अधिवक्ता स्वागत नेपालले नेतृत्व गरेको उन्नत लोकतन्त्र पार्टीले एमसीसी विरोधी अभियानलाई व्यापक रुपमा तिब्रता दिँदै लगेको छ । एमसीसीले अधिग्रहण गरेको जग्गानै कब्जा गरिसके पछि भने एमसीसीका मान्छे नराम्रो सँग रन्थनिएका छन् ।
मौसम अनुसार विरोध गर्नेहरु धेरै निस्कीए पनि एमसीसीको निरन्तर विरोध गर्ने र खबरदारी गर्ने काम स्वागत नेपालले नेतृत्व गरेको पार्टीले मात्रै गरिरहेको छ ।अब केहि गरि पनि स्वागत नेपालसँग नसकिने भयो भनेर एससीसीले टेलिभिजनहरुमा विज्ञापन समेत बजाउँन थालेको छ ।
एमसीसी नेपाल हितको लागी हो भन्ने भम्र छर्दै बनाइएको विज्ञापन आफुलाई मूलधारको मिडिया भन्दै गर्धन फुलाउँनेहरुले निर्धक्क बजाइरहेका छन् । एमसीसी बारे भ्रामक विज्ञापन टेलिभिजनहरुमा बज्न थाले पछि जनस्तरबाट भने व्यापक विरोध भइरहेको छ ।
आइतबार दिउँसोदेखि केही टेलिभिजन सञ्चार माध्यममा एमसीसीको पक्षमा विज्ञापन बज्न थालेको कुरा एकाएक चर्चित भयो । तर सो विज्ञापनभन्दा पहिले नै उन्नत लोकतन्त्र पार्टी ९एडिपि० र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले रेडियो विज्ञापन मार्फत एमसीसीका सबै संरचनाहरु ध्वस्त गर्न जनतालाई आह्वान गर्दै रेडियो विज्ञापन बजाउन थालेकोले एमसीसीले सो विज्ञापन पहिल्यै तयार भएर केही समयपछि बजाउने योजना भए पनि तत्कालै बजाउन थालेको खुलेको छ ।
उक्त उन्नत लोकतन्त्र पार्टी (एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले एमसीसीका लागि एमसीए नेपालले जमीन अधिग्रहण गरी विभिन्न संरचना निर्माण तयारी गरेकोमा ती संरचन ध्वस्त गर्न आह्वान गर्दै विज्ञापन केही दिन अघिदेखि नै बजाउँदै आएको छ ।
सो क्रममा सबैभन्दा बढी नुवाकोट जिल्लाको बेलकोटगढी वडा नं। ७ स्थित रातमाटेको अधिग्रहण गरेको जमीन एडिपि र स्वतन्त्र राष्ट्रिय अभियानले जनताका लागि नियन्त्रणमा लिई संरचना निर्माण गरे ध्वस्त गर्ने भन्दै उक्त विज्ञापन नुवाकोटकै एम एम रेडियो चिम्टेश्वरीमा बजाउँदै आएको छ ।
एडिपि अध्यक्ष स्वागत नेपालले उक्त स्थानमा ५०१ सदस्यीय प्रतिकार समिति गठन गरी क्याम्प नै खडा गरेर त्यहाँ कुनै पनि निर्माण गरिए संरचना ध्वस्त गर्न प्रशिक्षण दिन शुरु गरिएको बताए र सो प्रशिक्षणमा तथा प्रतिकार आन्दोलनमा सहभागी हुन विज्ञापनबाट जनतालाई आह्वान गरिएको बताए ।
त्यसै गरी सो एफ एमका स्टेशन म्यानेजर रामहरि न्यौपानेले सो विज्ञापन आफूहरुले पनि नैतिक रुपमा समेत जनता र देशप्रतिको जिम्मेवारी पूरा गर्न पनि बजाएको बताए ।
यसै वीच उन्नत लोकतन्त्र पार्टीले एमसीसीको पक्षमा विज्ञापन बजाउने टेलिभिजनहरुलाई तत्काल विज्ञापन रोक्नको लागि चेतावनी दिएको छ। र, आम जनसमुदायलाई पनि एमसीसीको पक्षमा विज्ञापन बजाउने सञ्चार माध्यमलाई बहिष्कार गर्न पनि आह्वान गरेको छ।
सो पार्टीले जारी गरेको विज्ञप्ती यस्तो छ ।
एमसीसीको विज्ञापन तत्काल रोक्न चेतावनी
१३ भाद्र २०७८
नेपाली छोरीचेलीलाई अमेरिकी सरकार र एमसीसीका कर्मचारीले बलात्कार र हत्या गरे वा बेरोजगार युवालाई बैदेशिक रोजगारीमा अमेरिकाको भिसा मिलाइदिन्छु भनेर ठगे पनि कुनै अदालत र न्यायाधिकरणमा मुद्दा नलाग्ने र नेपाललाई इण्डियाको सम्मतिमा कार्य गर्न आत्मसमर्पण गराउने प्रावधान सहितको इण्डोप्यासिफिक रणनीतिको सैन्य कार्यक्रम एमसीसी परियोजना नेपालीका लागि शेयर कारोबारभन्दा फलदायी हो भन्ने भ्रामक देशघाती विज्ञापन केही सञ्चार माध्यमले प्रचार गर्न थालेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
देशव्यापी रुपमा एमसीसीका संरचना ध्वस्त बनाउन प्रतिकार समिति गठन गरी क्रियाशील रहेको अवस्थामा जनताले एमसीसीलाई सहयोग गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई भौतिक व्यवधान खडा गरी संविधानमा इतिहासमै पहिलो पटक नागरिकको हक मात्र होइन कर्तव्य पनि निर्वाह गर्नु पर्ने व्यवस्था गरेकोमा सो कर्तव्य पूरा गरी राष्ट्रिय स्वाधीनता बचाउने प्रतिकारात्मक आन्दोलनका क्रममा हुन सक्ने क्षतिप्रति सचेत रहँदै उक्त विज्ञापन तत्काल रोक्न गम्भीर रुपमा सचेत गराउँछौं ।
अन्यथा त्यस्ता सञ्चार माध्यमलाई आमा बेचेर पैसा अशुल्ने कपुतको रुपमा लिई जुनसुकै निर्णय लिन तयार हुने स्थिति नआओस् हामी चाहन्छौं । तत्काल ती विज्ञापन नरोके त्यस्ता सञ्चार माध्यमलाई बहिष्कार गर्न पनि हामी जनता जनार्दनमा आह्वान गर्दछौं ।
स्वागत नेपाल अध्यक्ष
यस पूर्वदेखि नै उन्नत लोकतन्त्र पार्टी (एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले एमसीसीका लागि एमसीएले अधिग्रहण गरेको जमीन जनताको नियन्त्रणमा लिई ती स्थानहरुमा एमसीसीले कुनै संरचना निर्माण गरेमा ध्वस्त गर्न क्याम्प खडा गरी युवाहरुलाई प्रशिक्षण दिने कार्य गरिरहेको छ । सोही प्रशिक्षणमा सहभागी हुन सो विज्ञापनमा युवाहरुलाई आह्वान गरिएको छ ।
सो सन्दर्भमा एमसीए नेपालले विज्ञप्ति जारी गरी जग्गा अधिग्रहण एमसीसीले नभई एमसीएले गरेको तथा एमसीसी र एमसीएले गर्न लागेको काम फरक फरक हो भनी भ्रामक विज्ञापन गरेको थियो । सो विरुद्ध समेत उन्नत लोकतन्त्र पार्टी (एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पत्रकार सम्मेलनमार्फत एमसीसी सम्झौतामा नै र नेपाल सरकारले गठन आदेश मार्फत ल्याएको एमसीए नेपालले नै एमसीसी कार्यान्वयन गर्ने भन्ने उल्लेख गरेको कारण एमसीएले जनतालाई झुक्याएको भनेर प्रतिवाद गरेको थियो ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...