नेपाली काग्रेसका युवा नेता गगन कुमार थापा भारी मतका साथ नेपाली काग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन् । थापाकै टिमबाट सभापतीका उमेदवार बनेका शेखर कोइराला पराजित भइरहँदा थापाले झण्डै दुई तिहाइ मत सहित निर्वाचित भए पछि दुनियाँ चकित भएका छन् ।
रोचक पक्ष के छ भने आफ्नो प्यानल बाट सभापतीको उमेदवार रहेका कोइराला मात्रै पराजित भएनन् गगन सँग महामन्त्रीका अर्का उमेदवार बनेका मिनेन्द्र रिजाल समेत कन्तिविजोग तरिकाले पराजित भए । गगनले झण्डै दुई तिहाइ मत सहित महामन्त्री बाजी मार्दा रिजालले छ जना प्रतिष्पर्धीहरु मध्ये पाँचाँै स्थान मात्रै ल्याउँन सफल भएका थिए ।
नेपाली काग्रेस जस्तो गुट ग्रस्त राजनिती दलमा सबै गुटका मान्छेको विश्वास जितेर यति धेरै मत ल्याएर महामन्त्रीमा निर्वाचित हुनु पक्कै पनि चानचुने कुरा थिएन तर त्यो गगनले पुरा गरेर देखाएका छन् । यस्तो अवस्थामा उनले कसरी आफ्नो सपनालाई विपनामा परिणत गर्न सके भन्ने विभिन्न कोणबाट चर्चा परिचर्चा हुन थालेको छ ।
काग्रेस सभापतीमा नेतृत्व परिवर्तन नखोजेको तिनै महाधिवेशन प्रतिनिधीहरुले दिएको मतमा काग्रेसमा अन्यन्तै सेलिब्रेटी क्रेज बनाएका दुई युवालाई महामन्त्रीको चाबी बुझाएका छन् । काग्रेस भित्र जबर्जस्त उठिरहेको पुस्तान्रणको आंशिक आशा गगन र विश्वप्रकाशको बिजयले दिएको छ । युवा प्रतिको आशा र आकर्षणले गगनले महामन्त्रीमा बाजी मार्नका लागी काम गरेको भन्न सकिन्छ तर त्यति मात्रै होइन ।
नेपाली काग्रेस भित्र गगन थापा आफ्नो भाषणका कारण चर्चित छन् गगनलाई यो स्थान दिलाउँनका लागी उनको वाकपटुकताले निकै काम गरेको भन्न सकिन्छ गगन गर्जदा देशभरीका काग्रेसमा एकै पटक उर्जा प्रेषित गर्न सक्ने सामर्थ उनी राख्दछन् । थापाले महामन्त्रीमा बाजी मार्नुको अर्को खास कारण भने एमाले अध्यक्ष ओली रहेको पनि चर्चा बजारमा चल्न थालको छ ।
शक्तिको एउटा नियम छ शक्ति आर्जन गर्नका लागी आफु भन्दा शक्तिशाली शक्ती माथी प्रहार गर्ने, यो सिद्धान्तको उनले राम्रो सँग प्रयोग गर्न सफल भए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला र प्रधानमन्त्री बाट बाहिरिएर प्रतिपक्षी भएका बेला पनि थापाले ओली माथी निरन्तर प्रहार गरिरहे जसको कारण देशभरका काग्रेसहरु उनी सँग सकारात्मक हुन पुगे ।
संसद देखी सडक सम्म पटक पटक केपी ओली र गगन थापाको जुहारी परेको काग्रेस प्रतिनिधीहरुले देखेका थिए । आगामी निर्वाचनमा एमालेलाई कुचो लगाएर बढार्ने हो भनेर थापाले भक्तपुरमा पुगेर भाषण गर्दा ओलीले एक जना बावुले एमालेलाई बढार्ने भनेछन् भनेर प्रतिक्रिया दिएका थिए । थापाले बोलेको बिषयमा ओलीले प्रतिक्रिया दिँदा राम्रो कभरेज पायो र अन्तत त्यसको फाइदा गगनले उठाए ।
एमाले महाधिवेशनलाई ओलीवेशन भनेर समेत थापाले प्रहार गरेका थिए , हुँदा हुँदा थापाले के सम्म गरे भने महाधिवेशनको मुखमा आफ्नो अवधारणा पत्र प्रस्तुत गर्दै ओलीले अघि सारेको सम्वृद्ध नेपाल सुखि नेपाली जस्तै समुन्नत नेपाल सम्मानीत नेपालीको नारानै अघि सारे । हरेक कुरामा ओली सँग टक्कर लिन थाले पछि त्यसको प्रत्यक्ष लाभ उनलाई अहिले भएको विश्लेषण भएको छ ।
ओलीलाई गाली गरेरै बनाएको व्यक्तित्वले गगन थापाले काग्रेसको महामन्त्री सम्म निर्वाचित हुन त सफल भएका छन् अब उनको परिक्षणको कसी सुरु भएको छ । भाषणमा जस्तै काममा खरो उत्रन सक्छन् की सक्दैनन् यसले उनको भविश्यको राजनितीक गोरेटो तय गर्ने छ ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...