Otv Nepal आइतबार, भाद्र २८ २०८३

हेर्दा हेर्दै चुर्लम्मै डुब्ने बाटोमा एनआईसी एसिया बैंक, लाखौँ बचतकर्ताको अरबौँ निक्षेप जोखिममा !

  • otv nepal

    बिहिबार, माघ २५ २०८०
  • नमच्चीने पिङको सय झड्का भने जस्तै बैँक पनि साथी पनि, हाम्रो पनि राम्रो पनि भनेर गुलिया नारा बेचिरहेको एनआईसी एसिया बैँक हेर्दौ हेर्दै चुर्लुम्मै डुब्ने बाटोमा अघि बढेको छ । दिनानुदिन ओरालो यात्रामा देखिएको उक्त बैँकको वित्तिय विवरणहरुले अत्यास लाग्दो अवस्था देखाएको छ ।

    त्यसो त सूरुवाती दिन देखिनै बढिनै कस्मेटिक पारा देखाएको नआईसी एसियालाई बैँकिक तथा वित्तिय क्षेत्रमा धैरैले झिल्के बैँकको रुपमा बुझ्दै र अर्थाउँदै आएका छन्। अनेकौँ कस्मेटिक पारा र झिल्के नारामा रमाउँदै आएको एन आइसी एसिया बैँक अहिले भने धमिराले खाएको काठ जस्तो बन्दै गएको छ ।

    धमिराले खाएको काठ बाहिरबाट हेर्दा सग्लो देखिए पनि भित्र भित्र खोक्रो भइसकेको हुन्छ ठिक अहिले एनआइसी एसिया बैँकको हालत पनि त्यस्तै भएको छ । पछिल्लो समय खराब कर्जा ९एनपीएल० मा एनआइसी एसिया बैँक चुर्लुम्म डुबेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको हो ।

    सर्वधारण जनताले खाइ नखाइ पसिनाको कमाइबाट भविश्यको सुरक्षाको लागी जम्मा गरेको बचतनै बैँकले लगानी गर्दछ । यसरी गरिएको लगानीनै खराब कर्जामा ह्वात्तै बढोत्तरी भए पछि लाखौँ निक्षेपकर्ताको अरबौँ बचतनै जोखिममा पर्ने त होइन? भन्ने चिन्ता देखिएको छ । पछिल्लो समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जाको दर ०.६१ प्रतिशतबाट एकैपटक बढेर १.१९ प्रतिशत पुगेको हो ।

    वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । तर सोमध्ये ३ अर्ब ४८ करोड रुपैयाँमाथिको लगानी खराब कर्जामा रूपान्तरण भएको छ । फलतः बैंकको खुद नाफासँगै यता वितरणयोग्य नाफा समेत प्रभावित बन्न पुगेको छ ।

    अघिल्लो वर्ष पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष कमजोर पर्फमेन्स प्रदर्शन गर्दै ४१.८४ प्रतिशतले नाफा गुमाउँदै जम्मा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्र कमाएको छ ।

    उसो त बैंक खराब कर्जामा चुर्लुम्म डुब्दै गर्दा यता एनआईसी एसिया बैंकले ऋण असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा हालेको छ । चालु आर्थिक वर्षको साउनयता ८३ ऋणीबाट कूल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित बैंकले ऋण असुली न्यायाधिकरणमा मुद्दा हालेको हो । यो अन्य वाणिज्य बैंकहरुको तुलनामा उच्च हो ।आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९३ अर्ब बढी ऋण लगानी गरेको बैंकले ऋण उठाउन नसकेर ऋण असुली न्यायाधिकरणको सरणमा जानु आफैमा जोखिमपूर्ण अवस्था हो ।

    त्यसो त हाल बैंकसँग ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ माथिको नन् बैंकिङ्ग एसेटस् (धितो) रहेको छ । पटकपटक लिलामीमा जाँदा समेत जिन्सी धितो लिलामी गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथि लोन लस्ट प्रोभिजन गर्न बाध्य भएको छ ।

    अर्को तिर भने जो होचो उसको मुखमा घोचो गर्न पनि एनआइसी एसियालेछोडेको छैन । ठूला भनिएकाहरुसँग खराब कर्जा उठाउन सार्थक पहल गर्न नसकेपनि निमुखाको भने घर जग्गा लिलाम गरेर उठिबास लगाउन भने छोडेको छैन । एनआइसी एसियाले उठिबास लगाएकाहरुको संख्या पनि धेरै भइसकेको छ । अहिले घरको न घाटको भने जस्तो अवस्थामा कपितय मानिसहरु एनआइसी एसियाकै कारण मर्नु र बहुलाउनु जस्तो अवस्थामा पुगेको बताइन्छ ।

    यता खराब कर्जामा चुर्लुम्म डुबेको एनआइसी एसिया बैंकको अर्को बदमासी पनि बाहिर आएको छ । राष्ट्रबैँकको निर्देशिका विपरित आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि राष्ट्र बैंकले त्यसको अनुसन्धान गर्ने भएको छ।

    गत असारमा बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रूपैयाँ लगानी गरेको आफ्नो रिपोर्टमा देखाएको थियो। तर पुसमा बैंकले सार्वजनिक गरेको यही रिपोर्टमा भने यस्तो कर्जा ७९ अर्बले वृद्धि भएर एक खर्ब ३३ अर्ब रूपैयाँ पुगेको थियो।

    बैंकहरूले यस्तो कर्जाका लागि अन्य कर्जामा भन्दा कम जोखिम भार राख्न सक्ने भएकाले पनि यस्तो चलाखी गरिएको आशंकामा राष्ट्र बैंकले अध्ययन गर्न लागेको हो।बैंकहरूले कुन शीर्षकमा गएको कर्जाको जोखिमको आधारमा कति रकम प्रावधानमा राखेका छन् भनेर रिपोर्टमा देखाइएको हुन्छ। एनआइसी एसिया बैंकको रिपोर्टमा आवासीय कर्जामा असारमा भन्दा उच्च दरले वृद्धि भएको देखिएको हो।राष्ट्र बैंकले कस्तो कर्जामा कति रकम प्रावधानमा राख्ने भनेर तोकिदिएको हुन्छ। यस्तो प्रावधान अनुसार कर्जा रकमको एक सय ५० प्रतिशतसम्म जोखिम भार मानेर रकम राख्नुपर्छ।

    हाल आवासीय घर कर्जाको जोखिम भार ६० प्रतिशत, व्यावसायिक घरजग्गा कर्जाका लागि एक सय २५ प्रतिशत, ५० लाख रूपैयाँ माथिको सेयर कर्जामा एक सय २५ प्रतिशत मानेर त्यसै अनुसार प्रावधानमा रकम राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

    लगातार एक पछि अर्को अपरादर्शिताको श्रृंखला मच्चाएको एनआएसी एसिया बैँकको बमदासीका कथाहरु लिएर थुप्रै पीडितहरु हाम्रो कार्यालयसम्म धाइरहनु भएको छ । ती बदमासीका पोकाहरु माथी ओटिभी नेपाल डटकम निरन्तर निगरानी गरिरहने छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend