Otv Nepal मंगलबार, साउन १२ २०८३

संविधान निर्माणका ‘निर्णायक’ सात पात्र कोको हुन् ?

  • otv nepal

    आइतबार, असोज ३ २०७८
  • ७ दशक लामो राजनीतिक अभियानमा संविधानसभाबाट संविधान लेख्ने मुद्दाको नेतृत्व धेरै राजनीतिक दल र धेरै नेताहरूले लिए । यद्यपि ६ वर्षअघि आजैका दिन संविधान जारी हुँदाको बखत नेपाली राजनीतिका खास पात्रहरूले संविधान निर्माणका लागि खेलेको भूमिका योगदान स्मरणीय छ । यहाँ संविधान निर्माणको सफल नेतृत्व गरेका सात पात्रबारे चर्चा गरिएको छ ।

    १ डा.रामवरण यादव
    गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादव नेपालको संविधान जारी गर्ने व्यक्ति र प्रथम संरक्षकसमेत हुन् । सेरेमोनियल भूमिकामा भए पनि यादवकै हातबाट जारी भएको हुँदा उनी यो संविधानसँग अनवरत जोडिनेछन् ।

    डा। यादवले राजनीतिक दलहरूलाई सधै सहमति, सहकार्य र एकताका लागि प्रेरित गर्दै सन्तुलनकारी भूमिका निभाउने प्रयास गरे । संविधान निर्माण प्रक्रिया नै बहिष्कार गरेर असन्तुष्ट बनेका राजनीति दल र समुदायलाई पनि सहमतिमा ल्याउन उनले बारम्बार राजनीतिक दलहरूलाई सुझाएका थिए ।

    यादवको भूमिकाबाट त्यसबेला सबै पक्ष भने सन्तुष्ट भएनन् । उनले मधेसवादी दलहरूको पनि माग सम्वोधन गर्नका लागि तत्काल संविधान जारी गरिनहाल्ने अनौपचारिक अडान लिएपछि मुख्य दलहरूभित्र असन्तोष पैदा भएको थियो । यद्यपि दलहरूको दबाब र जनआकांक्षासमेत बुझेर उनी असोज ३ गते संविधान जारी गर्न तयार भए । संविधान डा। यादवले नेपालको संविधानको पुस्तकलाई शीरले ढोगेको तस्बिर ‘आइकनिक’बनेको छ ।

    अधिकतम सहमतिका लागि अन्तिमसम्म प्रयत्न गरेका तत्कालीन राष्ट्रपति यादव अहिले पनि संविधानको स्वीकार्यता बढाउनुपर्ने पक्षमा छन् । यदाकदा विवादमा परेपनि उनले गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिका रूपमा आफ्नो नाम लेखाए । संविधानसभाबाट जारी संविधानको विगत, वर्तमान र भविष्यसँग पूर्वराष्ट्रपति यादव सधैँ जोडिइरहनेछन् ।

    २ सुशील कोइराला
    नेपाली कांग्रेस पंक्तिले सुशील कोइरालालाई संविधान निर्माणको मुख्य पात्रका रूपमा प्रचारित गर्दै आएको छ । उनकै प्रधानमन्त्रीकालमा संविधान जारी भएको थियो ।

    दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बनेपछि संविधान निर्माण प्रक्रियाको राजनीतिक नेतृत्व गर्ने अभिभारा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाले पाए । प्रधानमन्त्रीका रूपमा सिंहदरबारसँगै संविधान निर्माणको अगुवाइ पनि कोइरालाले गरे ।

    पहिलो संविधानसभाको कार्यकालमा बनेका चारवटा कम्युनिष्ट सरकारबाट संविधान निर्माणले सार्थकता नपाएको पृष्ठभूमीमा कोइराला आफ्नै कार्यकालमा संविधान जारी गराउन चाहन्थे । सत्ता साझेदार नेकपा एमाले र प्रतिपक्षमा रहेको नेकपा माओवादी दुवैलाई समेटेर संविधान निर्माणको राजनीतिक अगुवाइ उनले गरेका थिए ।

    संविधान जारी गर्ने अन्तिम क्षणमा नेपालले चर्को भारतीय दबाबको सामना गर्नुपरेको थियो । तत्कालीन भारतीय विदेश सचिव एस जयशंकरले नेपाल आएर दलका नेताहरूलाई संविधान जारी नगर्न खुल्ला चेतावनी दिएका थिए । उक्त दवावको सामना गर्दै कोइरालाले घोषित मितिमा संविधान जारी गर्ने पक्षमा आफूलाई उभ्याए ।

    जनताका प्रतिनिधिले लेखेको संविधान जारी गराउन भूमिका खेलेका कोइरालाले संविधानप्रति असन्तुष्ट रहेका दलको माग पूरा गराउन संविधान संशोधनको पहल समेत गरे ।

    ३ सुवासचन्द्र नेम्वाङ
    नेपालको संविधान निर्माणका दौरान संविधानसभा अध्यक्षका रूपमा सुवासचन्द्र नेम्वाङले निर्वाह गरेको भूमिका स्मरणीय नै छ । राजनीतिक दलहरूबीच विवाद चुलिएका बेला सहमतिका लागि नेम्वाङले सक्रियता देखाएका थिए ।

    संविधानसभा अध्यक्षका रूपमा नियमितबाहेक संविधान निर्माण प्रक्रियाको राजनीतिक सहजीकरण पनि नेम्वाङले गरेका थिए । आ(आफ्नो विचार र वादअनुसार संविधानका धारा लेख्न उद्दत राजनीतिक दलबीच अधिकतम सहमति गराइ संविधान जारी गराउँदासम्म नेम्वाङले नेतृत्वदायी भूमिका खेलेका थिए ।

    ४ केपी शर्मा ओली
    पहिलो संविधानसभामा सदस्य नरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओली दोस्रो संविधानसभाको प्रारम्भदेखि नै संविधान निर्माणमा सक्रिय थिए । संविधान जारी हुनुअघि र भएपछि लिएको राजनीतिक अडानका लागि ओली स्मरणीय बनेका छन् ।

    त्यसबेला नेपाली कांग्रेससँग एमालेले सत्ता साझेदारी गरेको थियो । संविधान निर्माणपछि घोषणाका लागि विलम्व गराउन भएका देशी(विदेशी प्रयासलाई निस्तेज पार्न उनले तत्कालीन प्रधानमन्त्री र सभाध्यक्षलाई दरिलो साथ दिएका थिए । अन्तिम समयमा ओलीकै अडानले गर्दा संविधान जारी गर्न सम्भव भएको विश्वास एमाले पंक्तिमा छ ।

    नेकपा माओवादी, नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकसंगको सहमतिका आधारमा यथाशीघ्र संविधान जारी गराउन भूमिका खेलेका ओली संविधान जारी भएलगत्तै प्रधानमन्त्री भएका थिए । संविधानकै विषयमा असन्तुष्ट बनेर भारतले नेपालमाथि कडा नाकाबन्दी लगाएको थियो । सुशील कोइरालाको पालामा शुरू भएको नाकबन्दीकै बीच ओली प्रधानमन्त्रीको कुर्सीमा आए । भारतीय दवावसँग नझुकी ओलीले नाकाबन्दीको सामना गरेका थिए ।

    ५ पुष्पकमल दाहाल ‘प्रचण्ड’
    आफूलाई संविधानसभाको सूत्रधार भन्न रुचाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको निर्णायक घडीमा कठोर निर्णय लिएकै हुन् । कुनैबेला जनवादी संविधान बनाउन सशस्त्र संघर्षको नेतृत्व गरेका प्रचण्डले दोस्रो संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गराउन आफ्नै पार्टी विभाजनसम्मको तनाव खेपेका थिए ।

    प्रतिपक्षमा रहेर आन्दोलनको मोर्चा हाँकिरहेका प्रचण्ड २०७२ सालको भूकम्पलगत्तै संविधान निर्माणमा सहमति जुटाउन सक्रिय भएका थिए । संविधानमा परिवर्तनका एजेण्डा समावेश गराउन प्रचण्डको भूमिका उल्लेख्य रहेको मानिन्छ । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता संविधानका मुख्य अन्तरवस्तु नै प्रचण्डले नेतृत्व गरेको माओवादी आन्दोलनका प्रमुख एजेन्डा थिए ।

    6 डा बाबुराम भट्टराई
    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका तत्कालीन नेता डा। बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक संवाद समितिको कुशलतापूर्वक नेतृत्व गरे । संविधानका मूलभूत विषयमा दलहरूबीच भएका विवादहरूको निरुपण भट्टराई नेतृत्वको संवाद समितिले नै गरेका थियो । सो समितिमा संविधानसभामा रहेका सबै दलका शीर्ष नेताहरूको सहभागिता थियो ।

    संविधान निर्माणका लागि सहमति जुटाएका भट्टराईले संविधान जारी भएपछि भने आफ्नो राजनीतिक कोर्स नै फेरे । संविधानसभाबाट संविधान जारी गराउने उद्देश्य पूरा भएपनि सीमान्तकृतलाई अधिकार दिलाउने र राष्ट्रलाई समृद्ध बनाउने एजेण्डा बाँकी नै रहेको भन्दै उनले रुपान्तरित संसदबाट राजीनामा दिएर वैकल्पिक राजनीतिको अभ्यास थाले । माओवादीभित्रको ‘जडसूत्रवादी’ विचारलाई ‘लोकतान्त्रिक’ धारमा रुपान्तरण गर्न बाबुरामले भूमिका खेलेको विश्लेषण गरिन्छ ।

    ७ कृष्णप्रसाद सिटौला
    शुरूआतदेखि नै शान्तिप्रक्रिया सफल पार्न सक्रिय नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला संविधान मस्यौदा समितिका सभापति थिए । संविधानसभाका समितिले टुंग्याएका विषयको मस्यौदा लेखनको अगुवाइ गर्नु सामान्य काम थिएन ।

    दलहरूबीच शब्द वा कमाका विषयमा पनि विवाद हुने त्यस कालखण्डमा समन्वयकारी भूमिका खेलेर सिटौलाले संविधान मस्यौदाको काम टुंग्याएका थिए । दलहरूबीच संवाद र सहमति कायम गरी संविधान जारी गराउन तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको विश्वासपात्र र सहयोगीका रूपमा पनि सिटौलाले भूमिका निर्वाह गरे ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend