परमादेश बाट बनेको देउवा सरकारले तिन महिना पछि विस्तार गर्न लागेको मन्त्रीपरिषदमा रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवा आफँले राखेका छन् ।
भागवण्डाको क्रममा रक्षा मन्त्रालय नेकपा एसको भागमा परेको र रामकुमारी झाँक्री रक्षामन्त्री बन्न लागे पछि सेनाले चासो राखेको खबर ओटीभी नेपाल डट कमले हिजो मात्रै प्रकाशन गरको थियो । सेनाको अनिच्छा पनि प्रम देउवा आफैँले रक्षा मन्त्रालय राखेका छन् ।
सेनाले रक्षा मन्त्रायमा प्रधानमन्त्री भन्दा बाहेकका मान्छे सँग पहिले देखीनै डिल गर्न रुचि राख्ने गरेको छैन । मन्त्रालयमा भाग पुर्याउँन यति धेरै हम्मेहम्मे परेका बेलमा समेत रक्षा मन्त्रालयमा मन्त्री नियुक्ती गर्न देउवाले सकेनन् बरु आफँ सँग राखे ।
सत्ता गठबन्धनको बिहीबारको बैठकले मन्त्रालय भागबन्डाको विषय टुंग्याएपछि अब कांग्रेसबाट ४ जना मन्त्री थपिने भएका छन् । सरकार गठन भएको झण्डै तीन महिना बित्नैलाग्दा गठबन्धनमा सरकारलाई पूर्णता दिने गरी सहमति जुटेपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
उनले कांग्रेसको भागमा ८ मन्त्रालय राखेका छन् । त्यसमध्ये कानुन, न्याय तथा संसदीय मामिला र रक्षा पौडेल पक्षलाई दिने तयारी देउवाको छ । कृष्णप्रसाद सिटौला पक्षलाई दिने मन्त्रालयको टुंगो लागिसकेको छैन । सिटौला पक्षबाट उमाकान्त चौधरी मन्त्री बन्ने करिब निश्चित छ ।
अहिले गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की गरी ३ मन्त्रालय कांग्रेससँगै छन् । तर, कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि कानुनसहित बाँकी रहेका ४ मन्त्रालयमा देउवाले नयाँ मन्त्री थप्नेछन् ।
बुधबार साँझ बालुवाटारमा शीर्ष नेताहरुसँग देउवाले मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । तर, कस–कसलाई मन्त्री बनाउने भन्नेबारे नेताहरुबीच सहमति भइसकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षलाई ३ जना मन्त्री दिनुपर्ने अडान राखेका छन् । तर, देउवाले त्यसलाई अस्वीकार गरेका छन् । बालुवाटार स्रोतका अनुसार देउवाले अझै १ जना आफ्नै गुटबाट मन्त्री थप्दैछन् ।
बाँकीमध्ये वरिष्ठ नेता पौडेललाई १, महामन्त्री शशांक कोइरालालाई १ र नेता कृष्णप्रसाद सिटौलालाई १ मन्त्री दिने तयारी गरेका छन् । ‘सबै तयारी भइसकेको छैन । कसलाई बनाउने भनेर छलफल भइरहेको छ । तर, पौडेललाई २ र सिटौलालाई १ भन्दा बढी दिन सकिने अवस्था छैन,’ उनीनिकट एक नेताले भने ।
पौडेल समूहमा भने आफ्नो भागमा २ मन्त्रीमात्रै परेको अवस्थामा सरकारमै सहभागी हुने वा नहुने भन्नेसम्मको बहस छ । पौडेल समूहका एक केन्द्रीय सदस्यले भने, ‘दुई वटामात्रै दिनु भनेको अपमान हो । त्यस्तो अपमानजनक अवस्थामा सरकारमै जानु हुँदैन भन्ने कुरा पनि उठेको छ ।’
नेताहरुका अनुसार कांग्रेसबाट पुष्पा भुसाल, उमा रेग्मी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, राजन केसी, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्येबाट मन्त्री थपिने सम्भावना छ । बुधबार बालुवाटारमा देउवाले पौडेल, कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग मन्त्रीको नामबारे छलफल गरेका थिए । देउवाले २ जनामात्रै मन्त्री बनाउन सक्ने भनेपछि वरिष्ठ नेता पौडेलले तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडुको नाम लिएका थिए ।
महामन्त्री कोइरालाले मिनेन्द्र रिजालको नाम लिएका थिए भने नेता सिंहले राजन केसीको नाम लिएका थिए । देउवाले २ जनाको नाम माग्दा ४ जनाको नाम भनेर उठेका पौडेल समूहका नेताहरु पुनः छलफलमा बसेका छैनन् । ‘कसको चाहना के हो उहाँले बुझिसक्नुभएको छ । अब ती नै मध्येबाट मन्त्री बनाउने हो,’ देउवानिकट एक नेता भन्छन् । ती नेताका अनुसार देउवाले आफ्नो तर्फबाट थप गर्ने एक जनामा पुष्पा भुसालको प्रबल सम्भावना छ ।
यसअघि सुजाता कोइरालाको नाम लिँदैआएका महामन्त्री कोइरालाले यसपटक एकल मिनेन्द्र रिजालको नाम लिएकाले रिजालको पनि सम्भावना बलियो बनेको छ । पौडेलले सिफारिस गरेका बडु, चौधरी र सिंहले भनेका राजन केसीमध्ये एक जना मन्त्री हुने नेताहरु बताउँछन् । ‘मन्त्री छान्ने प्रधानमन्त्रीले हो । आकांक्षी धेरै जना भएकाले अहिले यस्तै हुन्छ भन्न सकिन्नँ । तर, पार्टीभित्रको समीकरण मिलाएर नै गर्नुपर्ने दबाब छ,’ ती नेताले भने ।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...