प्रधानन्यायाधीश चोलेन्द्र जबराले कुनै पनि गतिलो निर्णय लिन नसकेको आरोप लागिरहेको बेला जबराले जनताका पक्षमा बोल्ड कदम चालेका छन् । उनको कदमले अदालतको आस्था बढाएको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्तिको विषयमा सर्वोच्च अदालतमा गत पुस महिनादेखि नै रिट दर्ता भयो । सुरुमा अधिवक्ताद्वय दिनेश त्रिपाठी र ओमप्रकाश अर्यालले सर्वोच्च रिट हाले । त्यसपछि अन्य अधिवक्ताहरु पनि रिट बोकेर सर्वोच्च अदालत पुगे ।
संवैधानिक परिषद् ९कार्यसञ्चालन० सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक परिषदमा रहने सदस्य सङ्ख्या घटाउने मात्रै नभएर सर्वसम्मतिको निर्णयको कानुनी व्यवस्थालाई हटाएर बहुमतका आधारमा निर्णय गर्ने व्यवस्था गरिएको थियो । र, त्यही अध्यादेशका आधारमा दुईपटकमा ५२ जनालाई संवैधानिक नियुक्ति गरिएको थियो ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिका सम्बन्धमा परेको रिट ९ महिनापछि बल्ल पेसीमा चढेर संवैधानिक इजलासमा पुग्यो । अनि संवैधानिक परिषदको सदस्यसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने लामो विवादपछि अन्ततः प्रधानन्यायाधीशले आफैं इजलासमा नबस्ने घोषणा गरे ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेशका सम्बन्धमा परेको रिटमाथिको सुनुवाइका लागि पेसी तोक्ने र फैसला हुने दिन आफू विदामा बस्ने निर्णय प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा सुनाए । भदौ ११ गते प्रधानन्यायाधीशले त्यो निर्णय गरेपछि उक्त मुद्दाको पेसी भदौ १८ गतेका लागि तोकियो ।
तर, भदौ १६ गते अदालतमा नाटकीयरुपमा अर्को एउटा रिट दर्ता भयो । संविधानले प्रधानन्यायाधीशबिना संवैधानिक इजलासको गठनबारे कल्पना नगरेको भन्दै अधिवक्ता डा। गणेश रेग्मीले सर्वोच्चमा रिट हाले ।
रेग्मीको रिटलाई भोलिपल्टै, अर्थात भदौ १७ गते नै न्यायाधीश हरि फुयाँलको एकल इजलासमा पेसी तोकियो । न्यायाधीश फुयाँलको एकल इजलासले रेग्मीको मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन गर्ने व्यवस्था नगर्न अन्तरिम आदेश जारी गर्यो ।
यसरी भदौ १८ गतेका लागि तोकिएको संवैधानिक इजलासको पेसी अघिल्लो दिन अर्थात् भदौ १७ गते एकल बेञ्चले रोकिदियो । एक न्यायाधीशको इजलासले ५ जना न्यायाधीश रहने संवैधानिक इजलास गठनमै रोक लगाएपछि संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाई अहिलेसम्म स्थगित हुन पुगेको छ । र, संवैधानिक इजलास पनि यतिबेला संसद बैठकजस्तै अवरुद्ध हुन पुगेको छ ।
न्यायाधीश फुयाँलको अन्तरिम आदेशलाई लिएर विभिन्न टीकाटिप्पणी भए । सो रिटमा मुद्दामा फुयाँलको स्वार्थ बाझिएको र सोहीअनुसार अन्तरिम आदेश आएको भन्दै बारका तर्फबाट सो आदेशको चर्को विरोध भयो । रिट निवेदकमध्येका एक अधिवक्ता दिनेश त्रिपाठीले भ्याकेट निवेदन बोकेर नै गए । तर, सर्वोच्चले उक्त निवेदन दरपीठ गरी पठाइदियो ।
फुयाँलको इजलासले दिएको अन्तरिम आदेशसँगै संवैधानिक नियुक्ति लिएका माननीयहरुको संवैधानिक आयु त लम्बियो नै, तर उक्त आदेशले सर्वोच्च अदालतमा संवैधानिक इजलासकोमा काममै अवरोध ल्यायो र संवैधानिक इजलासमा हुने सुनुवाई रोकिने अवस्था आयो ।
हरि फुयाँलको अन्तरिम आदेशमा एमिकस क्युरीको मागसमेत गरिएको छ । जबकि एक न्यायाधीशको इजलास वा संयुक्त इजलासमा एमिकस क्युरी पठाउने कि नपठाउने भन्ने सम्बन्धमा नेपाल बार एसोसिएसनले बिहीबारसम्म निर्णय गरेको छैन । शुक्रबार बस्ने बारको कार्यसमिति बैठकले यस बारेमा निर्णय गर्दैछ ।
एक न्यायाधीशको इजलासले संवैधानिक इजलासको सुनुवाई नै रोक्ने आदेश आउनु र अदालतबाट एमिकस क्युरीकै माग भएपछि त्यहाँ एमिकस क्युरी पठाउने कि नपठाउने भन्ने विषय पनि नेपाल बार एसोसिएसनमा चर्चामा रह्यो ।
अदालतकै गरिमामा आँच आउन लागेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उच्चस्तरीय न्यायिक समन्वय समितिको बैठक बोलाउन आग्रह गर्यो ।
यो समस्या समाधानका लागि कसरी काम गर्न सकिन्छ भन्दै नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बारबाट १÷१ जना अध्यक्ष र नेपाल बार एसोसिएसनका दुईजना पूर्व अध्यक्ष रहने गरी ४ जना सहभागी समिति बन्यो । समितिमा सर्वोच्च अदालतबाट ४ जना न्यायाधीश तथा मुख्य रजिष्ट्रार र नेपाल सरकारका महान्यायाधिवक्तासमेत गरी १० जना सदस्य रहने निश्चित भयो ।
हुन त उच्चस्तरीय न्यायिक समन्वय समितिको यस्तो बैठक पहिले पनि भएकै थियो । २०७७ वैशाखमा रञ्जनप्रसाद कोइरालालाई थुनामुक्त गर्ने फैसला आएलगत्तै व्यापक विरोध भएपछि त्यहीबेला समितिको बैठक बसेर रञ्जन कोइरालाको सजायमा भएको कटौतीको सम्बन्धमा पुनरावलोकनको निस्सा दिने निर्णय भएको थियो । समितिको सोही निर्णयका आधारमा उक्त मुद्दामा पुनरावलोकनको निस्सा दिइएको थियो ।
समितिका २ बैठक, गल्ती सच्याउन प्रधानन्याधीश सहमतस्हरि फुयाँलको आदेशपछि अदालतप्रति बढेको अनास्था हटाउन र गतिरोध अन्त्य गर्नका लागि भन्दै पछिल्लो समय दुई पटक उच्च स्तरीय न्यायिक समन्वय समिति ९बेञ्च–बार वैठक० को बैठक बसेको नेपाल बार एसोसिएसनका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बताए ।
बैठकको मुख्य एजेण्डा नै अदालतको गतिरोध हटाउने र हरि फुयाँलको आदेशपछि अब संवैधानिक इजलासको गठनका सम्बन्धमा के कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल र केही सहमतिसमेत भएको बारका अध्यक्ष श्रेष्ठल बताए ।
बारका प्रतिनिधि र न्यायाधीशहरु सम्मिलित पहिलो चरणको छलफलमा बरिष्ठ अधिवक्ता हरिहर दाहाल र शम्भु थापा लगायतले फुँयालको इजलासले गरेको निर्णय गलत भएको बताउँदै त्यसलाई सच्याउन सुझाव दिएका थिए । बारका प्रतिनिधिहरुको एकै किसिमको सुझाव आएपछि प्रधानन्यायाधीशले त्यो एकल आदेश गलत नै थियो भन्ने आफूलाई महसुस भएको बताउँदै यसलाई सुल्झाउने उपाय सुझाउन आग्रह गरेका थिए । त्यस सन्दर्भमा बरिष्ठ अधिवक्ताहरुले न्यायिक प्रक्रियाबाट समस्याको समाधान गर्न बेञ्चलाई सुझाव दिएका थिए ।
न्यायिक प्रक्रियाबाट समस्या समाधान गर्ने दुईवटा तरिका रहेको कानूनविदहरु बताउँछन् । एक– फुँयालको एकल बेञ्चले मागेअनुसार रेग्मीको रिटमाथि संयुक्त इजलास बस्ने र त्यसले यो विषयलाई संवैधानिक इजलासमा पठाउने । र, दोस्रो– प्रधानन्यायधीशले सोझै प्रशासनिक आदेश गरेर यो रेग्मीको रिटलाई संवैधानिक इजलासमा पठाउने ।
संवैधानिक इजलाससम्बन्धी गतिरोध को समाधानबारे संवैधानिक कानूनका जानकार अधिवक्ता टीकाराम भट्टराई रातोपाटीसँग भन्छन्, ‘एकल इजलासले संवैधानिक इजलासको सुनुवाई प्रक्रिया नै अवरुद्ध गरेको छ । यो निर्णय सच्चिनुपर्छ र अवरुद्ध भएको संवैधानिक इजलासको प्रक्रिया अघि बढ्नुपर्छ । र, निर्णय सच्याउने भनेको न्यायिक प्रक्रियाबाटै हो, अरु उपाय छैन ।’
अब अदालतको गतिरोध हट्छ स् बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले समितिको वैठकपछि अब अदालतको गतिरोध हट्ने विश्वास बढेको बताएका छन् । न्यायाधीश हरि फुयाँलको एकल इजलासपछि उत्पन्न भएको गतिरोध अन्त्यका लागि महत्वपूर्ण छलफल र सुझाव दिइएको भन्दै अबको केही समयमै उक्त गतिरोध हट्ने श्रेष्ठको दाबी छ ।
श्रेष्ठले भने, ‘बेञ्च–बार बैठक त्यही विषयमा नै केन्द्रित थियो । अदालतको आस्था र गरिमा बचाइराख्नुपर्छ भन्नेमा बेञ्च र बार दुवैको स्वर एउटै आयो । अब गणेश रेग्मीको रिटमाथि लिखित जवाफ परेपछि अदालतको गतिरोध बिस्तारै हट्ने अवस्था आउनेछ ।’
लिखित जवाफले कसरी गतिरोध हटाउँछ भन्ने रातोपाटीको प्रश्नमा अध्यक्ष श्रेष्ठले लिखित जवाफ परेलगत्तै उक्त रिटको सुनवाईका लागि संवैधानिक इजलासमा पठाउने अनौपचारिक सहमति भएको बताए ।
श्रेष्ठले अगाडि भने, ‘बारका तर्फबाट ४ जना र महान्यायाधिवक्ताले उक्त मुद्दालाई संवैधानिक इजलासमै लगेर टुंग्याउनुपर्ने सुझाव दिएका छौँ । यसमा न्यायाधीशज्यूहरु पनि सहमत हुनुहुन्छ । हामीले त डिभिजन बेञ्चबाटै यो आदेशको निरन्तरता खारेज गरेर अगाडि बढ्नुपर्छ भन्ने सुझाव दिएका छौँ । तर, बैठकमा सहभागी न्यायाधीशज्यूहरुले संवैधानिक इजलासमा यही विषयमै बहस हुने भएकाले आफ्नो धारणा दिनुभएन । अब यो मुद्दा पनि संवैधानिक इजलासमै जाने करिब–करिब टुङ्गो लागेको छ ।’
फुयाँलको आदेश गलतस् बारका अध्यक्ष श्रेष्ठले फुयाँलको आदेशले अदालतमा न्यायिक गतिरोधको अवस्था आएको बताए । उनले भने, ‘फुयाँलजी व्यक्तिगतरुपमा मेरो मित्र पनि हुनुहुन्छ । तर, यो मुद्दामा मेरो व्यक्तिगत राय लिनुहुन्छ भने उहाँको आदेश गलत छ । यसले अदालतमा गतिरोध मात्रै ल्याउँछ । यसरी अन्तरिम आदेश दिनु हुँदैनथ्यो ।’
बार अध्यक्ष श्रेष्ठले कुरा गर्दै भने, ‘सम्माननीय नै रहनुभएको संवैधानिक इजलासले गरेको निर्णयमाथि एक न्यायाधीशको इजलासले रोक लगाउनु हुँदैनथ्यो । अब के कति कारणले किन यस्तो भयो, कुन उद्देश्यबाट भयो, त्यो अर्कै कुरा हो । तर, जे भयो, त्यो गलत भयो ।’
एमिकस क्युरीको विषय बेञ्च गठनमा भर पर्छस् न्यायाधीश हरि फुयाँलको इजलासले उक्त मुद्दामा अदालतको सहयोगी ९एमिकस क्युरी० मगाउने आदेश गरेको थियो । तर, बारका अध्यक्ष श्रेष्ठ भने एमिकस क्युरी पठाउने कि नपठाउने भन्ने निर्णय बारको शुक्रबार बस्ने कार्यसमिति बैठकले टुंग्याउने बताए । उनले भने ‘अब अदालतबाट एमिकस क्युरीको माग भएपछि के गर्ने भनेर हामी भोलि ९शुक्रबार० बारको कार्यसमिति बैठक बस्दैछौँ । त्यही वैठकले यसबारेमा निर्णय गर्छ ।’
तर, एमिकस क्युरी पठाउने कि नपठाउने भन्ने विषय बेञ्च गठन कसरी हुन्छ भन्नेमा पनि निर्भर हुने श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘संयुक्त इजलास गठन हुन्छ कि पूर्ण इजलास, वा संवैधानिक इजलास भन्ने कुराले यसको टुङ्गो लगाउँछ । एमिकस क्युरी माग भएको अवस्थामा अहिलेसम्म नपठाएको भन्ने मैले थाहा पाएको छैन ।’
श्रेष्ठ थप्छन्, ‘बार पनि अदालतको सहयोगी नै हो । अदालतले सहयोग मागेको अवस्थामा सहयोग नगर्ने भन्ने कुरा नै भएन । संवैधानिक इजलासले माग गर्दा एमिकस क्युरी पठाउँछौँ । तर, एक न्यायाधीशको इजलास वा संयुक्त इजलास वा पूर्ण इजलासमा के गर्ने भनेर हामी छलफल गर्दैछौँ । त्यसपछि मात्रै यसबारेमा हामी निर्णय लिन्छौँ । हामीलाई एमिकस क्युरी नपठाउन अनुरोध पनि भएको छ, त्यसकारण हामी छलफलबाट नै अगाडि बढ्छौँ ।’
‘बेञ्च–बार तित्तता छैन’स्नेपाल बार एसोसिएसनका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठ बेञ्च र बारमा अहिले कुनै तित्तता नरहेको बताउँछन् । बार पनि अदालतकै सहयोगी भएको कारण अहिले बेञ्च र बारबीच तित्तता नभई छलफल भइरहेको श्रेष्ठले बताए । उनले भने, ‘जतिबेला रञ्जन कोइरालाको सजायँ मिनाहाको कुरा थियो र न्यायाधीश नियुक्तिको विषय थियो, त्यतिबेला बेञ्च र बारबीच केही तित्तता थियो । तर, अहिले पनि कुनै तित्तता छैन ।’
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...