
सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले शुक्रबार सबै स्वरूपको क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । अब अब उनलाई कुनै पनि फ्रेन्चाइज लिगमा देख्न नपाइने भएको छ ।
“यो अविश्वसनीय यात्रा थियो । तर, मैले सबै स्वरूपको क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको छु,” डी भिलियर्सले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “घरपछाडिको आँगनमा मेरो दाइसँग क्रिकेट खेल्न थालेको दिनदेखि मैले हरेक खेल विशुद्ध आनन्दका साथ खेलेको छु । असाधारण उत्साहका साथ खेलेको छु । अब ३७ वर्षको उमेरमा त्यही उत्साह र जोसका साथ खेल्न सकिँदैन ।”
डी भिलियर्सले ११४ टेस्ट क्रिकेटमा आठ हजार ७६५ रन बनाएका छन् । उनले २२८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नौ हजार ५७७ रन बनाएका छन् । त्यस्तै, डी भिलियर्सले ७८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६७२ रन बनाएका छन् ।
डी भिलियर्सले २००४ डिसेम्बर १७ मा इंल्यान्डविरुद्धको खेलमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनले २०१८ मार्च ३० मा अष्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट क्रिकेट खेलेका थिए । डी भिलियर्सले २००५ मा इंग्ल्यान्डविरुद्ध नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले २००६ मा अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यु् गरेका थिए ।
इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरका ब्याट्सम्यान डी भिलियर्सले ट्विटरमा लेखेका छन्, “सबै टिमका सहयात्रीहरू, प्रशिक्षक, फिजियो र सबै कर्मचारी साथीहरूलाई धन्यवाद दिन चाहन्छु । र, दक्षिण अफ्रिका, भारतलगायत मैले खेलेका सबै टिमबाट पाएको साथ सहयोग र हौसलाप्रति म आभारी छु ।”
आज सेभिल्ला र बार्सिलोना खेल्दै
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति शीर्ष चारमा रहेका दुई टिम सेभिल्ला र बार्सिलोना आमनेसामने हुँदैछन् । सिजनको दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा नेपाली...
टी-ट्वेन्टी विश्वकप बिजेता अस्ट्रेलियाले कति पायो रकम ?
टी ट्वेन्टी विश्वकप ईतिहाँसमा दोस्रो पटक फाइनलमा पुगेको अस्ट्रेलियाले अन्ततः १४ वर्षे लामो प्रतिक्षाको अन्त गर्दै उपाधि जित्यो । उपाधि जितेका अस्ट्रेलियाले कति रकम जित्यो होला?...
खेलकुद मन्त्रीको आइडियाले गर्यो कमाल ,अल्मुताइरी खुशिले गदगद
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई खुशिले फुरुङ्ग बनाइदिएका छन् । थप दुई वर्षका लाग सम्झैता नवीकरण गरेर नेपाल फर्किएका नेपाली फुटबल...
मेसीको जीवनको लुकेको पाटो सुन्दा कसको आँशु नर्झला ?
यो हप्ता विश्वभरका सञ्चारमाध्यमहरुले एउटा खबर प्राथमिकताका साथ प्रकाशनर प्रसारण गरे। प्रसिद्ध फुटबल खेलाडी मेस्सी अब स्पेनिस क्लब बार्सिलोनामा रहने छैनन् भन्ने यो खबरले संसारभर तरङ्ग पैदा...
बार्सिलोना छाडेसङ्गै मेस्सीले गुमाए यी रेकर्ड तोड्ने अवसर
पेरिस सेन्ट जर्माइनबाट खेल्ने सम्झौता गरेका मेस्सी यसक्रममा केही कीर्तिमानको नजिक पुगेर पनि त्यसलाई तोड्न असफल भए । यदी, उनी लामो समय बार्सामा बसेको...
पारसको जर्सी नम्बर ७७ अब राष्ट्रिय टिममा प्रयोग नगरिने
पारसले प्रयोग गरेको जर्सी ‘रिटायर्ड’ गर्ने निर्णय गरिएको हो । नेपालमा कुनै पनि खेलमा यस्तो गरिएको यो पहिलोपटक हो । पारसले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आएको...
मेस्सीले छाडे बार्सिलोना , अब कता
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ। बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा मेस्सीसँग...
जब मेस्सी फुटबलबाट सन्यास लिन्छन् तब उनको जर्सि नम्बर १० लाई सदाका लागि रिटायर गरिनुपर्छ- रोनाल्डिन्हो
मेस्सी र बार्सिलोनाबिच थप पाँच वर्षका लागि सम्झौता भएको भनिएको छ तर क्लबले यो कुरालाई आधिकारीक रुपमा घोषणा भने गरिसकेको छैन । यस्तोमा मेस्सी अझै पनि फ्रि एजेन्टको रुपमा...
मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई दिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । आफ्नो अभिव्यक्ति...
अमेरिकाले जित्यो गोल्ड कप
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सदुपयोग गर्न नसक्दा गोलको लागि अन्तिम समयसम्म कुर्न्नुपरेको थियो । सेट पिसमा केलिन अकोस्टाले दिएको बललाई रबिन्सनले गोलमा परिणत गरेका थिए । अमेरिकाले...
टोकियो ओलम्पिकः गौरिकाको खेल आज
टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले बुधबार आज १ सय मिटर फ्रिस्टाइलको पहिलो हिटमा प्रतिस्पर्धा गर्दैछिन्। उनको स्पर्धा नेपाली समयअनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ उनी रहेको हिटमा...
पेनाल्टीमा चुकेसंगै एम्बाप्पे र फ्रान्सको हार बारे के भन्छन फुटबल विज्ञहरु ?
गए राति विश्व च्याम्पियन फ्रान्स स्विजरल्याण्ड विरुद्ध पेनाल्टीमा चुक्दै अन्तिम १६ बाट बाहिरिएको थियो । पेनाल्टी दौरान निर्णायक पेनाल्टी प्रहार गरेका एम्बाप्पेको पेनाल्टी स्विजरल्याण्डका गोल रक्षक सोम्मेरले रोकेका थिए...