निवर्तमान प्रधामन्त्री केपी ओली क्याविनेटमा बन तथा वातावरण मन्त्री हुँदा रुखले मान्छेलाई कार्वनडाअक्साइड दिन्छ भनेर भाइरल भएका प्रेम आले फेरी मन्त्री भएका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघठन गर्दा सोह्रै आना ठिक भन्दै अब सरकारले सात नम्बर गियरमा काम गर्छ भन्दै भाषण गर्दै हिँडेका प्रेम आले पछि पर्लक्कै पल्टेर परमादेश बाट बनेको सरकारमा पनि मन्त्री बन्न सफल भएका छन् ।
अवसरवादको मुकुण्डो उत्रिए पछि उनको अनुहार उदांगो भएको छ । संसद विघठन पनि ठिक र परमादेश पनि ठिक भन्ने गजबको मानक उनले स्थापित गरेका छन् । केपी सरकारमा मन्त्री हुँदा बोल्न ढंग नजान्दा उनी पटक पटक भाइरल भएका थिए ।
कहिले सरकारले सात नम्बर गियरमा काम गर्छ भन्ने त कहिले मान्छले रुखलाई अक्सिन दिन्छ रुखले मान्छेलाई कार्वनडाइअक्साइड दिन्छ भनेर त कहिले चितवनमा हात्ती माथी चढको तस्बिरनै भाइरल भएका कारण आले चर्चामा रहिरहे ।
परमादेशको कमालले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने वित्तकै लुसुक्क माधव नेपाल तिर सल्किएका प्रेम आले फेर मन्त्री बन्न सफल भएका छन् ्। संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बनेको पहिलो दिननै आले फेरी भाइरल भएका छन् ।
यस अघि बोल्दा धेरै पटक जिब्रो चिप्लीए पछि हिजो उनले पदभार ग्रहण गर्ने कुरा लेखेरै ल्याएका थिए । लिखीत मन्तव्य सकिना साथ उनि जंगिन थालीहाले । नेपाल वायु सेवा निगमले जहाज किनेर नउडाएको भन्दै उनले जहाज घाममा सुकाएर पैसो आउँछ ?भन्दै झपारेका थिए ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कर्मचारीलाई मीठा कुरा गरेर आफूलाई रिझाउने प्रयास नगर्न आग्रह गरेका छन् । सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले कर्मचारीलाई आफूबाट कुनै पनि प्रकारको हस्तक्षेप नहुने भन्दै भने, ‘एउटा कुरा अनुरोध गरिहालौं ।
मसँगै हाँसेकै भरमा राम्रो ठानेको नठान्नुहोला । जसले राम्रो काम गरेर राम्रो नतिजा दिन्छ । त्यसमा आभारी हुनेछु ।’उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताएका छन् ।
सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा जुट्ने बताए। पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचो औँल्याए ।
मन्त्रालयअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषलगायतलाई प्रभावकारी बनाइने तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई सुदृढ गरिने उनको भनाइ छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुका साथै आन्तरिक र अन्तरराष्ट्रिय विमानस्थललाई सुदृढ र प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री आलेले विश्वास व्यक्त गरे ।
पर्यटनमन्त्री आलेले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको यथाशीघ्र सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाइने पनि जानकारी र्दिएका छन् ।
आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने बताउँदै यसको सेवालाई जनमुखी बनाउन पहल गरिने बताए । उनले नियमित उडान नगराई जहाज घाममा सुतिरहेको र बेलैमा जहाज उडाउन नसकेकोमा असुन्तुष्टि पोखे ।
‘यो तालले पर्यटन मन्त्रालय चलाउन सकिँदैन । वाइडबडीको मात्रै २७र२८ अर्ब ऋण छ । तर, हाम्रा जहाज घाममा सुतिरहेका छन् । जहाज घाममा सुकाएर पैसा त आउँदैन, त्यसलाई युज गर्नु पर्यो । उडाउनु पर्यो,’ उनले भने ।
आले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नव नियुक्त पर्यटनमन्त्री आले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का नेता हुन्। उनी गत निर्वाचनमा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद थिए।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय र अन्तर्गतका निकायको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्रीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । पदबहालीपछि आयोजित स्वागत कार्यक्रमा मन्त्रालयअन्तर्गतका निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...