनन् ।
यस्तै पाकिस्तानसहित साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारजस्ता खाडी देशका नागरिक निजी रुपमा पनि तालिबानलाई मद्दत गरिरहेको मान्यता राखिन्छ ।
तालिबानले विदेशबाट पाउने मद्दतको सटिक आँकडा थाहा पाउन त असम्भव छ तर जानकारका अनुसार उसले हरेक वर्ष करिब ५० करोड डलर विदेशबाट पाइरहेको छ ।
यसअघि अमेरिकाको एक गोप्य रिपोर्टमा तालिबानले सन् २००८ मा विदेश विशेषगरी खाडी देशबाट १०।६ करोड डलर प्राप्त भएको अनुमान गरिएको थियो ।
२. नशालु औषधीको कारोबार
तालिबानले लामो समयदेखि अफिम, हेरोइनजस्ता नशालु औषधीको अवैध कारोबार गर्दै आएको धेरैले बताउने गर्छन् ।
स्मरण रहोस्, अफगानिस्तान संसारको सबैभन्दा ठूलो अफिम र हेरोइन उत्पादक हो । हेरोइन, अफिमबाट तयार हुन्छ । एक अनुमानका अनुसार अफगानिस्तानबाट हरेक वर्ष १।५ देखि तीन अर्ब डलरको अफिम अन्य देशमा पठाइन्छ ।
अफगानी अधिकारीका अनुसार तालिबानले किसानलाई अफिमको खेती गर्न लगाउँछ र उनीहरुबाट १० प्रतिशत कर पनि लिने गर्छ । यसबाहेक हेरोइन बनाउने प्रयोगशालाबाट पनि कर लिने गरिन्छ । यसमार्फत् तालिबानलाई हरेक वर्ष १० देखि ४० करोड डलरबीचको आय हुने अनुमान गरिन्छ ।
सन् २०१८ मा अमेरिकी कमान्डर जनरल जोन निकोलसनले एक रिपोर्टमा तालिबानले उसको आयको ६० प्रतिशत हिस्सा अवैध ड्रग्सको धन्धाबाट आउने बताएका थिए । यद्यपि, उनको यो अनुमानलाई धेरै जानकारले ‘यो त असाध्यै धेरै भयो’ भन्दै खारेज गर्छन् ।
३. इलाकामाथि कब्जा जमाउनुः
तालिबानको आम्दानी अफिमको खेती र त्यसको बिक्रिबाट मात्रै हुँदैन । यसको प्रमाण सन् २०१८ मा अफगान कारोबारीको नाममा लेखिएको खुल्ला पत्र हो जसमा तालिबानले उनीहरुलाई तेल, निर्माण सामग्रीसहित थुप्रै उत्पादनको कर चुकाउनका लागि भनेको थियो ।
वास्तवमा जुन इलाकामा तालिबानको प्रभाव छ, त्यहाँ उनीहरुले मानिसहरुबाट विभिन्न प्रकारको कर असुल गरेका छन् । पछिल्लो दुई दशकमा पश्चिमी देशको राम्रै धन पनि नचाहँदा पनि तालिबानको गोजीमा पुगेको छ ।
सबैभन्दा पहिला, पछिल्ला दुई दशकमा संसारभरीका थुप्रै देशको मद्दतले देशमा सडक, स्कूल, अस्पताल आदि बनाइयो । तर तालिबानले यी सबै परियोजनाका लागि आवतजावत गर्ने गाडीमार्फत् पैसा लिए ।
पश्चिमी देशको सामानको ढुवानी गर्ने ट्रकबाट तालिबानले हरेक वर्ष करोडौं डलर बनाएको पनि अनुमान छ । उसले यसबाहेक अफगान सरकारद्वारा सर्वसाधारणलाई दिइएका सेवामार्फत् पनि अत्यधिक कमाई गरे ।
अफगानिस्तानको बिजुली कम्पनीका अध्यक्षले सन् २०१८ मा बीबीसीलाई दिएको जानकारी अनुसार बिजुलीको प्रयोग गर्नेबाट तालिबानले पैसा असुल गर्छ । उनले यसबाट तालिबानले हरेक वर्ष २० लाख डलरको आय हुने अनुमान लगाएका थिए ।
तालिबान जब कुनै इलाकालाई आफ्नो कब्जामा लिन्छ, तब त्यहाँबाट उसले पैसाका साथै धेरै नै सामान, गाडी, हतियार आदि प्राप्त गर्छ । लगातार लडाईंमा जुटिरहने संगठनका लागि आयको यो स्रोत पनि निकै महत्वपूर्ण हुन्छ ।
४. खानी र खनिजः
खनिज र मूल्यवान वस्तुको मामिलामा अफगानिस्तान निकै धनी छ । दशकौंदेखि देशमा लडाईं भइरहेका कारण हाल यसको पर्याप्त दोहन हुन सकेको छैन । अफगानका पूर्व अधिकारीका अनुसार हाल देशको उत्खनन उद्योग एक अर्ब डलर आसपास छ ।
देशको धेरैजसो उत्खनन साना स्तरका छन् र अधिकांस अवैध ढङ्गले हुँदै आएका छन् । तालिबानले यसमाथि आफ्नो नियन्त्रण गर्दै वैध र अवैध सबै प्रकारका उत्खननबाट असाध्यै कमाई गरेको छ ।
सन् २०१४ मा यूएनको एक रिपोर्टमा बताइए अनुसार तालिबानले हेलमंद प्रान्तमा २५ देखि ३० अवैध उत्खनन परियोजनाबाट हरेक वर्ष लगभग १ करोड ५० लाख रुपैयाँभन्दा बढी कमाएको थियो ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...