लामो समयको किचलो पछि विधान महाधिवेशन सम्पन्न गरेर लयमा फकँदै गरेको नेकपा एमालेको अबको ध्यान मंसिरमा हुने महाधिवेशन तिर मोडिएको छ ।
नवौँ महाधिवेशन बाट कडा प्रतिस्पर्धाका विच एमालेको अध्यक्ष बनेका केपी ओली दशौँ महाधिवेशनमा पनि एक कर्याकाल थप अध्यक्ष बन्ने गरी अघि बढेका छन् । ओलीलाई चुनौतीनै दिने गरी बलियो प्रतिष्पर्धी देखीएका छैनन् ।
ओली सँग प्रतिष्पर्धा गरेर अध्यक्षनै बन्ने व्यक्ती नदेखीए पनि एमाले उपाध्यक्ष भिम रावल र उपमहासचिव घनश्याम भुषालले दशौँ महाधिवेशनमा आफुलाई अध्यक्षको प्रत्यासीका रुपमा उभ्याउँन थालेका छन् । अध्यक्षका सबैभन्दा बलिया प्रत्यासी महासचिव इश्वर पोखरेल भने यो दौड बाट बाहिरिएका छन् ।
एमालेउपाध्यक्ष भीम बहादुर रावल र पार्टी उपमहासचिव घनश्याम भुसालबीच पार्टी अध्यक्षका लागि घम्साघम्सी हुने देखिएको छ । भुसालले ‘जसको नीति उसकै नेतृत्व’को सिद्धान्त अनुसार मंसिरमा हुन लागेको दशौं महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने संकेत गरेका छन् भने रावल त यसअघि नै अध्यक्षमा उठ्न सक्ने भन्दैं सार्वजनिक रुपमै सिग्नल दिइसकेका छन् ।
एमालेको नवौं महाधिवेशनले आफ्नै विचारलाई अंगालेर अघि बढेको अवस्थामा भुसालले अब नेतृत्वमा पनि प्रतिस्पर्धा गर्न आफूलाई तयार पारिरहेको संकेत उनले आइतबार केही पत्रकारमाझ गरे।
असोज १५–१७ सम्म काठमाडौंमा भएको विधान महाधिवेशनपछि एमालेमा केपी शर्मा ओली नै सर्वसम्मत अध्यक्षका रुपमा अघि बढेको चर्चाबीच उपमहासचिव भुसालले पार्टीका सबै केन्द्रीय पदाधिकारीहरु नेतृत्वमा जान योग्य रहेको उल्लेख गरे।
‘हाम्रो पार्टीको विधानमा नै केन्द्रीय कमिटी पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षको उम्मेदवार बन्न सक्ने स्पष्ट व्यवस्था छ,’ उनले अगाडि भने, ‘दशौं महाधिवेशनमा त्यही अनुसार अघि बढ्न सकिन्छ।अन्य पदाधिकारी साथीहरु पनि अध्यक्षका लागि योग्य हुनुहुन्छ। एमालेको मूल नेतृत्व लिन म आफैँ पनि योग्य छु।’
उनले पार्टीको मूल नेतृत्व अर्थात अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्न आफू पनि तयार रहेको जनाउ पत्रकारहरुलाई दिए। असोज १५–१७ सम्म भएको विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीले ‘जसको नीति उसको नेतृत्व’ हुने बताएका थिए।भुसालले आफ्नो नीति स्थापित गर्न अध्यक्षमा ओलीलाई टक्कर दिन सकिने उल्लेख गरे।
उनले आफूहरुले ओलीसँग आत्मसमर्पण गरेको नभइ ओली नै आफ्नो विचारमा सहमत हुने विन्दुमा आइपुगेको तर्क गरेका छन्। ‘हामीले उठाएका कुरामा केपी ओलीले हिजो बिमत्ति देखाउनु भएको थियो।
तर ती विषयमा उहाँ आज सहमत हुनुभएको छ,’ उनले भने, ‘संसद विघटन प्रकरणमा पनि उहाँ छलफलका लागि तयार हुनुभएको छ। विधान महाधिवेशनमा हामीले कुरा उठाएका थियौं।
तर त्यसबारे हरेक कमिटीमा लगेर विवादित नगरौं भन्ने कुरा हो। यीसहितका विषय पार्टीभित्र गम्भीर रूपमा राखेका छौं। संसद विघटनबारे पार्टीमा छलफल हुनेछ। ओली त्यसमा तयार हुनु भएको छ।’
विधान महाधिवेशनले पारित गरेका नीतिबारे मंसिरमा हुने महाधिवेशनमा पनि छलफल हुने तर्क उनले गरे। ‘विधान महाधिवेशनले जे निर्णय गर्छ, नेतृत्व चुन्ने महाधिवेशनमा छलफल हुन्छ भनेका हौं।
दशौं महाधिवेशनको केही कुरा अझै सकिएको छैन,’ उनले भने, ‘पार्टीलाई सैद्धान्तिक रूपमा नसच्याइ राजनीतिक मामिलामा कांग्रेस–माओवादीलाई गाली गरेर मात्रै केही हुँदैन।’
भुसालले एमालेले आँट गरेर परिवर्तन नरोजेमा समस्या हुने बताए। ‘एमाले प्रजातान्त्रिक अभ्यासबाट गुज्रिँदै आएको हो। हाम्रो सामूहिकता र संगठन प्रणाली पछिल्लो समय बिग्रेको छ। हाम्रो संगठन प्रणाली ध्वस्त हुँदैछ,’ भुसालले थपे, ‘दशौं महाधिवेशन कहाँ हुँदैछ भन्ने पनि हामीबीच छलफल भएन।
संस्थागत प्रणाली भत्किएकाले जताततै ओली मात्रै देखिए। स्ट्याचुदेखि बुख्याचासम्म ओली नै थिए विधान महाधिवेशनमा पनि। यस्तै जारी रहे एमाले अझै ठूलो संकटमा जाँदैछ।’
उनले व्यक्तिले विधि बनाएर अरु हिँड्ने कुरा गलत भएको बताए। ‘पार्टीले संस्थागत विधि बनाएर सबै हिँडौं, व्यक्तिले विधि बनाएर अरू हिँड्नु पर्छ भन्दा हाम्रो प्रणाली भत्किएको छ।
एमालेमा विवाद हुँदा हामीले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलामा पनि त्यसलाई विद्रोह होइन भनियो,’ उनले भने, ‘तर त्यहाँ सहभागी केही साथीहरू विभाजन चाहन्थे। विभाजन गर्नुपर्छ भन्ने साथीहरू पनि यसमा सहमत हुनुहुन्न।’
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...