नेकपा एमालेको दशौं महाभिवेशन नजिकिदै गर्दा अहिले महासचिवमा उपमहासचिव विष्णु पौडेल,शंकर पोखरेल र सुरेन्द्र पाण्डेको चर्चा छ । यो चर्चासँगै पार्टीभित्र बैचारिक नेताका रुपमा पहिचान बनाएका पोखरेललाई महासचिव बनाउन दबाब र अभियान शुरु भएको छ ।
हालै नेपालगञ्जमा भेला भएका सुदुरपश्चि, कर्णाली र लम्विनी प्रदेशका तीन दर्जन जिल्लाका अध्यक्ष, दुई दर्जन केन्द्रीय सदस्य लगायतको टोलीले पार्टी अध्यक्ष ओलीसमक्ष पोखरेललाई महासचिव बनाउन सामुहिक अपिल गरेका थिए ।
यस विषयमा अध्यक्ष ओलीले सकारात्मक सन्देश दिएको सहभागी एक केन्द्रीय सदस्य खेममान खड्काले बताए । पार्टीलाई बैचारिक रुपमा शसक्त ढंगले अगाडी बढाउन र पार्टीभित्र युवाहरुको मनोविज्ञानलाई दृष्टिगत गरी पोखरेललाई महासचिव बनाउन अध्यक्ष ओलीमाथि दबाब परिरहेको छ । युवा केन्द्रीय सदस्य र अखिलका पूर्वनेताहरु पोखरेललाई महासचिव बनाउन अभियान नै शुरु गरेका छन् ।
पार्टीभित्र बिचार निर्माण गर्नेनेताका रुपमा स्थापित पोखरेल पार्टीलाई गणतन्त्रको मुद्धामा डोर्याउने नेता हुन । पोखरेलले नै तत्कालीन महासचिव माधव नेपाललाई कन्भिन्स गरेर पार्टीलाई गणतन्त्रको पथमा लैजाने मुख्य भूमिका खेलेका थिए ।
माओवादीबिरुद्ध बैचारिक अभियानका मुख्य अगुवा पनि पोखरेल नै हुन । त्यसो त पार्टीको पाँचौ महाधिवेशनको अपिलको ड्राफ्ट गर्न तत्कालिन महासचिव मदन भण्डारीले पोखरेललाई जिम्मा दिएका थिए ।
पोखरेलले तयार पारेका ड्राफ्टलाई महासचिव भण्डारीले अन्तिम रुप दिएका थिए । जननेता मदन भण्डारीको नजरमा परेका पोखरेलले रविन्द्र अधिकारी स्ववियू काउन्सिलको अध्यक्ष हुँदा मदनको निधनपछि काउन्सिलले गरेको बिचार गोष्ठीमा जनताको बहुदलीय जनवादलाई बिचारका रुपमा अघि बढाउने कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसकार्यक्रममा युवराज ज्ञवालीलगायतका नेताहरुले भने त्यसलाई अस्वीकार गरेको प्रसँग त्यसबेलाका अखिलका नेताहरु सम्झन्छन् । त्यस्तै छैटौ महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन तयार गर्न हात्तिवन रिसोर्टमा तत्कालिन महासचिव माधव नेपाल, नेताहरु केपी ओली, ईश्वर पोखरेल, बामदेव गौतम लगायतका नेताहरु तीनदिन बसेका थिए ।
त्यहाँ शंकर पोखरेलले जवजलाई सिद्धान्तका रुपमा पार्टीले स्थापित गर्ने प्रस्ताव राखेपनि नेपालले नै मानेनन् भने बामदेव गौतमसँग पोखरेललको ठाकठुक नै परेको प्रसँग पनि पार्टीभित्र बेलाबखत नेताहरुले उठाउने गर्छन् ।
त्यो महाधिवेशन शक्ति संचयको कार्यनीतिको दस्तावेज ओलीको निर्देशनमा पोखरेलको अगुवाईमा भएको थियो । पार्टीभित्र नेतृत्वकारी विचारको निर्माण गर्ने पोखरेल जवजो एक मुख्य ब्याख्याकारको रुपमा परिचित छन् । सातौ महाधिवेशनमा संविधानसभा, राज्यको पुर्नसंरचनासम्बन्धी मुद्धा उठाउने पोखरेल एक हुन ।
निरन्तर साथ दिदै अफ्ठेरोमा पर्दा पनि साथ दिनेमध्ये शंकर पोखरेल र प्रदीप ज्ञवालीहरु नै हुन । यी दुई ओलीका असल र जनाधार भएका सारथीका रुपमा चिनिन्छन् । धेरैजससो पार्टीका दस्तावेज पोखरेल र ज्ञवाली मिलेर लेख्दै आएका छन् ।
ओलीको पार्टीलाई लोकतान्त्रिकरण गर्ने एजेण्डालाई दस्तावेजीकरण पनि यी दुबैले गरेका थिए । आठौ महाधिवेशनमा नेतृत्वले सर्वसम्मतिले पास गरेको दस्तावेजको मूल कन्सेप्ट नै विमति जनाउँदै महाधिवेशनमा पोखरेल, ज्ञवाली र विष्णु रिमाल मिलेर फरक प्स्ताव पेश गरे ।
इतिहासमा बिरलै हुने यस्ता घटना भयो, उनीहरुले प्रस्तुत गरेको फरक प्रस्ताव नै महाधिवेशनले पारित गर्यो । त्यसो त नवौँ महाधिवेशनको मुख्य दस्तावेज पोखरेलको सहयोगमा ज्ञवालीले तयार पारे ।
त्यसमा एउटा च्याप्टर मात्र झलनाथ खनालले तयार पारे तर, जस दिईयो घनश्याम भुसाललाई । भुसालले आफ्नो मार्केटिङ गर्दै पगरी गुथे । नवौँ महाधिवेशनपछिका दस्तावेज त प्रायः पोखरेल र ज्ञवालीले नै लेख्दै आएका छन् ।
बिचारका मामलामा मात्र होईन संगठनमा पनि पोखरेलको बलियो पकड छ । पार्टीलाई संकट पर्दा पहिलो खोजिने नेता हुन पोखरेल । पार्टीको भरपर्दो जनसंगठन अखिल पोखरेलले नेतृत्व गर्दा निकै शसक्त र प्रभावकारी थियो ।
प्रवास कमिटिीको काम व्यवस्थित पनि पोखरेलले नेतृत्व गर्दा थियो । पार्टीको कोर टिममा र जिल्लादेखि केन्द्रसम्म र संसदमा अहिले पोखरेलले नृतृत्व गरेका बखतका अखिलका नेताहरुको बर्चश्व देखिन्छ । पार्टी पुर्नगठन, व्यवस्थित र एउटै लयमा हिडाउने दृष्टान्त उनले लुम्बिनी प्रदेशबाट दिएका छन् ।
त्यसको त पार्टी स्कूल विभागको प्रमुख उनलाई नदिन प्रपञ्च भयो । त्यसपछि अध्यक्ष ओली प्रमुख र पोखरेल उपप्रमुख भए । उनी उपप्रमुख भएपनि प्रमुखकै रुपमा काम गरे । त्यसबेला पार्टी स्कूल व्यवस्थित, प्रभावकारी रसकृय बनेको सबै स्वीकार्छन ।
आर्थिक सामाजिक रुपान्तरण सम्बन्धी कार्यक्रम,समृद्धि सम्बन्धी सरकारका नीति तथा कार्यक्रम,विकास सम्बन्धी मोडलमा पर्दाभित्र रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै पोखरेल आएका छन् । तर उनले यसको जस लिन मार्केटिङ भने गरेनन् ।
विचार निर्माण गर्ने, आर्थिक सामाजिक रुपान्तरणका एक हस्ती,पार्टी संगठक पोखरेललाई महासचिव बनाउन पार्टीभित्र धेरैको चाहना देखिन्छ । पार्टीभित्र उज्यालो छवी भएका कुनै विादमा नपरेका पोखरेल महासचिव बन्दा पार्टी अझ शसक्त हुने धेरै कार्यकर्ताका चाहना बुझिन्छ ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...