सत्ता साझेदार प्रमुख दल विच बाग्मती र प्रदश नम्बर एकको मुख्यमन्त्री नेकपा एसलाई दिने भद्रसहमति तोडीने अवस्था आएको छ ।
मन्त्रीमण्डलमा भागवण्डा गर्ने दिन नै सत्तासाझेदार प्रमुख दल काग्रेस , माओवादी र नेकपा एस विच वाग्मती र प्रदेश एकको मुख्य मन्त्री नेकपा एसलाई दिने समझदारी बनको थियो तर लास्ट आवरमा खेल परिवर्र्तन भएको छ ।
केन्द्रको सहमतीलाई चुनौती दिँदै वाग्मती काग्रेसले नेकपा एसालाई मुख्यमन्त्री दिन नसकिने भन्दै आफैँ मुख्य मन्त्री बन्ने दौड सुरु गरको छ । एमाले फुटे पछि वाग्मतीमा नेकपा एस, काग्रेस र माओवादी भन्दा पनि सानो आकारको बनेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका घनिष्ट विश्वास पात्र नेपाली काग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्र बाँनियाले कुनै पनि हालतमा मुख्यमन्त्री बन्ने गरि दौड सुरु गरेका छन् । महाधिवेशन सम्म भए पनि बाँनियालाई मुख्यमन्त्री बनाउने गरी देउवाले पनि चाँजोपाँजो मिलाउँन थालेको बताइन्छ ।
वाग्मतीमा नयाँ खेल सुुरु भए पछि मुख्यमन्त्री बन्नका लागी खुट्टा उचालेर बसेका नेकपा एसका नेता राजेन्द्र पाण्डे नमज्जा सँग झस्किएका छन् । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मततका लागी प्रदेशसभामा प्रस्ताव पेस गरि सेकेकी छिन् ।
नेकपा (एमाले) विभाजन भएपछि शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो। उनले विश्वासको मत लिन एक साताअघि नै प्रदेश सभामा प्रस्ताव दर्ता गरिसकेकी छन्। शाक्यको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल गर्न बिहीबार प्रदेश सभा बैठक बोलाइएको छ।
तर, बुधबारसम्म नयाँ मुख्यमन्त्री कुन पार्टीको हुने भन्ने यकिन भएको छैन। एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता राजेन्द्र पाण्डे र नेपाली कांग्रेसको संसदीय दलका नेता इन्द्र बानियाँ दाबेदार देखिएका छन्।
यसअघि संघीय सरकारले पूर्णता पाएसँगै कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्रीको दौडबाट बाहिरिएको चर्चा चलेको थियो। सत्तारूढ गठबन्धनबीच बागमतीमा एकीकृत समाजवादीलाई सरकारको नेतृत्व दिने सहमति भएको अड्कल गरिएको थियो। त्यसै अनुरुप, एकीकृत समाजवादीका नेता पाण्डेले सरकार गठनका लागि तयारी थालेका थिए।
तर, पछिल्लो समय कांग्रेस नेता बानियाँ पनि मुख्यमन्त्रीको दाबेदार रहेको कांग्रेस नेताहरू बताउँछन्। “सांसद बानियाँ मुख्यमन्त्रीको दौडबाट बाहिरिएका होइनन्, बलियो बन्दै छन्,” उनी निकट एक सांसदले भने।
कांग्रेस संसदीय दलका नेता बानियाँले पनि यसबारे पार्टीको आधिकारिक निर्णय हुन बाँकी रहेको प्रतिक्रिया दिए। “व्यक्तिगत रूपमा मैले भन्नुभन्दा पनि पार्टीको आधिकारिक धारणारनिर्णय आउन बाँकी छ। ४ कात्तिक बिहानसम्म पार्टीले केही नयाँ निर्णय गर्नेछ।” बाँनियाले भनेका छन् ।
कांग्रेसले साथ नदिने छनक पाए पनि एकीकृत समाजवादीले भने खासै तयारी गरेको छैन। एकीकृत समाजवादीले गठबन्धनको सहमतिमा पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी अगाडि बढाएको थियो। त्यसै अनुसार, गठबन्धनबाट धोका नहुने विश्वासमा आफूहरू रहेको एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेश सांसद मुनु सिग्देलको भनाइ छ।
मुख्यमन्त्री शाक्यले २४ असोजमा प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेकी थिइन्। ४ कात्तिकमा बस्ने गरी बैठक स्थगित भएपछि विश्वासको प्रस्तावमाथि छलफल हुन सकेको थिएन।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...