Otv Nepal बिहिबार, साउन १४ २०८३

एम. सि. सि पास गराउन ओलिको बार्गेनिङ सुरु , एमसीसी पारितका लागि देउवासंग राखे यि २ सर्त !

  • otv nepal

    आइतबार, भाद्र २७ २०७८
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पास गराउनका लागि राजनीतिक बार्गेनिङ सुरु गरेको खुलासा भएको छ । अध्यक्ष ओलीले एमसीसीको मुद्धाले सरकारी गठबन्धनमा असमझदारी बढेपछि राजनीतिक बार्गेनिङ सुरु गरेका हुन ।

    सत्ता गठबन्धनमा रहेको नेकपा माओबादी र नेकपा एकीकृत समाजबादी पार्टी एमसीसीकै कारण अकर्मण्यतामा पुगेपछि एमाले अध्यक्ष ओलीको बार्गेनिङ पावर ह्वात्तै बढेको छ । गठबन्धनका शीर्षस्थ नेता प्रचण्ड र माधब नेपाल यस मुद्धामा अनिर्णयको बन्दी बनेका छन् ।

    यसले सत्ताको नेत्तृत्व सम्हालेको नेपाली काँगे्रस र त्यसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निकै अप्ठ्यारो महसुस गरेका छन् । प्रधानमन्त्री देउवाको यो अबस्थालाई हेरेर राजनीतिका चाणक्यजस्ता एमाले अध्यक्ष ओलीले सौदाबाजी सुरु गरेका हुन ।

    अध्यक्ष ओलीले एमसीसी पास गराउने हो भने अहिले तत्काल दुई ओटा शर्त पुरा गर्नुपर्ने ओलीको प्रस्ताब रहेको उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार पहिलो शर्तमा १ नम्बर प्रदेश र बागमती प्रदेशको सरकार कायम राख्नुपर्ने र दोस्रो शर्त माधब नेपालको नेत्तृत्वमा बनेको पार्टी नेकपा एकीकृत समाजबादी खारेजीमा सहयोग पु¥याउनु पर्ने छ ।

    यि दुबै शर्तलाई प्रस्ताबको रुपमा ओलीले प्रधानमन्त्रीसमक्ष पठाइसकेका छन् । यो प्रस्ताबप्रति प्रधानमन्त्री देउवाले गम्भीररुपले बिचार गरिरहेको बताइएको छ । ‘अहिले देउवा र ओलीले एक–अर्कालाई हेरिरहेका छन् । देउवाले चाहदा ओलीका दुबै प्रस्ताब पुरा हुन सक्छन भने ओलीले चाहदा एमसीसी पनि सजिलै पारित हुन सक्छ ।’

    देउवासमक्ष ओलीको यस्तो प्रस्ताब पुगेपछि एमसीसी प्रतिनिधिलाई पहिले ओलीसँग भेट गराउने तारतम्यता प्रधानमन्त्री देउवाले नै मिलाएको स्रोतको दाबी छ । ओलीको प्रस्ताबले एमसीसीका बारेमा एमाले र उनी सकारात्मक नै रहेको प्रधानमन्त्री देउवाको बुझाई छ ।

    राजनीतिक सौदाबाजीलाई देउवाले सामान्य नै लिएका छन् । ‘देशको पहिलो राजनीतिक शक्तिले राजनीतिमा यस्तो गर्नुलाई देउवाले सकारात्मकरुपबाट हेर्नु भएको छ ।’ देउवानिकट नेता भन्छन् ‘कही न कही ओली र एमालेलाई सम्बोधन गर्नुपर्छ भन्ने मानसिकतामा उहाँ पुग्नु हुदैछ ।

    ’ तर पहिले दबाब सिर्जना गरेरै एमालेलाई पनि एमसीसीको पक्षमा ल्याउने देउवाको रणनीति छ । त्यसैले प्रधानमन्त्री देउवाले बिदेशी कुटनीतिक दबाब सिर्जना गर्न एमसीसी प्रतिनिधिलाई पहिले ओली निबासमा भेट गराउने योजना बनाएका हुन । उता ओली पनि देउवालाई ब्यापक दबाब दिएर एमालेसँग सम्झौता गराउन बाध्य पार्ने रणनीतिमा छन् ।

    यसका लागि संसद चल्न नदिने, एमसीसीलाई अप्ठ्यारो पार्ने र बिभिन्न बहानामा सडक प्रदर्शन गराएर देउवालाई सम्झौताका लागि तयार पार्ने उनको नीति देखिन्छ । यस्तो बेला सत्तागठबन्धनमा रहेका प्रचण्ड र माधब नेपालको अकर्मन्यता ओलीका लागि ठूलो अबसर बन्न सक्ने देखिएको छ ।

    प्रधानमन्त्री देउवाले एमसीसी पास गराउने कार्यलाई आफ्नो राजनीतिक प्रतिष्ठाको बिषय बनाएकाले उनी पनि ओलीसँग छलफलको मनस्थितिमा पुगेका छन् । ओलीले चाहेमा दुई तिहाईभन्दा बढी मतले एमसीसी पास हुने र यसको अपजस काँगे्रसले मात्र लिनु नपर्ने हुनाले प्रधानमन्त्री देउवाको नजर ओलीतिर जान थालेको छ । ‘सत्ता साझेदारमा रहेका नेताहरु प्रचण्ड र माधब नेपालप्रति यही मुद्धाले प्रधानमन्त्रीको दुरी बढ्न सक्ने देखियो ।’

    काँग्रेस नेता डा। नारायण खड्काले भने ‘यसले स्वभाबिकरुपमा प्रमुख प्रतिपक्षसँग सरकारले नयाँ शिराबाट सम्बन्ध बिस्तारको माग गरेको छ ।’ नेता खड्काले एमसीसीबारे काल्पनिक आशंकामा प्रचण्ड र माधब नेपाल हिडेको समेत आरोप लगाए ।

    ‘सरकार र एमसीसीले धेरै अस्पष्टतालाई हटाएको छ । यो परियोजना नेपालको संबिधान, कानुन मातहात नै सन्चालन हुने प्रष्ट पारिसक्दा पनि सत्ता गठबन्धन दलबाट थप अड्को थाप्न हुदैन ।’ उनी भन्छन् । नेपालको आर्थिक समृद्धिमा ‘गेम चेन्जर’ को भूमिका खेल्न सक्ने परियोजनाप्रति नकारात्मक बन्दा त्यसले मुलुकको बिकास र हितमा पार्न सक्ने दीर्घकालीन परिणामलाई दृष्टिगत गरेर सत्ता गठबन्धन अघि बढ्नुपर्ने उनको भनाई छ ।

    एमसीसीले काँगे्रस, नेकपा माओबादी र नेकपा समाजबादी दलका नेताबिच दुरी बढ्न थालेपछि एमाले अध्यक्ष ओली यसलाई अबसरमा परिणत गर्न कम्मर कसेर लाग्न थालेका छन् । एमाले अध्यक्ष ओलीले एमसीसीकै कारण गठबन्धनबिच तिक्तता आउने बुझेरै देउवा सरकार गठन भएको केही दिनमै सदनमा बोल्दै एमसीसीबारे प्रश्न उठाएका थिए ।

    अध्यक्ष ओलीको चाहना तत्कालै एमसीसी संसदमा टेबल होस भन्ने थियो । उनको यो चाहना सरकारले सम्बोधन पनि गरिदियो ।

    प्रधानमन्त्री देउवाले मन्त्री परिषद बिस्तारलाई भन्दा एमसीसी पास गर्नलाई पहिलो प्राथमिकतामा राखे । प्रधानमन्त्री देउवा यही एमसीसी पास गरेर अमेरिकालगायत पश्चिमा शक्तिहरुको बिस्वासिलो पात्र बन्न चाहिरहेको देखिन्छ । पश्चिमा शक्तिको साथ र समर्थन रहेसम्म सत्ता संकट नहुने उनको बुझाई देखिन्छ ।

    ‘एमसीसी पारित गराएर प्रमुख बिदेशी दात्तृराष्ट्र राष्ट्रहरुको मन जित्न सकिएमा बैदेशिक लगानी ह्वात्तै बढाउन सकिने प्रधानमन्त्रीको विश्वास देखिन्छ ।’ अर्थराजनीतिक बिश्लेषक प्रकाश दुलाल भन्छन् ‘बास्तबमा यो बुझाई सही पनि हो । अनुदानमा दिएको रकम तथ्यहीन र कपोलकल्पित आक्षेप लगाउँदै अस्वीकार गर्ने, अनि हाम्रो बिकासका लागि पैसा देऊ भन्दा कसैले विश्वास गर्दैन ।’

    एमसीसीका बारेमा नेपालका कम्युनिष्ट पार्टीहरु र तिनका नेताहरुले गरेको अनर्गल प्रचारले उनीहरु कतिसम्म झुट र बेइमानी रहेछन् भन्ने देखाएको उनको भनाई छ । ‘अहिलेसम्म संसारका ५० ओटा देशहरुले एमसीसी अनुदानको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    यिमध्ये ४२ ओटा देशहरुले त योजना नै सम्पन्न गरिसकेका छन् ।’ उनी भन्छन् ‘ती कुनै पनि मुलुकमा न अमेरिका सेना बसेको छ, न उपनिबेश कायम गरेको छ । यसले के देखाउँछ भने कम्युनिष्ट पार्टी र तिनका नेताहरु तथ्यमा नभएर कसैको इशारामा यस्तो प्रोपोगाण्डा मच्चाइरहेका छन् ।’

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend