Otv Nepal सोमबार, भाद्र २९ २०८३

एक हप्तामै यसरी तोडियो भिम रावल र लेखराज भट्टको घमण्ड !

  • otv nepal

    बिहिबार, भाद्र १७ २०७८
  • भिम रावल जता उभिन्छन् सिंगो सुदुरपश्चिमको एमाले त्यहि उभिन्छ भन्ने घमण्ड पालेर बसेका एमाले उपाध्यक्ष भिम रावलको घमण्ड एक हप्ता नपुग्दै चक्नाचुर भएको छ । भिम रावलको मात्रै होइन लेखराज भट्टको पनि घमण्ड तोडिएको छ ।

    भिम रावल माधव नेपालको साथमा कट्टर बनेर लागे पछि उनको काउण्टरमा एमाले अध्यक्ष केपी ओलीले माओवादी बाट एमाले बनेका लेखराज भट्टलाई अगाडी बढाएका थिए । ओलीलाई लागेको थियो सुदुरपश्चिममा भिम रावलको ठूलो पक्कड छ जसरी भए पनि त्यो तान्नु पर्छ ।

    तर अहिले परिस्थीती फेरिएको छ , भिम रावल र लेखराज भट्ट दुवैजना ओलीका प्यारा छन् तर सुदुरपश्चिममा उनीहरुको पकड छैन । भिम रावल र लेखराज भट्ट एकै साथ भए पछि पूर्वानुमान अनुसार सिंगो सुदुरश्चिम एमाले एक ठाउँमा उभिनु पर्ने हो तर यति खेर हिसाबले फेल खाएको छ ।

    कुनै समय आ-आफ्नो दलभित्र सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा एकछत्र राज गर्ने नेतामध्ये थिए( डा।भीम रावल र लेखराज भट्ट। तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने दुवै नेता कमजोर बन्दै गएका छन्।

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा हुने सर्वोच्च अदालतको फैसलापछि माओवादी छाडेर एमाले रोजेका भट्टसँग प्रदेश सभामा एक सांसद मात्रै देखिए। कर्णाली प्रदेशका तत्कालीन अर्थमन्त्री झपट बोहरा उनको साथमा थिए।

    लेखराजकै पछि लागेका कारण बोहराले मन्त्री र सांसद दुवै पदबाट हात धुनुपर्‍यो। भट्ट एमालेमा जाँदा केही नेता, कार्यकर्ता पनि सँगै गए। अहिले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाबाहेक उनीसँग कार्यकर्ताको साथ शून्य छ।

    पार्टी छोडेर अर्को दल रोजेका भट्ट जस्तै गुट फेरेका भीम रावल पनि सुदूरपश्चिममा आफ्नै विश्वास पात्रको साथ गुमाउँदै गएका छन्। रावल सुदूरपश्चिम संयोजक रहेको समयमा अछाममा पार्टी अध्यक्ष रहेका शेरबहादुर कुँवरले नै साथ छोडेका छन्।

    राष्ट्रिय सभा सदस्य रहेका कुँवर माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० को पक्षमा लागेका छन्। कुँवर सुदूरपश्चिमको राजनीतिमा प्रभाव राख्ने नेताका रूपमा परिचित छन्। २०६४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित तीन सांसदमध्ये एक उनी हुन्।

    कुँवरपछि सुदूरपश्चिमको राजनीतिमा प्रभाव राख्ने नेताका रूपमा परिचित तथा रावलका विश्वासपात्र दीर्घ सोडारीले पनि साथ छाडेका छन्। सोडारीले नवगठित एकीकृत समाजवादी रोज्न कार्यकर्तालाई आग्रह गर्न थालेका छन्। सुदूरपश्चिमका जनप्रतिनिधिलाई एकीकृत समाजवादीको पक्षमा सनाखत गराउने सबैभन्दा सक्रिय भूमिकामा उनी नै छन्।

    ‘सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल हाम्रो नै हुन्छ अब’, सोडारीले भने, ‘१० जना साथीहरूले सनाखत गरिसक्नु भयो। अन्यसँग छलफल जारी छ। ३र४ जना सांसदले भोलि सनाखत गर्ने तयारी गरिरहेका छन्। अन्य सांसदसँग पनि छलफल जारी रहेकोले हामीलाई ढिलाइ भएको हो, हामी भोलि गर्छौँ।’

    यस अघिसम्म आफू भीम रावलको खल्तीको नेता हुँ भन्दै आएकी कर्णाली प्रदेशका पूर्व उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले पनि साथ छाडेकी छिन्। भट्टले मंगलबार सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयमा पुगेर माधव नेपाल नेतृत्वको नयाँ दलका पक्षमा सनाखत गरिसकेकी छन्।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापको चर्को आलोचना गर्दै आएका रावलले १० बुँदे कार्यान्वयनमा लचक बनेपछि माधव नेपालको साथ छोड्दा अधिकांश प्रदेशका नेताहरूले उनलाई छोडेका हुन्।

    ‘उहाँले आफूलाई आदर्श नेता र राष्ट्रियताका सवालमा निकै चम्किलो देख्नुहुन्छ’, अहिले समाजवादी दल रोजेका एक सांसदले भने, ‘तर, अन्ततः उहाँले नै खोक्रो राष्ट्रवादी बनाएका ओलीसँग नै टाँसिन जानुभयो। त्यसैले आफ्नो अडानमा बस्न नसक्ने उहाँ जस्ता नेतासँग जानुभन्दा इमानमा बस्न ठिक हो भनेर अहिले धेरैले उहाँलाई बुझेका हुन्।’

    सुदूरपश्चिममा एमालेका २५ सांसदमध्ये नेपाल गुटमा हुँदा १७ जना भीम रावलसँगै थिए। एमालेको प्रदेश संसदीय दलको बैठकमै बसेर भीम रावलले ओलीले तत्कालीन गठबन्धनबाट पछि हट्न जारी गरेको निर्देशन नमान्न १७ जनालाई ह्विप लगाउने निर्णय समेत गराएका थिए। तर, अहिले उनी माधव गुट छोडेर एमालेमै रहेपछि उनीसँग २ जना सांसद मात्रै गएका छन्।

    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र अछामबाट प्रतिनिधित्व गर्ने रावलकै नाता पर्ने प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवर छन्। पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कित्ता स्पष्ट बनाउन सकेका छैनन्।

    सुदूरपश्चिममा मंगलबार १० जना सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व मन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद तथा सांसदहरु दुर्गाकुमारी कामी, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गरेका छन्।

    थप तीन जना यो दलको पक्षमा सनाखत गर्ने निश्चित जस्तै छ। तर एकीकृत समाजवादीका नेताहरु भने ४ जना पुग्ने दाबी गर्दै आएका छन्। तीनको ठाउँमा ४ जना पुर्‍याउन सके सुदूरपश्चिममा ठूलो दल नेपाल नेतृत्वको एकीकृत समाजवादी बन्ने छ। साथै वर्तमान गठबन्धनको सरकार कायमै रहने छ।

    योभन्दा अघिसम्म माओवादीमा लेखराज र एमालेमा रावलको प्रभाव रहेको सुदूरपश्चिममा अब भने उनीहरू कमजोर देखिएका छन्। अहिले दुवै जना एमालेमै छन्। तर, प्रदेशमा उनीहरूको पक्षमा बढीमा ११ जना सांसद मात्रै पुग्ने अवस्था बनेको छ। त्यो ११ जनामा पनि ७ जना यसअघि ओली पक्षमै रहेका सांसद हुन्।

    लेखराजको पक्षमा प्रदेश सभामा एक जना पनि सांसद छैनन्। रावलको पक्षमा बढीमा ४ जना पुग्ने देखिएको छ। त्यसमा पनि २ जनाको टुङ्गो लाग्न बाँकी छ।

    सुदूरपश्चिममा एमालेका २५ सांसदमध्ये १३ माधव नेतृत्वको दलमा खुलेका छन्। अन्य दलहरूमा माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादीका २ सांसद छन्।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend