सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा सरकारले सर्वोच्च अदालतले नै दिएको आदेशको धज्जी उडाएको छ ।
एमसीसीको विरुद्ध बोल्नेलाई कारबाही गर्ने भनेर अदालतको परमादेश बाट बनेको देउवा सरकारले जारी गरको विज्ञप्तीको बिषयमा परेको रिटमा सर्वोच्च अदालतले विरोध गरेकै कारण कसैलाई कारबाही नगुर्न भन्ने आदेश दिएको थियो तर एमसीसीको विरोध गरेकै कारण प्रहरीले उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाललाई फेरी पक्राउ गर्ने तयारी गरको छ ।
एमसीसी विरुद्धको २३ दलीय शुक्रबारको प्रदर्शन पश्चात नयाँ बानेश्वरमा आयोजित विरोध सभामा गरेको भाषणकै कारण उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष तथा अधिवक्ता स्वागत नेपाललाई प्रहरीले पक्राउ गर्न खोजी शुरु गरेको छ । त्यसैगरी उनको भाषण सुनेर फर्कँदै गरेका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार २३ दलीय मोर्चाको आयोजनामा माइतीघरबाट शुरु भएको एमसीसी विरुद्धको प्रदर्शन नयाँ वानेश्वर पुगी सभामा परिणत भएको थियो । उक्त सभामा नेकपा माओवादीका नेता गुणराज लोहनी, नेपालका लागि नेपालीका डा। सुरेन्द्र भण्डारी र स्वागत नेपाल नेपाल लगायतले बोलेका थिए ।
लोहनी र डा भण्डारी पश्चात बोलेका स्वागत नेपालले निक्कै आक्रामक शैलीमा नेपाल प्रहरी, सशसस्त्र र नेपाली सेनालाई समेत एमसीसीको पक्षमा रहेका नेताहरुलाई स्यालुट हान्ने होइन गोली हान्नुस् छातीमा अनि मात्र नेपाल आमा प्रतिको कर्तव्य पूरा भएको मानिने छ भनेका थिए ।
साथै उनले त्यहाँ उपस्थित रहेको डिएसी एम बि लामा, इन्स्पेक्टर के के न्यौपाने, इन्स्पेक्टर ए जे थापा समेतलाई नामको पछाडि ज्यु नै लगाएर तपाईहरुको घरमा एमसीसीका कर्मचारीले तपाईको आमा दिदी बैनी र हामी जोसुकैको पनि चेलीबेटी बलात्कार गर्यो भने पनि मुद्दा लाग्न नसक्ने नेपाल प्रहरीले अनुसन्धान गर्न पनि नपाउने व्यवस्था एमसीसी मार्फत ल्याउन खोजिँदैछ भनेर बोल्दा स्थिति अत्यन्त उत्तेजक बनेर ठुलो हुटिंग भएको थियो ।
उनको भाषण सकिने बित्तिकै डिएसपी लामा समेत इन्स्पेक्टर समेतको टोलीले नेपाललाई पर्तिर बोलाएर स्थलगत रुपमै हाम्रो नाम लिएर किन बोल्नु भएको भन्दै केरकार गरेका थिए । उक्त भिडिओ पनि समाजिक सञ्जाल युट्युव समेतमा चर्चित बनिसकेको छ ।
नेपालले केरकार गर्नासाथ एमसीसी लागू हुँदा कस्तो अवस्था हुन्छ भन्ने बताउन र स्पष्ट गर्न मात्र बोलेको भन्दै व्यक्तिगत रुपमा होइन, नराम्रो लागेकोमा आफ्नो आशय त्यस्तो नभएको बताएका थिए ।
साथै स्वागत नेपालले आफ्नो हकमा समेत र आफ्ना चेलीबेटी आमा दिदी बैनीको हकमा समेत लागू हुने गरी बोलेको र व्यक्तिगत रुपमा तपाईहरुलाई भनेको होइन, नराम्रो लागेको भएमा महसुस गरेर सच्याउने बताएपछि ठीकै छ त्यसो भए भनेर प्रहरीले छोडिदिएपछि उनी तुरुन्तै दशै मनाउन पारिवारिक कामका लागि पोखरा जाने कार्यक्रम रहेको भनेर पोखरातर्फ निस्किएका थिए ।
तर प्रहरीले फेरि उनको भाषण सुनेर फर्कँदै गरेका भोला प्रसाई लगायतलाई पक्राउ गरेको थियो ।हाल भानु प्रसाई लगायत पक्राउ पर्ने अरु तीन जनाको नाम खुलिसकेको छैन ।
अहिले प्रहरीले स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टी एडिपि को अनामनगर घट्टेकुलोस्थित केन्द्रीय कार्यालय घेरा हालिरहेको पार्टी महासचिव अधिवक्ता कृष्ण प्रसाईले बताए ।
नेपाल भने कार्यक्रम सकिए लगत्तै परिवार सहित पोखरातर्फ दशै मनाउन हतरामा कार्यक्रम सकेर हिँडेको बताइएको छ ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...