लामो समय देखी नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रशंसा गर्र्दै आएकी पूर्वमन्त्री एवं समाजसेवी ९१ बर्षिया भद्रकुमारी घलेको घरैमा पुगेर ओलीले भेटका छन् ।
अनेपेक्षित रुपमा ओली घरमै आइपुगे पछी घले चौपट्कै खुशि भएकी छिन् । श्रीमती राधिका जी मात्रै आउँने होला जस्तो लागेका थियो ओली जी नै पो टुप्लुक्क आइपुग्नु भयो भेटघाट सकेर ओली हिँडे पछि घलले ओटीभी नेपाल सँग भनिन् ।
जीवनमै पहिलो पटक ओली सँग प्रत्यक्ष भेटघाट र कुराकानी भएको बताउँदै घलले कुरा सुन्दा र प्रत्यक्ष भेट्दा आफुलाई निकै फरक लागेको बताइन् । घलेलाई सबैभन्दा आश्चर्य चाँही के कुरामा लागेको रहेछ भने उनी सँगको भेटमा ओली केही नबोलेकोमा ।
‘त्यत्ति धेरै प्यारप्यार बोलिरहने मान्छे म सँग भेट्दा खासै केहि बोलेनन् मैले आफ्ना कुराहरु राखेँ उनी गम्भिर भएर सुनीमात्रै राखे केहि कुराहरु टिपोट पनि गरे म त छक्कै परे बावु , त्यत्ति धेरै बोलीरहने मान्छको त्यस्तो रुप पनि देखियो’। घलले भनिन् । सम्वृद्ध नेपाल सुखि नेपाली ओलीलेनै बनाउँछन् मलाई पुरा विश्वास छ यत्तिको नेता नेपालमा अरु कोहि छैन ।
शनिवार दिउँसो पत्ती राधिका शाक्य सहित घले निवास मैतिदेवी पुगेका अध्यक्ष ओलीले करिब एक घण्टा त्यहाँ बिताएका थिए । घलेले निकै लामो समय देखी ओलीको काम गराई बाट आफु प्रभावित भएको भनेर बोल्दै आएकी थिइन् ।
दुई दिन अघि मात्रै ओटीभी नेपाल डट कमले समाजसेवी घलेको अन्तवार्ता प्रसारण गरेको थियो । अन्तवार्तामा घलेले आफ्नो अहिले सम्म ओली सँग प्रत्यक्ष भेटघाट कहिल्यै नभएको बताएकी थिइन् । ओली मान्छे मन परेर होइन काम मन परेर समर्थन गरेको भन्दै उनले प्रत्यक्ष ओली सँग भेटघाट पनि नभएको र कुराकानी पनि नभएको बताएकी थिइन् ।
ओटीभी नेपाल डट कमको न्युज पोर्टल , युटुव च्यानल र फेसबुक पेजमा प्रकाशन प्रसारण भएको अन्तवार्ता लाखौँ दर्शकले हेरेका छन् । दशौँ राष्ट्रिय महाधिवेशन बाट भारी मतका साथ अध्यक्षमा निर्वाचित भए पछि घलेले ओलीलाई दुई तिहाई मत सहित फेरी प्रधानमन्त्री बन्नका लागी आर्शिवाद पनि दिएकी थिइन् ।
आज भएको भेटघाटमा पनि घलेले फेरी पनि दुई तिहाई ल्याएर प्रधानमन्त्री बन्नका लागी आर्शिवाद दिएकी छिन् भने अहिले सम्म देश किन बनेन भनेर े आफ्ना कुरा राखेकी थिइन् । आज खासै केहि नबोलेका ओलीले घलेको कुरा निकै गम्भिरतापुर्वक सुनेर केहि टिपोट पनि गरेका थिए ।
ओली सँग भेटघाट पछि ओटीभी नेपाल डटकमले प्रतिक्रिया लिँदा घलेले यतिखेर आफुमा खुशीको सिमानै नरहेको बताइन् । मलाई त श्रीमती राधिका जी मात्रै आउँनुहुन्छ होला जस्तो लागेको थियो पहिले पनि आउँनु भएको थियो तर ओलीजीनै पो आउँनु भयो म त अचम्ममा परे घलले भनिन् ।
सबैतिर त्यति धेरै बोल्ने ओलीले आज केहि नबोलेको देखेर आफु छक्क परेको उनले सुनाइन् । मैले मात्रै आफ्नो कुरा राखे उहाँले सुनिरहँनु भो सन्चो विचन्चो सोधेर स्वास्थ्यलाभको कामना गरेर फर्कनु भयो म दंगदास छु बावु दंगदास । घलेले भनिन् ।
करिब एक बर्ष अघि ओटीभी नेपाल डट कमले पहिलो पटक तत्कालिन प्रधानमन्त्री केपी ओलीको बारेमा घले सँग पहिलो अन्तवार्ता गरेको थियो । पचास लाख भन्दा बढि पटक हेरिएको उक्त अन्तर्वाता हेरिएको थियो । सम्वृद्ध नेपाल सुखि नेपाली बनाउँने काम ओली बाहेक अरुले गर्न नसक्ने घलेले पटक पटक बताउँदै आएकी छिन् ।
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...