विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टी अध्यक्ष मिश्रमाथि कारबाही गर्न न्याय तथा सुशासन आयोग गठन गरेको छ ।
शुक्रबार काठमाडौंमा बसेको पाण्डे समूहको केन्द्रीय कमिटी बैठकले पार्टीमा अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय पार्टीका अध्यक्ष मिश्रलगायत मुख्य नेताहरुले विधान विपरीत काम गरिरहेको, पार्टीलाई गुटबन्दीको शिकार बनाएको र राजनीतिक रुपमा अलमल सृजना गरेको पाण्डे समूहले निष्कर्ष निकालेको छ ।
आयोगलाई कार्यविधि बनाएर पछिल्लो पाँच महिनाको अनुशासन उल्लंघनका घटनाहको एक हप्ताभित्र अनुसन्धान गर्ने, अभिलेखन गर्ने र सोही अनुसार कारबाही प्रत्रिलया अगाडि बढाउने जिम्मेवारी दिइएको छ ।
यसैगरी बैठकले पार्टी सुदृढीकरणका लागि प्रशिक्षण चलाउने, अभियान र संगठनलाई तलैबाट मजबुत बनाउने अभियान समेत चलाउने भएको छ ।
पार्टीमा विवाद बढेपछि मिश्र र पाण्डे समूले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन् । विवेकशील साझाको मिलन पाण्डे समूहको केन्द्रीय समिति बैठकका निर्णयहरु ः
आज मिति ०७८ कार्तिक १२ गते शुक्रवार विवेकशील साझा पार्टीको ८ औँ केन्द्रीय समितिको बैठक पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेको अध्यक्षतामा बस्यो ।
बैठकले गरेका निर्णयहरू निम्नानुसार छन्।
१ दस्ताबेजहरूका सम्वन्धमाः
१ १ दस्ताबेजलाई स्वीकार गर्ने सम्वन्धमाः
प्रस्ताव नं १ माथि छलफल गर्दा, पछिल्लो समय पार्टीका अध्यक्ष रवीन्द्र मिश्रद्वारा सार्वजनिक गरिएको दस्ताबेज मार्ग परिवर्तन ९विचार भन्दा माथि देश० र संयोजक मिलन पाण्डे लगायत सचिवालय सदस्यहरू केशव दाहाल, डा। राजेन्द्र पङ्गेनी र रन्जु दर्शनाद्वारा सार्वजनिक गरिएको वैकल्पिक राजनीतिको मूल बाटो दस्ताबेज माथि बैठकमा छलफल गरियो । दस्ताबेजमा व्यक्त वैचारिक, राजनीतिक विषय, आजको राजनीतिक आवश्यकता, मुद्दा, पार्टी निर्माणको मूल लक्ष्य र आगामी कार्यदिशालाई केन्द्रमा राखी गरिएको सो छलफलमा सदस्यहरूले खुल्ला विचार व्यक्त गर्दै संयोजक लगायत सचिवालय सदस्यहरूबाट प्रस्तुत मूल बाटोलाई वैकल्पिक राजनीतिको आजको राजनीतिक अभिव्यक्ति र कार्यदिशाको रूपमा स्वीकार गर्ने र अझ संवृद्ध बनाउँदै जाने निर्णय गरियो । साथै, पार्टी अध्यक्षबाट प्रस्तावित दस्ताबेजलाई वैकल्पिक राजनीतिको मूल आशय र मर्म विपरीत आएको ठहर गर्दै त्यसलाई खारेज गर्ने निर्णय गरियो ।
यसै गरी अध्यक्षद्वारा प्रस्तावित मार्ग परिवर्तनको दस्ताबेजलाई विवेकशील साझा पार्टीको विधान, एकीकरण घोषणापत्र र एकीकरण सम्झौता पत्रले सुम्पेको राजनीतिक कार्यभार विपरीत आएको बैठकले ठहर गरेको छ । सो दस्ताबेजले पार्टीको विधानलाई मिचेको, जनआन्दोलनका उपलब्धिहरूलाई अवमूल्यन गरेको र जनताको अपूर्व बलिदानबाट निर्माण गरिएको संविधानलाई निस्तेज बनाउँदै सामाजिक द्वन्द्व निम्त्याउने खतरा बढेको ठहर गर्दै पार्टीलाई पश्चगामी बाटोमा जानबाट जोगाउने र लोकतान्त्रिक, अग्रगामी र सुसंस्कृत राजनीतिको बाटोमा अविचलित भई अगाडी बढ्ने निर्णय गरियो ।
१२ अनुशासन उलङ्घनका सम्बन्धमाः
पछिल्लो समय पार्टीमा मुख्य नेताहरूले नै विधान विपरीत काम गरिरहेको, पार्टीलाई गुटबन्दीको सिकार बनाएको, राजनीतिक रूपमा अलमल सृजना गरेको, वैचारिक द्विविधाबाट पार्टीलाई हानी गरी एकताको मूल भावनालाई कमजोर बनाएको, एकता महाधिवेशनको मुख्य कार्य योजनालाई अलमलमा पारेको र पार्टीलाई विभाजन तर्फ लगेको बैठकले ठहर गरेको छ । पार्टीमा देखिएको यो सङ्कट र समस्याको सुरुवात पार्टी अध्यक्षलेनै गरेको ठहर गर्दै यो बैठक पार्टी अनुशासन उलङ्घनका तमाम घटनाहरूलाई रोक्न, सुसंस्कृत राजनीतिको हाम्रो मुख्य अभिष्टलाई बचाउन र जो जो बाट अनुशासन उलङ्घनका घटनाहरू भएका छन् सो माथि छानबिन गरी दोषीलाई कार्यवाही गर्न पार्टी विधान दफा २९।२ बमोजिमको आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरिएको छ । आयोगलाई आफ्नो कार्यविधि बनाई पछिल्लो पाँच महिनाको अनुशासन उलङ्घनका घटनाहरूको एक हप्ताभित्र अनुसन्धान गर्ने, अभिलेखन गर्ने र सोही अनुसार कार्यवाही प्रक्रिया अगाडी बढाउने समेत जिम्मेवारी दिइएको छ ।
२ ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्नेः
बैठकमा पार्टी सङ्गठनको पछिल्लो समग्र अवस्थाबारे समीक्षा गरियो । सङ्गठनहरू अन्योलमा रहेको, तलसम्म वैचारिक अलमल रहेको, प्रशिक्षणहरू नभइरहेको, अभियानहरू कमजोर हुँदै गएको, सदस्यहरू निरासहुदै गएको र पार्टीको सार्वजनिक, नागरिक सम्बन्धहरू कमजोर भएको समीक्षा गर्दै विभिन्न व्यक्ति र समूहहरूलाई पार्टीमा आबद्ध गर्ने, प्रशिक्षण चलाउने, अभियान र सङ्गठनलाई तलैबाट मजबुत बनाउने अभियान आवश्यक देखिएकोले सो का लागि ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरियो । सो अभियान सञ्चालन गर्न केन्द्रमा पार्टी संयोजकको संयोजकत्वमा सम्पूर्ण केन्द्रीय सदस्यहरू सहित २०१ सदस्यीय अभियान परिचालन केन्द्रीय समिति, प्रदेशमा ५१ सदस्यीय अभियान परिचालन प्रदेश समिति, जिल्ला र नगरमा २५ सदस्यीय सदस्यीय अभियान परिचालन समितिहरू निर्माण गर्ने निर्णय गरियो । साथै अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय समिति अन्तर्गत सङ्गठन निर्माण उपसमिति, अभियान सञ्चालन उपसमिति, प्रचार–प्रसार तथा प्रकाशन उपसमिति र राजनीतिक संवाद तथा प्रशिक्षण उपसमिति निर्माण गर्ने निर्णय गरियो ।
अभियान परिचालन केन्द्रीय समितिको नामावली र उपसमितिको विवरण छिट्टै सार्वजनिक गर्ने छौँ ।
३ विधान कार्यदलको विधान मस्यौदा प्रतिवेदन स्वीकार गर्नेः
बैठकमा विधान कार्यदलले प्रस्तुत गरेको पार्टीको विधान सर्वसम्मतिले स्वीकार गर्ने निर्णय गरेको छ । साथै, सो विधानलाई निरन्तर छलफलमा प्रस्तुत गर्दै अझ संवृद्ध, लोकतान्त्रिक र समावेशी बनाउने निर्णय गरिएको छ ।
४ प्रवक्ता नियुक्त गर्ने
बैठकले विवेकशील साझा पार्टीको सम्पूर्ण गतिविधि तथा सूचना सार्वजनिक सञ्चार माध्यममार्फत नागरिक समक्ष पु्रयाउन श्री हरिसप्रसाद भट्टलाई प्रवक्ता नियुक्तगर्ने निर्णय गरियो ।
५ पार्टीको कार्यदिशाबारे अभिमुखीकरण र प्रशिक्षण गर्ने
पार्टीमा पछिल्लो समय वैकल्पिक राजनीतिको औचित्य, आवश्यकता र मुद्दाहरू माथि गम्भीर बहस सृजना भएको छ । मुख्यतः पार्टी स्थापना गर्दा तय गरिएका वैचारिक तथा राजनीतिक प्रस्तावहरूलाई स्थापित गर्दै अगाडी जाने कि मार्ग परिवर्तन गर्ने र पछाडि फर्किने भन्ने विषयमा केन्द्रित यो बहसले पार्टी जीवनभित्र द्विविधा र अन्योल सृजना गरेको छ । जनआन्दोलनका उपलब्धिहरूको रक्षा, सामाजिक न्याय, बहुदलवादको प्रवर्द्धन र संविधानवादको पक्षमा उभिने र अगाडी जाने कि जनआन्दोलनका उपलब्धिहरूलाई उल्ट्याउने र पछाडि फर्किने भन्नेमा केन्द्रित यो बहसमा हामी जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै अगाडी जाने र वैकल्पिक राजनीतिको मूल प्रस्तावलाई अझ संवृद्ध गर्दै त्यसको पक्षमा दह्रो गरी उभिने र वैचारिक बहसलाई निरन्तर जारी राख्ने निर्णय भयो ।
६। विवेकशील साझा पार्टीको बागमती प्रदेशमा भूमिका बारेः
विवेकशील साझा पार्टीको बागमती प्रदेशमा भूमिका बारे छलफल हुँदा प्रदेशको संसदीय दलका नेताले प्रदेश सांसदहरुसंग छलफल गरी पार्टीले अङ्गीकार गर्दै आएको लाइनमा निर्णय लिन सक्ने गरी निर्णय भयो।
७ अभियानहरू सञ्चालन बारेः
पार्टीले देशव्यापी रूपमा लोकतन्त्रको पक्षमा, संविधानवादको पक्षमा, सामाजिक न्यायको पक्षमा, सुशासनको पक्षमा वकालत गर्ने र अभियान सञ्चालन गर्ने निर्णय ग¥यो। पार्टीले गर्दै आएको गुणस्तरीय र निःशुल्क शिक्षा, गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा, युवा रोजगारी र महिला हिंसा विरुद्ध लगायतका अभियानहरूलाई निरन्तरता दिने निर्णय भयो।
साथीहरू, हामी सत्यको बाटोमा छौँ । हामी वैकल्पिक राजनीतिलाई स्थापित गर्ने र यसलाई अझ प्रखर र सुदृढ बनाउने अभियानमा छौँ । यसकालागि निरन्तर जुटौँ र अझै अगाडी बढौँ ।
आजका निर्णयहरूलाई कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता गर्दै बैठकको अन्त्य गरियो । धन्यवाद ।
हरीशप्रसाद भट्ट
प्रवक्ता
विवेकशील साझा पार्टी
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...