नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले एमाले अध्यक्षमा उमेदवारी दिने संकेत गरेका छन् ।
चितवनमा हुन लागेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अहिले सम्म वर्तमान अध्यक्ष केपी ओलीको प्रतिस्पर्धी कोहि नेदेखिएको अवस्थामा उपमहासचिव भुषालले अध्यक्ष लड्ने जनाउ सांकेतिक रुपमा देखिएका छन् ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भका केन्द्रित रहेर एक अनलाइन न्युज पोर्टले तयार पारेको विश्लेषणात्मक सामाग्रीलाई भुषालले आफ्नो सामाजिक संजालमा सेयर गरेका छन् । ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न बाट कसले रोक्ला ?शीर्षकमा छापिएको समाग्री भुषालले सेयर गरेका छन् ।
उपमहासचिव भुषालले सेयर गरेको उक्त विश्लेषणमा एमाले अध्यक्ष ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न बाट उपाध्यक्ष भिम रावल र घनश्याम भुषालले रोक्न सक्ने विश्लेषण गरिएको छ । त्यसमा पनि भुषाललाई जसरी भए पनि अध्यक्ष लड्नै पर्ने अवस्था छ भने झै गरि विश्लेषण गरिएको छ ।
भुषालले अरु आफ्ना कुरा केहि नलेखिकन मात्र समाचार लिंक सेयर गरेका छन् । कुनै पनि समाचार या लिंक सेयर गुर्नलाई त्यसमा आफ्नो सहमती या अपनत्व लिएको अर्थमा वुझ्ने गरिन्छ । कुनै समाचारमा आफ्नो सहमती नभए या गलत भए पनि लिंक सेयर गरिन्छ तर त्यसमा माथी आफ्नो कुरा केहि लेखेर मात्रै सेयर गर्ने गरिन्छ तर यसमा भुषाालले केहि गरेका छैनन् मात्र लिंक सेयर गरेका छन् ।
भुषाल बारे उक्त अनलाइनले यस्तो विश्लेषण गरेको छ ‘उपमहासचिव घनश्याम भुसाललाई यसपटक अध्यक्षमै उम्मेदवारी दिन दबाब छ। त्यो दबाब उनी निकटका नेताहरु र उनी स्वयंले आफैंप्रति सिर्जना गरेका छन्। व्यवहारमा जे सुकै होस्, एमालेले आफ्नो दस्तावेजमार्फत् जे विषय पारित गरिरहेको छ र सार्वजनिक रुपमा त्यसलाई जसरी व्याख्या गर्न थालिएको छ, त्यो भुसालकै लाइन भएको उनी निकट नेताहरुको दाबी मात्रै होइन, ओली निकट नेताहरुको पनि स्वीकारोक्ति पाइन्छ। ‘ओली स्वयं दलाल पुँजीवादको विरोध गर्दै भाषण गर्न थाल्नुभएको छ। अरु के कुरा गर्नु?’, भुसाल निकट एक नेता भन्छन्।
पार्टीका आधिकारिक दस्तावेज आफ्नो लाइन अनुसार अघि बढिरहेको छ भने त्यही पार्टीको नेतृत्व लिनका लागि न्यूनतम प्रयास पनि नगरेको चाहिँ किन तरु भुसाललाई उनी निकटका नेताहरुले दिने दबाब पनि यही मान्यताबाट सिर्जना भएको हो।
कम्युनिस्ट पार्टीमा जसको नीति उसको नेतृत्व भन्ने मान्यता छ। तर, नेकपाको दोस्रो महाधिवेशनमा पुष्पलालको नीति पास भए पनि केशरजंग रायमाझी नेतृत्वमा आए। नवौंमा भुसालहरुको नीति पास भयो, नेतृत्वमा ओली आए। केशरजंग नेतृत्वमा आउँदा जसरी नेकपा भताभुंग भएको थियो, ओली आएपछि एमाले त्यस्तै भएको व्याख्या पनि हुने गरेको छ।
तर, त्यतिबेला पुष्पलाल प्रतिस्पर्धामा उत्रिएका थिए। भुसाल भने अघि सरेका छैनन्। पुष्पलालको प्रयास इतिहासमा अभिलेख छ, भुसाल के गर्लान् प्रष्ट छैन। ‘अघि बढ्नुपर्छ भन्नेमा उहाँ पनि सहमत हुनुहुन्छ। सम्भवतः यसपटक अध्यक्षमै उम्मेदवारी दिनुहुन्छ। तर, भीम रावलले समेत अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरिसकेको अवस्थामा एकपटक उहाँसँगै र अन्य नेताहरुसँग पनि छलफल गर्ने मनस्थितिमा हुनुहुन्छ’, ती नेता भन्छन्, ‘चार-पाँच दिनमै विषय स्पष्ट हुन्छ।’
रावलभन्दा भुसाललाई अध्यक्षमा उम्मेदवार बन्न सजिलो रहेको उनी बताउँछन्। मुख्यतः भुसाल गुट-उपगुटको झन्झटमा छैनन्। अध्यक्षमा हारेर उनी स्थायी कमिटी सदस्य पनि बन्न पाएनन् भने पनि उनले खासै ठूलो क्षति बेहोर्नुपर्दैन। किनकि, अहिले उपमहासचिव हुँदा पनि उनलाई जिम्मेवारी दिइएको छैन। जिम्मेवारी नपाउने भएपछि उपमहासचिव हुनु र केन्द्रीय सदस्य हुनुमा के फरक पर्छ र भन्ने बुझाइ उनमा पाइन्छ।
‘उहाँ उम्मेदवार हुनुभयो भने अध्यक्षमा ओलीलाई नै भोट हाल्नेहरुलाई पनि कुन प्रवृत्तिलाई भोट हाल्दै हुनुहुन्छ र त्यसले एमालेलाई कहाँ पुर्याउँछ भन्ने स्पष्ट पार्न सक्नुहुन्छ’, उनी भन्छन्, ‘भुसालको हार त होला, तर ओलीको जितले एमालेलाई जहाँ पुर्याउँछ, त्यसको जिम्मेवारीबोध सम्पूर्ण मतदातालाई महसुस गराउन सक्नुहुन्छ। ओलीलाई रोक्न कसैले सांकेतिक रुपमै भए पनि प्रयास गरेको थियो भन्ने अभिलेख रहन्छ। आफ्नो विचारको बीऊ जोगाउन पनि त्यस्तो प्रतिस्पर्धाले फाइदै गर्छ।
भुसालले स्थापित गरेको भाष्य ुदलाल पुँजीवादुको चुनौतीलाई एमालेले नीतिगत रुपमै स्वीकारेको छ। त्यसबाट देशलाई कसरी मुक्ति दिलाउने भन्ने ुकार्यदिशाु पहिल्याउन सकेको छैन। एमाले नेताकै तहमा उक्त विषयप्रति स्पष्ट बुझाइ रहेको समेत भेटिँदैन। त्यसैले भुसालको उम्मेदवारीले स्वीकारिसकेको ुदलाल पुँजीवादुको चुनौतीबाट पार पाउने उपाय खोज्न एमालेमाथि दबाब सिर्जना हुनेछ। भुसालनिकट एक नेता भन्छन्, ुएमालेमा ुटावरिङ पर्सनालिटीु बनेका ओली जस्ता ुपहाडुसँग किन कुम ठोक्काउन लागेकोरु भनेर सोध्ने कार्यकर्ताका लागि समेत भूसालसँग स्पष्ट जवाफ छ( जसको नीति, उसैको नेतृत्व।
तर, ओलीनिकट नेताहरुका अनुसार रावल र भुसाल दुवै जना अध्यक्षको प्रतिस्पर्धी बन्ने छैनन्। महाधिवेशन प्रतिनिधिहरुको चयन भइसकेपछि धेरै विषय स्पष्ट हुने र ओलीको विपक्षमा खडा हुने नेताको स्थान टुंगो लगाउने तयारी छ। सहमतिको महाधिवेशनुमा ओलीले दिएको स्थानमा बस्न सहमतु हुने वा नहुने कुरा भने नेताहरुमा भर पर्नेछ।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...