Otv Nepal बिहिबार, असोज ८ २०८३

दिउँसै रात पार्न खोज्दा यसरी पंगु भए प्रचण्ड, प्रमाणनै बाहिरियो !

  • otv nepal

    बिहिबार, मंसिर ९ २०७८
  • नेकपा एमालेले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने घोषणा गरे सँगै निकै उफ्रिपाफ्री गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको त्यो पारा अझै सकिएको छैन ।

    एमालेले प्रचण्डलाई नै सिध्याउँनका लागी चितनवमा महाधिवेशन गर्न लागेको भनेर उनले पटक पटक अभिव्यक्ति दिएका छन् । चितवन आफ्नो मात्रै भएको भने जसो गरी प्रचण्डले भाषण गरिरहेका छन् तर उनले यो बिषयमा आफु पंगु भएको पत्तै पाएनन् ।

    गत प्रतिनिधीसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका तर्फबाट स्वयमं नेकपा एमालको सहयोगमा सांसद निर्वाचित भएका प्रचण्डले अहिले एमालेले महाधिवेशन गर्न लाग्दा मेरो क्षेत्रमा किन आयो भनेर रुवाबासी गुर्न आफँमा हासँउठ्दो कुरा रहेको छ ।

    एमाले अध्यक्ष केपी ओली देखी सबै एमाले नेताहरुले चितवनमा महाधिवेशन गर्नुका पछि प्रचण्ड फ्याट्र नरहेको दावी गर्ने गरेका छन् तर प्रचण्ड भने मलाईनै सिध्याउँन यसो गरिएको भनेर भन्दै आएका छन् । प्रचण्डलाई मनको बाघले खाएको एमाले नेताहरुको तर्क छ ।

    चितवनकै एमाले नेता देवी ज्ञवाली प्रचण्डलाई एमालेले सिध्याउँनै नपर्ने उनी आफैँ सकिने दाबी गर्दछन् । चितवनमा अहिले पनि हरेक हिसाबले एमालेनै सबैभन्दा ठूलो पार्टी भएको भन्दै ज्ञवालीले एमालेले चितवनमा महाधिवेशन गर्न किन नुहुने भनेर प्रश्न गरेका छन् ।

    ओटीभी नेपाल डटकम सँगको कुराकानीमा नेता ज्ञवालीले बरु प्रचण्डनै चाँही चितवनको लागी टुरिष्ट भएको आरोप लगाए । प्रचण्डले अहिले एमोलेले मेरो क्षेत्रमा महाधिवेशन गर्न लाग्यो भनेर कराइरहेका छन् त्यो कुरा पनि गलत भएको पाइएको छ ।

    एमाले नेता ज्ञवालीका अुनुसार महाधिवेशनको उद्घाटनसत्र हुने् स्थान नारायणी किनार एमाले सांसद कृष्णभक्त पोखरेल निर्वाचित भएको क्षेत्र हो भने बन्दसन्त्र हुने क्षेत्र सौराह क्षेत्र एमाले नेता सुरेन्द्र पाण्डे निर्वाचित भएको क्षेत्र हो । यसमा पनि प्रचण्डले दिउँसै रात पार्न खोजेको प्रमाणित भएको छ।

    एमालेले चितवनमा महाधिवेशन आयोजना गर्ने भनेपछि प्रचण्ड यसबीचमा ६ पटक त्यहाँ पुगिसकेका छन् भने पछिल्लो पटक त संघीय सरकार र प्रदेश सरकारका ७ जना मन्त्री तथा उच्च सरकारी अधिकारीहरुसहितको विकास वहस नै आयोजना गरेका छन् ।

    प्रचण्डले जतिपटक चितवन गए, त्यति नै पटक एमालेले आफूलाई सिध्याउन र माओवादी कमजोर पार्न निहुँ खोजेर महाधिवेशन गर्न लागेको बताएका छन् । उनले चितवनलाई माया गरेकोमा केपी ओली र एमालेलाई धन्यवाद समेत भनिरहेका छन् ।

    प्रचण्डको पटक पटकको अभिव्यक्तिको जवाफ ओलीले मंगलवार राधजानी काठमाडौंमा दिए । उनले प्रचण्ड उम्मेदवार भएको ठाउँमा एमालेले महाधिवेशन नै गर्न नपाउने हो भने ठाउँ खोज्नै मुस्किल पर्ने भनेर व्यंग्य गरे ।

    ओलीले भने, ‘रोल्पामा गरौं भने उहाँ पहिले नै त्यहाँ उम्मेदवार बनेको ठाउँ । सिराहा गरौं भने दोस्रो पटक उम्मेदवार बनेको ठाउँ । काठमाडौंमा पनि उहाँ उम्मेदवार बनिसक्नुभएको । पछिल्लो पटक उहाँ चितवनमा उम्मेदवार बन्नुभयो । अब उहाँ उम्मेदवार बनेको ठाउँमा महाधिवेशन नै गर्न नपाइने हो भने भोलि म त्यो बाटो हिड्दा पनि मलाई नै सिध्याउन आयो भन्नुहोला ।’

    प्रचण्डले भनेजस्तै एमालेले चितवनमा महाधिवेशन गरेर उनलाई र माओवादीलाई सिध्याउन खोजेको हो त ?के चितवन माओवादीका गढ हो ?एमालेले माओवादीलाई र प्रचण्डलाई नै कमजोर बनाउँदा उसलाई फाइदा हुने हो रुयसका धेरै आयाम छन् ।

    राजनीतिक दलको शक्ति मापन भनेको मूलरुपमा जनमतबाटै हुने हो । चितवनमा अहिलेसम्मका चुनावी नजिताहरुलाई हेर्ने हो भने प्रचण्डले दावी गरेजस्तो देखिन्न । चितवनमा आजको मितिमा पनि एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन् भने माओवादी तेस्रो शक्ति हो ।

    २०६४ सालको माहोलमा समेत चितवनमा क्लिन स्वीप गर्न नसकेको माओवादी त्यसयता खस्किँदै गएको जनमतहरुले देखाउँछ । २०७४ को स्थानीय चुनावमा कांग्रेसको सहायताले माओवादीले भरतपुरमा मेयर जित्न सकेको थियो, त्यो पनि मपतत्र च्यातेर दोस्रोपटक मतदान गराएपछिमात्र ।

    त्यसको लगत्तै भएको आम निर्वाचनमा प्रचण्ड आफैं एमालेको सहयोगमा सांसद जितेका थिए । प्रचण्डकै क्षेत्रमा पनि माओवादी तेस्रो दल हो । सो क्षेत्रमा प्रचण्ड उम्मेदवार हुँदा समानुपातिकतर्फ कांग्रेसले २६ हजार १३७,एमालेले २४ हजार १५५ र माओवादीले २२ हजार ९८८ मत पाएको थियो ।

    समग्र जिल्लाको समानुपातिक मत हेर्ने हो भने एमाले सबैभन्दा ठूलो दल छ । एमालेले ९३ हजार ५३४ मत पाउँदा माओवादी त्यसको आधाभन्दा कम अर्था ४२ हजार ८५१ मा सिमित भएको थियो भने कांग्रेसले माओवादीभन्दा करीव दोब्बर ८१ हजार १०४ मत पाएको थियो ।

    त्यसअघि स्थानीय चुनावको परिणाम हेर्दा पनि एमाले एक्लै सबैभन्दा ठूलो दल बनेको थियो । एमालेले महाधिवेशन गर्न लागेको पूर्वी चितवनका चारवटै नगरपालिकामा माओवादीले एउटा वडा सदस्य समेत जित्न सकेको थिएन भने एमालेले सबै नगरपालिका जितेको छ ।

    चितवनका ७ स्थानीय तहमध्ये राप्ती,खैरहनी,कालिका र रत्ननगर नगरपालिकामा प्रमुख उपप्रमुखसहित बहुमत एमालेले जितेको छ । त्यस्तै माओवादीले मेयर जितेको माडी नगरपालिकामा पनि उपमेयरसहित बहुमत एमालेको छ ।

    कांग्रेसको समर्थनमा माओवादीले भरतपुरको मेयर जितेको थियो भने कांग्र्रेसले इच्छाकामना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र भरतपुरको उपमेयर जितेको थियो ।

    जिल्लाभरका ९८ वडामध्ये एमालेले ५७ वडाध्यक्ष जित्दा कांग्रेसले ३५ र माओवादीले जम्मा ६ वटा वडाध्यक्ष जितेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । एमालेका निर्वाचित ४ जना वडाध्यक्षबाहेक अरु सबै सोही पार्टीमा देखिन्छन् ।

    चितवनमा एमालेले महाधिवेशन गरेर प्रचण्डलाई आगामी चुनाव सुरक्षित छैन भन्ने सन्देश दिन खोज्नु बेग्लै कुरा हो तर प्रचण्डले दावी गरेजस्तो एमालेको प्रतिस्पर्धी चितवनमा माओवादी होइन कांग्रेस नै हो । यदि झस्किने हो भने प्रचण्ड होइन कांग्रेस नेताहरु झस्किनुपर्ने थियो ।

    आजको अवस्थामा पनि प्रचण्डले चितवनबाट चुनाव जित्न कांग्रेस वा एमालेमध्ये एउटा पार्टीको सहयोग लिनुपर्छ । त्यसैले एमालेले महाधिवेशन चितवनमा गर्दैमा प्रचण्ड वा माओवादी कमजोर हुने भन्ने तर्कमा दम देखिँदैन ।

    बरु प्रचण्डले यहि मेसोमा ‘इमोसनल’ कुरा गरेर चितवनवासी र देशकै ध्यान आफूतिर खिच्न खोजेको भने बुझ्न सकिन्छ । एउटा के कुरा सत्य हो भने प्रचण्डका बाबु छोरीले नै आफ्नो शक्ति लगाएर चितवनको विकासका लागि बजेटको ओइरो भने लगाएकै छन् । त्यसको प्रतिफल भने चितवनबासीले नै महशुस गर्ने कुरा हो ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend