Otv Nepal मंगलबार, असोज ६ २०८३

एमाले महाधिवेशन :चुनाव भएमा हार्छु भनेर पहिल्यै कसरी कन्फर्म भए योगेश भट्टराई ?

  • otv nepal

    शनिबार, मंसिर ४ २०७८
  • नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको मिती अत्यन्तै संघारमा रहेका बेला अबको एमाले नेतृत्वको को आउँला र कस्तो आउँला भन्ने जिज्ञासा आम रुपमा एमाले नेता कार्यकर्तालाई मात्रै होइन राजनितीमा सामान्य मात्रै चासो राख्ने पनि हर कोहीमा रहेको छ ।

    केहि नामहरुलाई भने एमाले कार्यकर्ता र राजनितीमा चासो राख्ने एउटा तप्काले नजिकबाट नियालीरहेको छ । एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशन बाट यी मान्छेहरुको अवस्था के होला भनेर चासो राखिएको «नाम मध्यको एक नाम हो योगेश भट्टराई ।

    काठमाडौँमा भएको एमालेको नवौँ महाधिवेशन बाट भट्टराई माधव कुमार नेपाल प्यानल बाट सचिवमा निर्वाचित भएका थिए । दशौँ राष्ट्रिय महाधिवेशन सम्म आइपुग्दा एमालेको आन्तरिक राजनितीक जीवनमा निकै उताडचढाव आएको छ । त्यस बखत अध्यक्षमा प्रतिष्पर्धा गरेका माधव नेपाललेनै अहिले एमाले विभाजन गराएर नेकपा एसको अध्यक्ष बनेका छन् ।

    एमाले सचिव भए पछि भट्टराईलाई अध्यक्ष ओलीले प्रचार विभागको जिम्मेवारी दिएका थिए । अनेरास्वीयूको राजनिती बाट आएका भट्टराई पटक पटक संसदीय निर्वाचनमा काठमाडौँबाट पारजित भए पछि ताप्लेजुङ पुगेर २०७४को प्रतिनिधीसभाको निर्वाचनमा बाम गठबन्धन बाट विजयी भएका थिए ।

    भट्टराईको निर्वाचन क्षेत्रमै पुगेर एमाले अध्यक्ष ओलीले ताप्लेजुङवासीलाई तपाईहरु सांसद बनाएर पठाउँनुस म मन्त्री बनाएर पठाउँछु भनेर वाचा गरेका थिए । ढिलै भए पनि ओलीले आफ्नो वाचा पुरा गरेर संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी दिएका थिए तर उनी ओलीले पौष पाँच गते संसद विघठन गरे पछि राजिनामा दिएर माधव नेपाल र प्रचण्ड सँग लागेका थिए ।

    पछि एक कार्यक्रममा ओलीले भट्टराईलाई सार्वजनिक रुपमै वैगुनी केटो भनेर भनेका थिए । वैगुनी केटो अहिले पनि उनको उपनाम जस्तै बन्न पुगेका छ । रिस उठ्ने वित्तिकै हर कोहीले उनलाई सोही नामले गाली गर्ने ट्रेन्डनै चलेको देखिन्छ । माधव नेपाल प्रचण्ड तिर लागेर त्यस बखत ओली विरुद्ध चर्को भाषण गरेर हिँडेका उनी माधव नेपालले पार्टी विभाजन गर्दा भने नेकपा एस तिर लागेनन् ,एमालेमै रहे ।

    ओलीले मन्त्री बनाएको दिन योगेशको चर्चा यसरी चुलीएको थियो की उनलाई धेरैले नेकपाको भावी अध्यक्ष र भावी प्रधानमन्त्री सम्म बन्न सक्ने अनुमान गरेका थिए । व्यक्तीको क्षमताको परिक्षण पदमा भएका बेला गर्ने गरिन्छ उनले मन्त्रीको रुपमा औसत भन्दा राम्रो काम गर्न सकेनन् । उनले गोल्डेन चान्स त्यत्तीकै मिस गरेको भन्नेहरु धेरै रहेका छन् ।

    त्यस बेला माधव ,प्रचण्डसँग लाग्दा ओलीलाई केटा हो की केटी हो भनेर समेत चर्को भाषण गरेका भट्टराई अहिले फेरी माधव नेपालको पार्टी अवैध गर्भाधारण बाट जन्मिएको बच्चा हो भनेर उस्तै उग्र भाषण गर्न थालेका छन् । एमालेको महाधिवेशनमा ओली पक्षको मन जित्न उनले यस्तो रणनिती अपनाएको दावी राजनितिक विश्लेषकहरुले गरेका छन् ।

    आफैँले सांसद जिताएर ल्याएर मन्त्री बनाएको मान्छे अप्ठेरो बेलामा धोका दिएर गएकाले उ बेला ओलीले बैगुनी केटो नाम राखेका थिए यस पटक सबै वैगनु माफ गरेर फेरी गुन गर्न ओली तयार होलान् की नहोलान् भन्ने प्रश्न पनि उठेको छ । भट्टराईले यस पटक पनि आफु सचिव पदको आकांक्षी रहेको बताएका छन् तर ओलीले कुनै सिग्नल दिएका छैनन् ।

    सर्वसम्मत नेतृत्व चयन नभएमा भने योगशले निर्वाचनमा नमिठो पराजय बेहोर्नु पर्ने चर्चा राजनितिक बजारमा चलेको छ । चुनाव भएमा हारिन्छ भनेर उनी आफैँ पनि कन्फर्म भएको पाइएको छ । यो एमाले फुटाउँने मान्छे हो, माधव नेपालको मान्छे हो भनेर प्रतिनिधीहरुले भोट नदिने र आफुले चुनाव हार्ने भनेर उनी आफैँले बोेलेको अडियो रेकर्ड ओटीभी नेपाल डक कम सँग सुरक्षित रहेको छ ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend