नेकपा एमालेले कार्यकर्तालाई उत्साहित पार्ने खबर दिएको छ । नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ।
विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने, व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ। ‘अध्यक्षसहित सबै पदाधिकारी र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने र निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने’, विधान मस्यौदामा उल्लेख छ।
विधानमै प्यानल बनाउन बन्देज लगाउन गरिएको प्रस्ताव विधान महाधिवेशनबाट अनुमोदन भएपछि एमालेमा अब संगठित रुपमा गुटबन्दी नहुने दाबी नेताहरूको छ।
नवौं महाधिवेशनमा नेतृत्वका लागि केपी शर्मा ओली र माधव नेपालले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लडेका थिए। नवौैं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर निर्वाचनमा गएका कारण पार्टीभित्र समस्या उत्पन्न भएको र त्यसैका कारण विभाजनसम्म पुगेको भन्दै अहिले विधानमै प्यानल बनाउन बन्देज लगाउने प्रस्ताव गरिएको हो।
नवौं महाधिवेशनपछि एमालेमा दुई लाइन संघर्ष सुरु भएको थियो। त्यसैकारण देशव्यापीरुपमा पार्टी दुई धारमा विभाजित भएको थियो। नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि उनले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेपाल र उनको समूहलाई पेलेर पार्टीभित्र काम गर्ने वातावरण नदिएको आरोप लागेको थियो।
त्यतिमात्र होइन, एमालेभित्र ओली समूह र नेपाल समूह स्पष्ट रुपमा देखियो। अन्ततः पार्टी विभाजन भयो। नवौं महाधिवेशनबाट निर्वाचित ५० भन्दा बढी केन्द्रीय सदस्यसहित नेपालले नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन्।
यसबाट पाठ सिक्दै एमालेले महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचन लड्न बन्देज लगाउने व्यवस्थासहितको विधान मस्यौदा तयार पारेको छ। यो मस्यौदालाई विधान महाधिवेशनबाट पारित गर्ने तयारी छ।
विधानमा राखिएको यो व्यवस्था पारित भए दसौं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर चुनावमा जान पाइने छैन। यो व्यवस्थाले अब एमालेमा संगठित गुट निर्माण नहुने नेताहरूको दाबी छ।
नवौं महाधिवेशनपछि पार्टीभित्र उत्पन्न विवाद समाधान गर्न गत असार २७ गते १०बुँदे सहमति गरिएको थियो। त्यो सहमतिपछि बसेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा नेताहरूले आफ्ना धारणा राखेका थिए।
१० बुँदे सहमतिपछि पार्टीको जिम्मेवारीमा फर्केका नेताहरूले विधानको मस्यौदामाथि खुलेर छलफल गरेका थिए। ‘विभिन्न बैठकमा पार्टीमा देखिएको समस्या साझा भएको र त्यसलाई गुटको धारणा बनाउन नहुने विषय पार्टी अध्यक्ष केपी शर्मा ओली नजिकका नेताहरूले राखेका थिए भने पहिला माधव नेपाल पक्षमा रहेका तर पछि उनको साथ छोडेका नेताहरूले पनि गुटगत धारणा राखेनन्’, एक केन्द्रीय सदस्यले भने।
पार्टी अध्यक्ष ओलीले पनि पटकपटक गुटको रुपमा कसैसँग कुरा नगर्ने बताउँदै आएका छन्। तर पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो आएपछि ओलीले स्थायी कमिटीको बैठक राखेर उपाध्यक्ष भीम रावलको संयोजकत्वमा कार्यदल बनाएका छन्।
महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, लेखराज भट्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल सदस्य रहेको कार्यदलले सहमति कार्यान्वयनको वातावरण बनाउने जिम्मेवारी पाएको छ। सहमति कार्यान्वयन भएपछि एमालेमा गुट नरहने अपेक्षा गरिएको एक नेताले बताए।
कार्यदलमा माओवादीबाट एमालेमा आएका नेतासमेत रहेका कारण गुटबन्दी हुन नपाउने ठम्याइँ नेताहरूको छ। ‘सबैलाई मिलाउने जिम्मेवारी उपाध्यक्ष रावल कार्यदलले पाएको छ। त्यसमा सबैतिरको प्रतिनिधित्व छ’, केन्द्रीय सदस्य विजय सुब्बाले भने।
पार्टीभित्र सबै पक्षको समीक्षा हुनुपर्ने र एउटा पक्षले अर्कोलाई आरोप लगाएर फेरि विवाद उत्पन्न गराउन नहुने धारणा बलियो बन्दै गएको सुब्बाले बताए।
‘केन्द्र्रीय कमिटी बैठकमा केही साथीले राजनीतिक प्रतिवेदनमा पार्टी अध्यक्षको आलोचना गर्नुभयो तर उहाँहरूले गरेको विषयमा पनि समीक्षा हुनुपर्छ। पार्टीभित्र देखिएका समस्यामा सबैको कमजोरीको पक्षमा समीक्षा हुनुपर्छ। समीक्षा गुटभन्दा बाहिर गएर हुनुपर्छ’, उनले भने।
अर्का केन्द्रीय सदस्य निरज आचार्यले पार्टीभित्र अहिले गुटबन्दी बन्द भएको र विधान महाधिवेशनबाट प्यानल बनाएर निर्वाचन लड्न नपाउने व्यवस्था पारित भएपछि गुटबन्दी पूर्णत बन्द हुने बताए।
‘विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा जान नपाउने व्यवस्था राखिएको छ। यो पारित भएपछि प्यानल बन्दैन। नेताहरू आफ्नो व्यक्तिगत आकांक्षाअनुसार महाधिवेशनमा उम्मेदवार हुन्छन्।
त्यसले कसैलाई पनि यो वा त्यो प्यानलमा लागेको भन्ने इगो जन्माउँदैन’, आचार्यले भने। एमालेले पहिलो पटक गर्न लागेको विधान महाधिवेशनले धेरै विवाद निरुपण गर्ने दाबी गर्दै आचार्यले भने,
‘अहिलेको अवस्थामा पार्टीलाई कसरी एकढिक्का बनाएर लैजाने र महाधिवेशनलाई कसरी सफल बनाउने भन्नेमै ध्यान केन्द्रित हुन थालेको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...