कहि समय अगाडी प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघठन गरेर छिट्टै नै निर्वाचनमा जान लागेको सुचना चुहाएका पूर्व मन्त्री हृदयेश त्रिपाठीले फेरी अर्को गहिरो कुरा खुलासा गरेका छन् ।
त्रिपाठीको नयाँ खुलासाले सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल नमज्जा सँग झस्किएका छन् । यदि त्रिपाठीले भने जस्तै भयो भने देशमा ठूलो उथलपुथल हुने देखीन्छ ।
पूर्वमन्त्री हृदयेश त्रिपाठीले अब नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बन्न सक्ने राजनीतिक परिस्थिति बन्दै गएको बताएका छन् । राजनीतिक द्वन्द्वले मुलुक ठूलो संवैधानिक दुर्घटनातिर जाने देखिएकाले दुई ठूला दल मिलेर जाने देखिएको उनको दाबी छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, ‘अहिलेको राजनीतिक घटनाक्रम हेर्दा मुलुकमा २०५५ को पुनरावृत्ति हुने देखिएको छ । त्यतिखेर एमाले र माले विभाजन हुँदा कांग्रेस र मालेको सरकार थियो । त्यसपछि कांग्रेस र एमालेको सरकार बनेर चुनावमा जाने परिस्थिति बन्यो । अहिले शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ ।
तर देउवाले सहयोगी दलहरुको पूरा साथ पाइरहनु भएको छैन । वैचारिक रुपमा पनि र तात्कालिक उद्देश्यका लागि पनि । जस्तोः एमसीसीकै विषयमा पनि गठबन्धन दलहरुबीच दरार आएको छ । यस्तै हुने हो भने एमाले र कांग्रेसको सरकार बनाएर चुनावमा जाने स्थिति बन्न सक्छ । यो खिचडीका पछाडि अल्कपनीय परिघटना हुन सक्छ ।’
नेता त्रिपाठीले प्रधानमन्त्री देउवाको प्रचण्ड र माधवसँगको सम्बन्ध लामो समय नरहने संकेत गरे । उनले भने, ‘अहिले हेर्नुस्, गठबन्धन दलहरुको मनस्थिति गएगुज्रेको छ । मन्त्रीको नाम दियो, पार्टी फुट्छ । सांसदहरुलाई मन्त्री दिने भनेर तानेका छन् । कांग्रेस महाधिवेशनसम्म मात्र चुनावमा नजान खोजेको हो । ऊ लामो समय सरकार चलाउन चाहँदैन । लामो समय सरकार चलाए अलोकप्रिय होइन्छ भन्ने उसलाई थाहा छ । हामीले भौगोलिक पुनसंरचना गर्यौं, राज्यको पुनःसंरचना गर्न सकेनौं । त्यसले जो सरकारमा भए पनि अलोकप्रिय हुन्छ । तर देउवा चुनावमा जान चाहँदा प्रचण्ड, माधव नेपालहरु त्यसमा सहमत हुँदैनन् । त्यसैले अहिलेको समीकरण बदलिन सक्छ ।’
नेता त्रिपाठीले देशको राजनीति यसरी नै लिकबाहिर जाने हो भने ठूलो संवैधानिक दुर्घटना हुन सक्न सक्ने पनि औंल्याए । उनले भने, ‘अहिले राजनीतिक दलहरुबीच तिक्तता र विभाजन अनि एकले अर्कोलाई स्वीकार नगर्ने असहिष्णु र प्रतिशोधको राजनीतिले संविधानमा असर गर्छ । चुनावपछि सुरु भएको यस्तो तिक्तताले पार्टीहरु विभाजन भए । संसद् चल्न नसक्ने स्थिति बन्यो । संविधान निर्माता पार्टीहरु नै संविधानको व्यवस्थाभन्दा पृथक दृष्टिकोण राख्छन् । माओवादी प्रत्यक्ष राष्ट्रपति भन्छ, एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्छ ।
अनुहार फोहोर छ, ऐना पुछेर हुँदैन । अब मूल प्रणालीमै प्रश्न आयो । मैले तपाईंसँग प्राइम टेलिभिजनमा धेरै पहिले भने नेकपा विभाजन भयो भने संविधानमा समस्या आउन सक्छ भनेको थिएँ । देश त्यतैतिर गइरहेको छ ।’
उनले एमसीसीमा दलहरुले दोहोरो मापदण्ड अपनाएको बताए । उनले थपे, ‘सत्तामा हुँदा सबैले एमसीसीलाई अघि बढाएका हुन । यो विकास अनुदान हो । हामीलाई थाहा छ, तत्कालीन नेकपा एमालेले गरेको गल्तीका कारण अरुण तेस्रोबाट वञ्चित भयौं । यो अनमोदनको विषय थियो कि थिएन भन्दा पनि तत्कालीन अर्थमन्त्रीको मूर्खतापूर्ण कामका कारण संसद्मा आयो । अहिले नेताहरुको विश्वसनीयतामा प्रश्न उठेको छ । एमसीसी अनुमोदन नगर्दा अरुलाई होइन, नेपाललाई घाटा हुन्छ । सम्झौता गर्नुभन्दा अगाडि १० पटकमा सोच्नुपर्थ्र्यो । सम्झौता गरेपछि अनुमोदन गर्नुको विकल्प छैन ।’
नेता त्रिपाठीले भारतसँगको सम्बन्धमा त्यति धेरै उतारचढाव पनि नआएको र धेरै सुदृढ पनि नभएको विश्लेषण गरे । चीनसँग सम्बन्धलाई अनावश्यक उछालिएको उनले बताए । उनले थपे, ‘नेपालका दलहरुको दुःखद पक्ष के हो भने सीमा विवाद र अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक विषयवस्तु बनाउँछन् । अरु देशमा दलहरुले अन्तर्राष्ट्रिय सम्बन्धमा एउटै धारणा राख्छन् । नेपालमा त्यस्ता धारणा पहिले पनि भएन, अहिले पनि भएको छैन । दलहरुले मौसमी नारा चलाउनु विडम्बना हो । हरेक मौसमले सदैव उत्तिकै साथ दिन सक्दैन ।’
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...