विश्वव्यापीकरणको यो समयमा आज मानिससँग संसारको हरेक कुना चाहर्ने क्षमता विकास भएको छ। पछिल्ला केही वर्ष यता नेपालबाट पनि विभिन्न अवसर खोज्दै बिदेसिने क्रम बढिरहेकै छ। त्यसमा पनि गुणस्तरीय र विश्वले मान्यता दिने डिग्रीको खोजीमा विभिन्न देश पुग्ने विद्यार्थीको सङ्ख्या उतिकै बढेको छ। यी विद्यार्थीहरू शिक्षा सँगै सिप र दक्षता हासिल गर्ने उद्देश्य राख्छन्। यही काममा सहयोग र सहजीकरण गर्छन् मान्यता प्राप्त शैक्षिक परामर्श व्यवसायीहरू। करिब १।५ वर्ष कोरोना र लकडाउनको चपेटामा परेको शैक्षिक परामर्श व्यवसाय बिस्तारै लयमा फर्कन थाले सँगै “अब्रोड स्टडीका” विविध आयाममाथि छलफल सुरु भएको छ।
शुक्रवार काठमाडौँको र्याडिसन होटलमा आयोजित एक कार्यक्रमले अब नेपाली शैक्षिक परामर्श क्षेत्र बिस्तारै अघि बढ्न थालेको सन्देश दिएको छ। सक्सेस एजुकेसन कन्सल्टेन्सीले आयोजना गरेको कार्यक्रममा क्यानेडियन विश्वविद्यालयका प्रतिनिधि तथा क्यानडाका रजिस्टर्ड माइग्रेसन कन्सल्टेन्ट दिवाकर शर्माले क्यानडा अध्ययनका विविध पाटोलाई समेटेर जानकारीमूलक प्रस्तुति दिएका थिए। कार्यक्रममा स्वतन्त्र शैक्षिक परामर्श संघ ९फेकन० का पदाधिकारी तथा सदस्यहरू र उपत्यकामा परामर्श व्यवसाय गरिरहेका व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै शर्माले नेपाली विद्यार्थीका लागि किन क्यानडा उपयुक्त शैक्षिक गन्तव्य हो भन्ने प्रस्ट पारे। साथै उनले प्रतिनिधित्व गर्ने दुई क्यानेडियन विश्वविद्यालयहरुस् “युनिभर्सिटी अफ प्रिन्स एडवार्ड आइलेंड” र “युनिभर्सिटी अफ नर्थन ब्रिटिस कोलम्बियाका” बारेमा जानकारी दिए। कार्यक्रममा उनले दिएका जानकारीलाई हामीले तल सूचीकृत गरेका छौ।
नेपाली विद्यार्थीका लागि क्यानडा नै किन?
क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीले बढी रुचाएको एक प्रमुख गन्तव्य को रूपमा रहेको छ। शैक्षिक संस्थाहरूको गुणस्तर र त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने कोर्सका विभिन्नता, उपयुक्त वातावरण र शुल्कका कारण मात्रै यो देश रोजाइको बनेको नभई त्यहाँ उनीहरूले शिक्षा सँगै पाउने सिप र रोजगारीको सुनिश्चितताको उतिकै भूमिका रहेको छ। त्यस्तै अन्य देशहरूको तुलनामा कम शिक्षण शुल्क, कम दैनिक खर्च, राम्रो जीवन स्तर, आप्रवासनको लागी सम्भावित अवसर आदि पनि विद्यार्थीलाई आकर्षित गर्न सक्ने तत्त्वहरू हुन्।
कसरी जाने क्यानडा ?
क्यानडा जाने निर्णय गरिसकेपछि एउटा विद्यार्थीले आफ्नो डकुमेन्ट र सबै विवरण रजिस्टर्ड माइग्रेसन कन्सल्टेन्ट मार्फत जाँच गराउन सक्छन्। यस्ता कन्सल्टेन्टहरू क्यानडाको आप्रवासन नियामक निकाय आइ।सि।सि।आर।सि( सि।आर।आइ।सि बाट प्रमाणित हुन्छन्। यिनीहरूले आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीको विषयमा उपयुक्त तालिम प्राप्त गरेको हुने हुँदा भिसा आउने र नआउने विषयमा जानकार हुन्छन् भने विद्यार्थीलाई उपयुक्त कोर्स, विश्वविद्यालय र स्थान छनोट गर्दै सही तरिकाबाट आवेदन दिन निर्देशित गर्न सक्छन्। यसका साथै यदि तपाईँ यस्ता रजिस्टर्ड माइग्रेसन कन्सल्टेन्ट मार्फत क्यानडा जानुभयो र आफ्नो एजेन्टका कारण केही समस्यामा पर्नुभयो भने माथि उल्लिखित निकायमा गुनासो गर्ने सुविधा पाउनुहुन्छ।
दिवाकर शर्मा आफै एक रजिस्टर्ड माइग्रेसन कन्सल्टेन्ट हुन्। उनले क्यानडामा “दिवाकर इमिग्रेसन सर्भिसेस“ नामक कम्पनी चलाउँछन् र यसले आप्रवासीलाई उनीहरूको क्यानडा जाने सपना पुरा गर्न सहयोग पुर्याउछ। ७ प्रसिद्ध पुस्तकका लेखक समेत रहेका दिवाकर नेपालीलाई उपयुक्त रूपमा मार्गनिर्देश गर्नु आफ्नो रुचिको विषय भएको बताउँछन्।
नेपालमा कसरी सम्पर्क गर्ने ?
विशेष गरी दिवाकरले क्यानेडियन पब्लिक विश्वविद्यालयहरुस् युनिभर्सिटी अफ प्रिन्स एडवार्ड आइलेंड र युनिभर्सिटी अफ नर्थन ब्रिटिस कोलम्बियाको प्रतिनिधित्व गर्छन्। उनले यी विश्वविद्यालयमा जान चाहने विद्यार्थीलाई विशेष सहयोग गर्न सक्छन्। यसका साथै क्यानडाका अन्य कलेज वा विश्वविद्यालय जान चाहने वा विद्यार्थी बाहेक अन्य भिसामा क्यानडा जान चाहनेलाई पनि सहयोग गर्न सक्छन्। नेपालमा आफूले सक्सेस एजुकेसन र प्रज्वल बस्नेतलाई विश्वास गर्ने कुरा बारम्बार दोहोर्याएका शर्मा सक्सेस मार्फत आउन विद्यार्थीलाई आग्रह गर्छन्। पुतलीसडकको माछापुच्छ्रे बैङ्क सँगै रहेको सक्सेस लाई तपाईँ यहाँ क्लिक गरेर सम्पर्क गर्न सक्नुहुन्छ।
क्यानडा जाने विद्यार्थीले के कुरामा ध्यान दिने, त्यहाँको वातावरण र फि संरचना कस्तो छ, पढाइ र कामको अवसर कस्तो छ लगायत विषयहरूलाई सम्बोधन गर्दै मात्र एजुकेसनले शर्मा सँग विशेष कुराकानी गरेको छ। तपाईँ शनिवार बेलुकी उक्त भिडियो हेर्न सक्नुहुन्छ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...