परमादेश बाट बनेको सरकारले तीन महिना सम्म पनि मन्त्रीपरिषद विस्तार गर्न नसक्दा अन्तिम तिर ठुलो हल्लाखल्ला मच्चियो गठबन्धनमा प्रधानन्यायाधिश पनि, मागे मन्त्रिपषिदमा भाग ।
संसारमै पहिलो पटक परमादेशबाट प्रधानमन्त्री बनाएको सर्वोच्च अदालतले प्रधान्याधिश सँग जोडेर यस्तो खबर बाहिरए पछि विश्वास गर्ने आधारहरु पनि धेरै थिए । आखिर जो व्यक्ति मन्त्री हूँदैछन् भनेर हल्ला गरियो ती व्यक्ति मन्त्री भएरै छोडे ।
प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले दुइ मन्त्रालय मागेका एकजना जेठान गजेन्द्र हमाल र अर्का एक तिमल्सीना थरका विचौलियालाई मन्त्री बनाउँन दवाव दिएको खबर बाहिर आयो, अन्तिममा विचौलिया भनिएका तिमल्सिना मन्त्री बनेनन् जेठान साबले त झण्डा हल्लाउँनै थालीसके ।
प्रधानन्यायाधिशले मन्त्रीपरिषदमा भाग खोजको समाचार आए पछि राणा आफैँले व्यक्तीगत रुपमा त खण्डन गरेनन् सर्वोच्च अदालतले विज्ञप्ती जारी गरेर खण्डन गर्यो जे कुरा होइन भनेर खण्डन गरेको थियो आखिर त्यहि नै भयो । यति धेरै आलोचनाका विच पनि जेठानलाई मन्त्री बनाउँने आँटको स्रोत के हो त ?भन्ने प्रश्नको जवाफ खोज्न थालिएको छ ।
गजेन्द्र हमाल चोलेन्द्र शमशेरका पहिली श्रीमतीको दाई हुन् । पहिली पत्नीको निधन भए पछि उनले अहिलेकी श्रीमती विवाह गरका थिए ।हमाल पुराना काग्रेस कार्यकर्ता पनी हुन् । यतिको हल्ला भइसक्दा पनि आफ्नो सम्म कुर्सि दाउमा राखेर राणाले किन यो आँट गरे त कि खेल अर्कै छ यसको पनि खोजि सुरु भएको छ ।
भनिन्छ राजनितीमा जे देखिन्छ त्यो हुँदैन र जे हुन्छ त्यो देखिँदैन कतै यो खेलमा पनि त्यसै त भएको छैन? जेठानलाई प्रयोग गेरर राणालाई बदानाम गर्ने र सर्वोच्च बाटै विदा गरेर फेरी अर्को खेल खेल्ने डिजाइन त भइरहेको छैन ?यसको पनि खोजि हुन थालेको छ ।
आज प्रधानन्यायाधिश राणाको सबैभन्दा चर्को विरोध ति व्यक्तीले गरिरहेका छन् जो हिजो शेरबहादुर देउवालाई परमादेश बाट प्रधानमन्त्री बनाउँन ज्यान दिएर लागेका थिए । शम्भु थापा देखि भिमार्जुन आचार्य सम्म सुशिला कार्की देखी कल्याण श्रेष्ठ सम्म । यि सबैको बोली हिजो पनि एउटै र आज पनि एउटै हुुनुको कारण के हो ?
सडक बाट खेगन्द्र संग्रौला देखी नारायण वाग्ले सम्म हिजो जसरी देउवालाई परमादेश बाट प्रधानमन्त्री बनाउँनु पर्छ भनेर कुर्लन्थे आज उनीहरु उसै गरि राणालाई प्रधानन्यायाधिश बाट हटाउन पर्छ भनेर भनीरहेको छन् । के यो संयोग मात्र हो कि सुनिनियोजित हो ?
ओटीभी नेपाल डट कम सँगको कुराकानीमा नाम उल्लेख नगर्ने सर्तमा एक वरिष्ठ अधिवक्ताले खेल अर्कै भएको हुन सक्ने आशंका व्यक्त गरे । जुन जनु मिडिया बाट समाचार आए त्यो पनि प्रोपोगाण्डाका रुपमा र अहिले जो जो मान्छेहरु उग्र सँग बोलिरहेका छन् यसले अर्कै संकेत गर्ने उनको मत छ ।
ती वरिष्ठ अधिवक्ताका अनुसार प्रधान्यायाधिश राणा पहिलो पटक पनि र दास्रो पटक पनि संसद विघठन सदर गर्ने मत मा थिए तर उनी अल्पमतमा परे पछि टिमले गरेको निर्णयमा सहमती जनाइ सर्वसम्मत फैसला जस्तो देखाएका थिए । यो कुरा देउवा प्रचण्ड र माधव नेपालहरुलाई राम्रो सँग थाहा छ ।
दोस्रो पटकको विघठनमा पनि संवैधानिक इजलास जुन सुरुमा गठन भएको थियो त्यसबाट पनि धेरै कुरा बुझ्न सकिन्छ । इजलास नै विवादीत बनाएर आफु अनुकुलको इजलास बनाएर परमादेश बाट प्रधानमन्त्री बनाइएको थियो । ती वरिष्ठ अधिवक्ताका अनुुुसार दास्रो पटकको फैसलामा पनि राणाको व्यक्तिगत रुपमा फरक मत थियो अल्पमतमा पर्ने अवस्था आए पछि त्यसमा पनि उनले सहमती जनाएका थिए । खेल त्यहि बाट सुरु भएको उनको बुझाइ छ ।
चोलेन्द्र शमशेर राणालाई नजिक बाट बुझेको अहिलेको गबबन्धनले उनलाई प्रधानन्यायाधिश बाट नहटाइ आफ्नो स्वार्थ पुरा नहुने देखेर नै यो गेम खेलिएको हुन सक्ने अर्का एक वरिष्ठ अधिवक्ताले पनी बताए । ओटभी नेपाल डट कम सँगको कुराकानीमा उनले यसका लागी जेठान प्रयोग भएको हुन सक्ने बताए ।
जेठानलाई अगाडी सारे पछि जती तर्क गरे पनि चोलेन्द्रको कोटा बाट होइन भनेर कसैले नपत्याउँने गरि माहोल सिर्जना गर्ने र प्रधानन्यायाधिशले मन्त्रीपरिषदमा भाग खोजेको भनेर बाहिर चर्काउँने र पद बाटै विदा गर्ने सके राजिनामा नभए महाअभियोग सम्मको वातावरण बनाउँने सम्मको तयारी भएको हुन सक्ने उनको बुझाई छ । ठूलो चलखेलको आशंका उनको पनि छ ।
हुन पनि गजेन्द्र हमाल चोलेन्द्रका जेठान हुन उनी राणाको कोटा बाट मन्त्री बनेका होइनन् भनेर कसैले पत्याउँन सक्ने आधार केही देखिँदैन कतै यस्तो वातावरण बनाएर राणा माथीनै कू त भइरहेको छैन ?यो पनि प्रश्न उठेको छ नभए यतीको विरोध र आलोचनाका विच राणाले यत्रो आँट कसरी गरे ठुलो प्रश्न चिन्ह तेर्सिएको छ ।
कतिपयले प्रधानन्यायाधीशको कोटा भनेर देउवानिकट गैरसांसद व्यक्तिलाई मन्त्री बनाउने र त्यही विषयलाई जोडेर प्रधानन्यायाधीश राणामाथि नैतिक प्रश्न उठाउँदै राजीनामा माग्ने तयारीसमेत भइरहेको बताएका छन् । यो खेलमा भने असार २८ को फैसलाका लेखक ईश्वर खतिवडादेखि वरिष्ठतम न्यायाधीश दीपक कार्कीसम्मका न्यायमूर्तिहरू नै संलग्न रहेका छन् ।
राणाविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेर पदमा बस्नै नसक्ने अवस्था सिर्जना गर्ने र दीपक कार्कीलाई कामु भने पनि प्रधानन्यायाधीश बनाउनेसम्मका चलखेल भइरहेको चर्चा न्यायाधीशहरूबीचमै चलेको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूको विहीबारको बैठकमा पनि अदालतलाई साथमै लिएर जाने विषयमा सामान्य छलफल भएको एक नेताले बताए । संवैधानिक परिषद्ले यसअघि गरेका नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइ र त्यस सम्बन्धी विवादसमेत सर्वोच्चमा रहेकाले प्याकेजमै सहमति गर्न खोजिएको उनको भनाइ छ ।
संवैधानिक परिषद्को सदस्य र संवैधानिक इजलासको अध्यक्ष दुवै पदमा प्रधानन्यायाधीश रहने संवैधानिक व्यवस्था रहेकाले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ राणाले गर्न मिल्ने कि नमिल्ने भन्ने विवाद अदालतमा विचाराधीन छ । त्यसैले सत्ता गठबन्धनले संवैधानिक नियुक्ति उल्ट्याउने सन्दर्भमा राणाको पनि सहमति चाहिने भएकाले अदालतभित्रको गुटबन्दीमा सावधानीपूर्वक खेल्न खोजेको देखिन्छ ।
परमादेश जारी गर्न वातावरण मिलाउने वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीशलाई बोलाइएको भनेपछि सर्वोच्च बारको चियापान समेत बहिष्कार गरेका थिए । त्यो भनेको गुटबन्दीको असर हो । त्यसो त कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायत पूर्वप्रधानन्यायाधीशहरूको तजबिजमा राणाविरोधी न्यायाधीशहरू चल्ने भएकाले अबका दिनहरूमा राणाविरोधी माहौल बनाउनेतर्फ अदालतभित्र र बाहिरका शक्तिहरू केन्द्रित हुने देखिएको छ ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...