राप्रपाको एकता महाधिवेशनमा बर्षौ देखी नेतृत्वमा जरो गाडेर बसेका कमल थापालाई हराएर अध्यक्ष बन्नु राजेन्द्र लिङ्देनका लागी सामान्य र चानचुने कुरो थिएन । थापालाई पराजयको स्वाद चखाउँदै राप्रपा अध्यक्षको फूलमाला पहिरिएका लिङ्देनको अहिले सर्वत्र चर्चा भइरहेको छ ।
नेकपा एमालेका अन्यन्तै लोकप्रिय पूर्वमहासचिव मदन भण्डारी जन्मिएकै गाउँमा जन्मिएका लिङ्देनले राजनितीमा अनेकौ हण्डर ठक्कर र आरोह अवरोह पार गर्दै आजको दिन सम्म आइपुगेका छन् । कयौँ पटक मृत्युको मुख बाट फर्किएका उनको राजनिनितक जीवन भने संघर्ष र प्रेरणाले भरिएको पाइन्छ ।
देशभर माओवादीको रगजग भएका बेला लिङ्देनले माओवादीको रामधुलाई नै खाएका थिए । माओवादीले निर्घात कुटपिट गरेर अब चाहीँ म र्यो भनेर झाडीमा समेत उनलाई फालिदिएको थियो । त्यस्तो कठिन अवस्था बाट फर्किएर उनले राप्रपाको संकटपुर्ण घडिमा देशभरबाट एक सिट मात्रै जित्ने सांसद मात्रै बनेनन् अहिले केन्द्रिय अध्यक्षनै बने ।
लिङ्देनले २०० मतले आफ्ना प्रतिस्पर्धी तथा लामो समय अध्यक्ष रहँदै आएका कमल थापालाई पराजित गरेका हुन् । गत बुधबार मंसिर १५ गतेदेखि काठमाडौंमा शुरू भएको महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानको परिणाम (आज) १९ गते प्राप्त भएको हो ।
लिङ्देनले १,८१७ मत प्राप्त गरेका छन् भने थापाले १,६१७ मत प्राप्त गरेका छन् । कुल मतदाता करिब ३८ सय रहेका थिए । त्यसमध्ये ४३१ मत बदर भएको श्रेष्ठले बताए । कमल थापाले सामाजिक सञ्जाल मार्फत् आफ्नो हार स्वीकार गरेका छन् । थापाले लिङ्देनलाई बधाइ समेत दिएका छन् ।
राप्रपा र राप्रपा संयुक्तबीच २०७६ फागुनमा भएको एकतापश्चात् पार्टीको यो पहिलो महाधिवेशन हो । गत हप्ता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता लिङ्देनले पछिल्लो समय राप्रपामा आवश्यक गतिविधि हुन नसकेको बताउँदै पार्टी नेतृत्व परिवर्तनमा जोड दिएका थिए ।
साथै आफ्नो दलको एजेण्डा लोकप्रिय भए पनि पार्टी प्रभावकारी रूपमा देखिन नसकेको असन्तुष्टि जनाएका थिए । लिङ्देनले हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनाको मुद्दा आफूले राम्रोसँग बोक्न सक्ने दाबी गत बुधवार भएको उद्घाटन सत्रमा गरेका थिए । लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङ्देन पुनः एकपटक चर्चामा आएका छन् ।
आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय मानिन्छन् । राजेन्द्र लिङ्देन आदिवासी समुदायका भएर पनि जातिय आरक्षणको विरोधी नेताका रूपमा चिनिने गर्छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीभएसँगै नेपालको पहिलो सङ्घीय संसदका सदस्य हुन् । वि।सं। २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघु ताप्लेजुङमा जन्मिएपनि राजेन्द्र लिङ्देनको बाल्यकाल भने झापामा बित्यो ।
उनको जन्मस्थल एमालेका दिवंगत महासचिव मदन भण्डारीकै जन्मगाउँ हो । राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुभारम्भ गरेका हुन् । झापालाई कर्मथलो बनाएका उनको राजनीतिक जीवन भने विद्यार्थी संगठन ९पञ्चायत–समर्थक० राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट सुरु भयो । राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन् ।
२०४६ को परिवर्तनपछि गठित राप्रपा राष्ट्रिय राजनीतिमा कमजोर भएपनि आफ्नो गाउँमा भने उनी लोकप्रिय थिए । लिङ्देनले २०४९ र २०५४ सालको चुनावमा उनको चुनावी क्षेत्रमा गोलधापमा वडाध्यक्ष विजयी भइ वडाध्यक्षको सफल कार्यभार सम्हालेका थिए । २०६०
सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङ्देन २०५६ सालको संसदिय चुनावमा चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो स्थानको मत पाएका लिङ्देन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजयलाई आत्मसात गर्नु परेको थियो । २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य हुँदै २०७० सालमा राप्रपा नेपालको महामन्त्री भए । २०७१ को पार्टी महाधिवेशनमा उनले केन्द्रिय सदस्यमा खुला तर्फ सर्वाधिक मत ९११०८ मत० पाएका थिए ।
यस्तै राजनीतिक यात्रा गर्दै जाँदा लिङ्देन यतिबेला झापा क्षेत्र नं। ३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका छन् । वि।सं २०७४ साल नेपालको आम निर्वाचनमा उनी झापा ३ निर्वाचन क्षेत्रबाट ४४,६१४ ९५६।५२ (प्रतिशत) मत ल्याएर निर्वाचित भएका थिए । उनी नेपाली
कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए । उनै लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै यतिबेला चर्चाको शिखरमा छन् । समान्य परिवारमा हुर्किएका उनी पञ्चायती राजनीति हुँदै बहुदल आएपछि
राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङ्देनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीको साख जोगाएका छन् । त्यसो त लिङ्देनले स्थानीय निर्वाचनमा पनि झापामा राप्रपाको साख जोगाएका थिए ।
माओवादी दन्द्वकालमा माओवादीले बम बिस्फोट गराई घर आगजनीसमेत गरिदिएका थिए । त्यसपछि उनी झापाकै बिर्तामोडमा बसोबास गर्न पुगेका थिए । पछि माओवादी द्वन्द्वकाल सकिएपछि पुनः गोलधापमै बसोबास गदै आएका छन् । पटक(पटक माओवादीबाट
भौतिक आक्रमणमा परेका लिङ्देनलाई अन्तिम पटक भने मरणासन्न हुनेगरी कुटेर अब मर्यो भन्दै झाडीमा समेत फालिदिएका थिए । राजा ज्ञानेन्द्रले सत्ता हात लिएपछि जिविस सभापति बनेका थिए त्यस बखत लोकपृय काम गरेका कारण जनताको मनमा बस्न सफल
भएका हुन् । उनी टुप्पाबाट पलाएको वा कसैको आशिर्वादले नेता भएका व्यक्ति होइनन् सानो उमेरदेखि राजनीतिमा संघर्षरत व्यक्ति हुन् ।
हाल राप्रपाका महामन्त्री समेत रहेका लिङ्देन राप्रपाको एकमात्र निर्वाचित सांसद हुन् । राप्रपा पटक(पटक विभाजन भएर जुट्दै आएको पार्टी हो । पछिल्लो पटक २०७६ सालमा पार्टी एकीकरण भएपछि तीन जनाको अध्यक्षतामा सामूहिक नेतृत्व निर्माण गर्दै राप्रपा एकता
महाधिवेशनमा गइरहेको छ । राप्रपा हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र र संघीयता खारेजीको एजेन्डा बोकेर राजनीति गरिरहेको शक्ति हो । पहिले गणतान्त्रिक धार बोक्ने समूह पनि अहिले हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा आइसकेको छ । पृथक तर स्पष्ट राष्ट्रवादी
दृष्टिकोणका कारण चर्चित बनेका लिङ्देन धर्मनिरपेक्षता, जातीय आरक्षण, सङ्घीयता र गणतन्त्रप्रति पूर्ण रूपले असहमतीका पक्षमा वकालत गर्दै आएका छन् । उनी नेपाली राजनीतिक वृतमा एक आशलाग्दो नेताका रूपमा चिनिएका छन् ।
नेपाल जस्तो न्यून आयश्रोत भएको मूलूकका निम्ति प्रदेश सरकार आवश्यकता नभएको प्रष्ट बताउने लिङ्देन बलियो स्थानीय तह र संघिय सरकार भए राज्यलाई व्यायभर कम हुने बताउँछन् । परिक्षण भईसकेको व्यक्तिलाई पटक पटक मौका दिएर समय वर्वात गर्नु भन्दा
नयाँलाई एक पटक मौका दिएर हेर्नुपर्ने उनको धारणा रहेको छ । राप्रपा महाधिवेशनको तयारी भइरहँदा उनले भनेका थिए, ‘अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबाट पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौं है भनेर हामीले
कार्यक्रम गरेका हौँ । धवल शमशेर राणाले मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको छ, त्यो म स्वीकार गर्छु र अधिवेशनबाट अध्यक्ष लड्ने घोषणा गर्दछु’, उनले भने, ‘म नेतृत्वलाई गाली गर्दिन, समयले परिवर्तन खोज्यो । त्यसैले अध्यक्षमा उमेदवारी घोषणा गरेको हो ।’ उनले
यसलाई विद्रोह नभई वाध्यात्मक कदम बताएका थिए । लिङ्देनले पुरानो नेतृत्वबाट राप्रपाका एजेण्डा स्थापित हुन नसकेको भन्दै युवापंक्तिलाई नेतृत्व सुम्पिनुपर्ने धारणासहित उम्मेदवारी घोषणा गरेका थिए ।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...