Otv Nepal बुधबार, साउन १३ २०८३

प्रचण्डको मुखबाट यति सुन्न बाँकी थियो त्यो पनी सुनियो

  • otv nepal

    बिहिबार, मंसिर १६ २०७८
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बोलीको ठेगान नभएका नेताका रुपमा चिनिन्छन् । अस्थिर नेताको आरोप लाग्ने गरेका उनले सोही व्यहोराको अभिव्यक्ति फेरी दिएका छन् ।

    केहि समय अघि मात्रै नेपाल आएका भारतीय रामदेव बाबालाई बैज्ञानिक क्रान्तिकारी भनेका प्रचण्डले अहिले राजा ल्याउँनु पर्छ भनेर खटिएको राष्ट्रिय प्रजातन्त्र पार्टी सँग आफ्नो गोत्र मिल्ने बताएका छन् । गोत्र मिल्न पनि सक्ला किनकी केहि समय अघि राष्ट्रपतीको भन्दा राजाको सान थियो भन्ने पनि प्रचण्डनै थिए ।

    मुलुकमा राजतन्त्र अन्त्य गर्न अग्रणी भूमिका निर्वाह गरेका दाहालले राजतन्त्र पुनस्र्थापना गर्नुपर्ने अजेन्डासहित अघि बढिरहेको राप्रपासँग आफ्नो गोत्र मिल्ने बताएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ। राप्रपाको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन्।

    यसअघि दाहालले पतञ्जली योगपीठको भवन उद्घाटन कार्यक्रमलाई मण्डीखाटारमा सम्बोधन गर्दै योगगुरु रामदेवलाई वैज्ञानिक र क्रान्तिकारी भनेका थिए। ‘सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला,अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदोरहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ,’ रामदेवको प्रशंसा गर्दै दाहालले भनेका थिए।

    सशस्त्र संघर्षताका माओवादीको निसानामा धार्मिक स्थल, धर्मगुरुहरूसमेत परेका थिए। दाहालको उक्त अभिव्यक्तिपछि कतिपयले युद्धकालमा माओवादीले पण्डित नारायण पोख्रेलको हत्या किन गरेको भन्दै प्रश्नसमेत गरेका थिए।

    गत असोज १४ गते माओवादी केन्द्र निकट विद्यार्थी संगठनको २२ औं सम्मेलनमा भावुक हुँदै दाहालले आफूसँग फेरि लडाइँ लड्ने वा आत्मसमर्पण गर्ने विकल्प भए पनि लडाइँ गर्ने अवस्था नभएको र आत्मसमर्पण पनि गर्न नसक्ने भन्दै तर सुसाइड गर्ने अर्को विकल्प भने रहेको बताएका थिए। तर आफू त्यसबाट अघि बढेको उनको भनाइ थियो। आफ्नो तर्कलाई बल पुर्‍याउन उनले आत्महत्या सबै नराम्रो मात्रै नहुने भन्दै माक्र्सका छोरी ज्वाइँले पनि आत्महत्या गरेको बताएका थिए।

    गत भदौ २३ गते सुरेश वाग्ले स्मृति दिवसमा बोल्ने क्रममा दाहालले माओवादीहरू बिग्रिसकेको बताएका थिए। ‘हामी बिग्रेका छौं। हामी अहिले व्यक्तिगत पद, प्रतिष्ठा, पैसा, स्वार्थ, समूह, गुट, बनाउने र आफूलाई व्यक्तिगत रुपमा सुरक्षित राख्ने जस्ता कुराबाट अलि बढी ग्रस्त छौं,’ उनले भनेका थिए।

    एमालेजस्तै हुने हो भने माओवादी पार्टी किन चाहियो भन्ने बहस उठेको उल्लेख गर्दै उनले यस्तै पार्टी रहिरहने हो भने बरु विघटन गरिदिए हुन्छ भनेका थिए।‘यस्तो पार्टी चलाएर हामी क्रान्ति गर्छौं भन्दै प्रतिक्रान्ति गर्नु भनेको जनतालाई धोका दिनु हो। बरु त्योभन्दा विघटन गर्ने हो कि भन्ने छलफल चल्न थालेको छ आजभोलि,’उनले भनेका थिए।

    भदौ ३० मा आयोजित पोष्टबहादुर बोगटी स्मृति दिवसमा बोल्ने क्रममा पनि उनले माओवादी हिजोको विरासतबाट विचलित भएको अभिव्यक्ति दिएका थिए। असोज ४ मा सूर्यनाथ राना यादव स्मृति दिवसमा धारणा राख्ने क्रममा दाहालले माओवादी पनि एमालेजस्तो हुन थालेको भन्दै पार्टीभित्र झुटमुट, बेइमानी, जालझेल, ठगठाग, जसरी पनि पद प्राप्त गर्ने, गुटैगुट र पद प्रतिष्ठाका लागि विचार, सिद्धान्त र निष्ठालाई पोलेर खाने प्रवृत्ति देखिन थालेको बताएका थिए। ‘माओवादीले पनि एमालेले जस्तै गर्न थालेपछि कतिपयले आफूहरूलाई खाओवादी भन्न थालेको उनको भनाइ थियो। ‘व्यवहारमा जनतालाई माओवादी, एमाले र कांग्रेस छुट्याउन गाह्रो भएको छ,’ उनले भनेका थिए।

    असोज ७ गते वाइसिएल पाँचखाल नगर सम्मेलनमा दाहालले माओवादीमा तल्लो तहका कार्यकर्ता नबिग्रिएको बताएका थिए। ‘चुनाव जितेका टाठाबाठा माओवादी बिग्रिए। जसलाई धेरै मन्त्री बनाएँ तिनै सबैभन्दा ठूलो भगौडा भए। भ्रष्टाचार खुब गरेको छ, ठगठाग गरेको छ, ठेक्कापट्टा पाउन मरिहत्ते गरेको छ। कमिसन खान मरिहत्ते गरेको छ तर मचाहिँ बिग्रिएको छैन भन्ने लाग्ने फेरि,’ दाहालको अभिव्यक्ति थियो।

    निरन्तर रुपमा पार्टी र आफूलाई निरीह रुपमा प्रस्तुत गरेका दाहालले यही मंसिर ८ गते कैलालीको भजनीमा आफू अहिले प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको भन्दै शक्तिशाली नै रहेको अभिव्यक्ति दिएका थिए।

    दाहालले सार्वजनिक रुपमा पार्टी बिग्रिएको भन्दै निरन्तर दिएका अभिव्यक्ति उनकै लागि प्रत्युत्पादक देखिन्छन्। पार्टीले गरेका राम्रो कामको जस लिने दाहालले पार्टी बिग्रिएको दोष भने नेता–कार्यकर्तामाथि थोपर्ने प्रयास गरेका छन्। दाहालले आफ्नै पार्टीका बारेमा दिएका अभिव्यक्ति विपक्षीका लागि उनी र माओवादीविरुद्ध प्रचारका हतियार बन्न सक्छन्।

    एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेपछि त्यसबाट चितवनलाई फाइदा नै हुने र आफू खुसी नै रहेको अभिव्यक्ति दिएका दाहालले मंसिर ४ गते रौतहटमा आयोजित एका कार्यक्रममा आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको बताएका थिए। त्यहाँ उनले भनेका थिए,‘अहंकारको चरमचुलीमा पुगेका खलनायकहरूले महाधिवेशन गर्दैछन् चितवनमा। उनीहरू प्रचण्ड ९दाहाल० र चितवनलाई माया गर्न गएका होइनन्।

    उनीहरू मलाई सिध्याउन त्यहाँ गएका हुन्।’ सामान्यत राजनीतिक रुपमा आफ्नो प्रभाव बलियो भएको अवस्थामा आफ्नो निर्वाचन क्षेत्रमा अर्को पार्टीले महाधिवेशन गर्दैमा उनी डराउनुपर्ने हुँदैनथ्यो। तर दाहालको अभिव्यक्तिमा शक्ति क्षयीकरण हुँदै गएको भनाइकै निरन्तरता देखिन्थ्यो।

    यही मंसिर ७ गते अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै दाहालले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने अभिव्यक्ति दिएका थिए। ‘शिक्षकले राजनीति गर्नु हुन्छ कि हुँदैन भन्ने कानुनी र संवैधानिक प्रश्न जस्तो बनाइएको छ।

    तर नेपालमा जति पनि पार्टीहरू छन्, सबै शिक्षकहरूकै योगदानका कारण छन्। राजनीतिक दलका योजना र कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरू नै हुन्। त्यसैले शिक्षकले राजनीति गर्न हुन्न भन्नु पार्टी सिस्टम नै कमजोर पार्ने कुरा हो’, दाहालले भनेका थिए। उनको यो भनाइको व्यापक आलोचना भयो।

    केही दिनअघि गृहजिल्ला पुगेका माओवादी नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारबाट तलब सुविधा लिने शिक्षकहरूले राजनीति गर्न नहुने अभिव्यक्ति दिएर दाहालको भनाइको खण्डन गरे। यसले दाहालले दिने अभिव्यक्ति उनकै पार्टी र निकटहरूलाई पनि चित्त नबुझेको देखिन्छ।

    कुनै समय थियो, दाहालको भाषण र अभिव्यक्ति सुन्न ठूलो संख्यामा मानिस आकर्षित हुन्थे। उनको बोलीमा निराशा, अस्थिरता वा अर्थहिनता हुँदैनथ्यो। तार्किक र मानिसमा उत्साह, ऊर्जा भर्ने विषयवस्तु भएका भाषण गर्दा दाहालले बोकेको विचारसँग सहमत नहुने मानिस पनि उनलाई सुन्न लालायित हुन्थे, उनका भाषणमा दम हुन्थ्यो। तर, पछिल्लो समयमा उनका अभिव्यक्तिमा आक्रोश, कुण्डा र निराशा बढी पाउन सकिन्छ। अहिले उनका अभिव्यक्तिमा ओज कमजोर हुनेमात्र होइन, कतिपय अवस्थामा गैरजिम्मेवारी पनि देखिन्छ। जसले गर्दा उनी आफ्नै बोलीको बोझ बोक्नुपर्ने अवस्थामा पुगेका छन्।

    राजनीतिक विश्लेषक हरि रोका नेताहरूमा विचारमा विचलन आउँदा यस्तो अवस्था सिर्जना हुने बताउँछन्। ‘नेताहरूको दिमागमा विचारधारा हुनुपर्ने हो। त्यो विचारधाराबाट प्रभावित भएर समाजको खाका तयार हुन्छ।

    त्यसकै आधारमा पार्टी बन्छ। तर जब नेताहरूमा विचारधाराहीन अवस्था आउँछ त्यसपछि उनीहरू दिमागमा जे आउँछ त्यही बोल्छन्,’ रोकाले भने। विचारधारामा विचलन आएपछि नेताहरूले यथास्थितिका बारेमा बोल्दै हिँड्ने र दाहाल पनि त्यसैको सिकार भएको रोकाको तर्क छ। ‘जब मान्छे विचारबाट बिथोलिन्छ, धेरै पुरानो होइन, बिहान के बोलियो भन्ने कुरा बेलुका उसले थाहा पाउँदैन,’ रोकाले भने

    नागरिक दैनिकको सहयोगमा

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend