नेपाली काग्रेसको १४ आँै महाधिवेशनबाट कार्यकारी पद महामन्त्रीमा युवा नेताहरु गगन कुमार थापा र विश्वप्रकाश शर्मा भारी मतका साथ विजयी भएका छन् । थापा र शर्माको जितले नेपाली काग्रेस भित्र मात्रै होइन सिंगो राजनितीलाई नै तरंगित बनाइदिएको छ ।
नेपाली काग्रेस भित्र पुस्तान्तरण भयो भनरे खुशियाली छाएको छ भने यसको साइड इफेक्ट अन्य राजनितीतक दलमा पनि परेको छ। युवाहरुको सकारात्मक हस्तक्षेपले आम रुपमा सकारात्मकता प्रवाहित गरेको छ । काग्रेसजन मात्रै होइन अरु पार्टीका युवा नेताहरुले पनि गगन विश्वको बिजयमा दिल खोलेर सेलेब्रेसन गरिरहेका छन् ।
१३ औँ महाधिवेशमा पनि महामन्त्रीका उमेदवार बनेका गगन थापा यस पटक सो पदको स्वाभाविक हकदार देखिन्थे बलियो टिम बाट उनको उमेदवारी थियो भने विश्वप्रकाश शर्माले अन्तिम घडिमा देउवा प्यानल बाट महामन्त्रीको टिकट नपाए पछि विद्रोह गुर्न परेको थियो । एक किसीमले शर्माले चुनौतपुर्ण क्षणमा साहसिक निर्णय लिएका थिए ।
देउवाले पटक पटक शर्मालाई यस पटक सहमहामन्त्रीमा बसिदिन अनुरोध गरेका थिए तर शर्माले देउवाको आग्रह स्विकार गरेनन् र विद्रोहको झण्डा उठाए । यति सम्मकी केहि समय अघि काठमाडौँमा भएको एक कार्यक्रममा शर्माले विभिन्न प्रस्तावहरु राखेका थिए जसमा देउवाले शर्मा माथी कटाक्ष गर्दै आफु भन्दा ठुलो मान्छेलाई अर्ती नदिनु भनेर भनेका थिए । शर्मा अब देउवालाई अर्ति होइन चुनोती दिने ठाउँमा पुगेका छन् ।
विश्वप्रकाशले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा प्रतिष्पर्धा गरेर सानदार विजय हासिल गरेका छन् आफ्नो प्यानल बाट सभापतीको उमेदवारले ३००मत कटाउँन हम्मे परेका बेला शर्माले भने झण्डै २००० मत ल्याएका छन् । व्यक्तित्वको अगाडी गुटको प्रभाव भत्किएको मात्रै छैन सभापती शेरबहादुर देउवा प्याननल बाट महामन्त्रीमा उमेदवार बनेका प्रकाशशरण महत र प्रदिप पौडेल दुवै जनाको लज्जाज्सपद पराजय भएको छ ।
आज देउवाको अर्ती मानेर बसेको भए विश्वप्रकाश मुस्किलले सहमहामन्त्री सम्म बन्न सक्थे होला ,आफु भन्दा जुनियर गगन थापा महामन्त्री बनिरहँदा उनी देउवाको कृपाको सहमहामन्त्री बन्नु पर्ने थियो अहिले उनी कसैको कृपाले होइन विद्रोहको आँटले महामन्त्रीको कुर्सीमा आसिन हुन पुगेका छन् । विश्वप्रकाशको बिजय आफैँमा देउवाको नाकैँमा लागेको गतिलो झापड जत्तिकै शक्तिशाली छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चार वर्षसम्म प्रवक्ताका रुपमा साथ दिएका विश्वप्रकाश शर्माको अपेक्षा थियो, १४औं महाधिवेशनमा उनकै समूहबाट महामन्त्री लड्ने ।अर्को समूहबाट गगनकुमार थापा महामन्त्रीको उम्मेदवार भएकाले युवाहरुको मतका लागि पनि देउवाले आफूलाई अघि सार्नेमा उनी आशावादी थिए ।
तर सभापतिमा आफ्नो जित सुनिश्चित गर्ने नाममा देउवाले कृष्णप्रसाद सिटौलासँग सौदा गरे । सिटौला समूहका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका देउवाले विश्वप्रकाशलाई सहमहामन्त्रीको उम्मेदवार बन्न आग्रह गरे ।
त्यतिबेला विश्वप्रकाशसामु विकल्प थियो, आफूले नेविसंघको सभापति बनाएका प्रदीपलाई नेता मान्ने वा विद्रोह गर्ने । विश्वप्रकाशले विद्रोहको बाटो रोजे, जसलाई देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले अनुमोदन गरिदिएका छन् ।
२४ भदौमा वीपी जयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गरेको भएपनि महामन्त्रीका लागि शर्माले लामै तयारी गरेका थिए । पार्टीको प्रवक्ताका रुपमा कांग्रेस नेता, कार्यकर्ताको मन जितेका थिए, आफूलाई स्थापित गर्दै लगेका थिए । नेताहरुसँग पनि उनले आफ्नो आकांक्षा लुकाएका थिएनन् ।
तर धेरैले उनलाई पत्याएनन्, महामन्त्री भनेर सहमहामन्त्री पदमा चित्त बुझाउने अनुमान गरे । देउवा समूहमा महामन्त्रीका पदको दावेदार बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद भएकाले पनि देउवाले विश्वप्रकाशलाई अघि सार्लान् भन्नेमा धेरैको आशंका थियो ।
सधैं प्यानललाई भोट हालिरहेका प्रतिनिधिले यसपटक विश्वप्रकाशलाई जिताउनुको अर्थ अब मतदाता सचेत भइसके भन्ने हो – इन्द्रबहादुर बुढाथोकी, विश्वप्रकाशका सहपाठी एवं झापा क्षेत्र नं। १ का कांग्रेस सभापतिभयो पनि त्यस्तै । दोस्रो चरणको निर्वाचनमा जाँदा आफूविरुद्ध मोर्चाबन्दी हुन्छ भन्ने विश्लेषण गरेका देउवाले कृष्णप्रसाद सिटौलाको साथ खोजे । देउवाले उनलाई उपसभापति प्रस्ताव गरे, तर सिटौलाले प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने अडान राखे ।
देउवालाई विश्वप्रकाशभन्दा आफ्नो जित ठूलो लाग्यो, त्यसैले विश्वप्रकाशलाई छाडेर प्रदीप रोजे । निकटवर्तीहरुका अनुसार देउवाले खाँण र महतलाई महामन्त्रीको उम्मेदवार बनाएको भए पनि विश्वप्रकाश रोकिन सक्थे ।
तर आफूभन्दा जुनियर प्रदीपलाई महामन्त्रीमा अघि सारेपछि विश्वप्रकाशले देउवा समूहबाट विद्रोह गरे । त्यसपछि उनको स्वाभाविक रोजाइ डा शेखर कोइरालाको समूह थियो । गगन र विश्वप्रकाशको जोडी बनाउने चाहना यो समूहमा पनि थियो, तर समूह व्यवस्थापनमा समस्या भएपछि उनी त्यहाँ पनि अटाएनन् । उनले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिए ।
यो चरणमा उनले पटक पटक परीक्षा दिनुपर्यो । उम्मेदवारी दर्ता गर्दैगर्दा पनि कतिपयले आफ्नो उम्मेदवारीमा टिक्लान् र रु भनेर शंका गरे । देउवालाई समर्थन गर्नसक्ने अनुमान गरे । उनले त्यो परीक्षा पास गरे । महाधिवेशनमा युवा प्रतिनिधिको संख्या उल्लेख्य थियो, जसमा पार्टी नेतृत्वमा परिर्वतनको आकांक्षा थियो । त्यसलाई बुझेका उनले विश्वप्रकाशहरु ९युवाहरु०लाई मत दिन आग्रह गरे ।
मतदान सम्पन्न भयो, सभापतिको मतगणनामा संस्थागत दुई गुट नै बलियो देखियो । प्रकाशमान ९३७१० र विमलेन्द्र निधि ९२५०० ले पाएको मतका आधारमा धेरैले अड्कल गरे, विश्वप्रकाशले पनि धेरै मत ल्याउँदैनन् ।
तर बिहीबार विहान जब मतपेटिका खुल्यो, त्यसले धेरैलाई तरंगित बनायो । महामन्त्रीका ६ उम्मेदवारमध्ये गगन थापा पहिलो नम्बरमा रहँदा विश्वप्रकाश दोस्रो नम्बरमा रहे । मतगणनाका क्रममा प्रकाशशरण र प्रदीपले उनलाई पछ्याइरहे, तर भेट्टाउन सकेनन् । १९८४ मतका साथ उनी निर्वाचित भए ।
विश्वप्रकाशको जितले सभापतिमा दोहोरिएका देउवालाई सन्देश दिएको राजनीतिक विश्लेषक जुगल भर्तेल बनाउँछन् । ‘संस्थापन इतर समूहमा छाडेर देउवाका साथ दिँदा आलोचना खेपेका उनले विद्रोह गरेर उम्मेदवारी दिएपछि प्रतिनिधिहरुले पनि साथ दिए,’ भुर्तेल थप्छन्, ‘यो विद्रोहको राम्रै अनुमोदन हो ।’
विश्वप्रकाशका सहपाठी एवं झापा क्षेत्र नं १ का कांग्रेस सभापति इन्द्रबहादुर बुढाथोकी पनि सधैं प्यानललाई भोट हालिरहेका प्रतिनिधिले यसपटक विश्वप्रकाशलाई जिताउनुको अर्थ अब मतदाता सचेत भइसके भन्ने हो । भन्छन्, ‘यसपटक मतदाताले प्यानल होइन, विवेक प्रयोग गरेर विश्वप्रकाशलाई जिताएका छन् ।’
विगतमा गृहजिल्ला झापामा निरन्तर ‘अन्याय’मा पारेका कृष्णप्रसाद सिटौलाले यो पटक पनि रोक्न खोजेको कुरालाई महाधिवेशन प्रतिनिधिले अस्वीकार गरिदिएको राजनीतिक विश्लेषक भुर्तेल बताउँछन् । उनी भन्छन्, ‘यसमा शर्माको लोकप्रिय छविले पनि काम गरेको हो ।’‘झोलामा राजनीतिक पर्चा बोकेर हिँड्थे’
झापाका विश्वप्रकाश राजनीतिक परिवारका सदस्य हुन् । उनका बुबा पर्शुराम भण्डारी पनि कांग्रेसका नेता थिए । पञ्चायत कालमा पार्टी भूमिगत भएका बेला उनी झापा जिल्ला सदस्य थिए ।
‘राजनीतिक परिवारको सदस्य भएकाले पनि होला, उहाँमा सानैदेखि राजनीतिक चेतना थियो’ शर्माका सहपाठी बुढाथोकी भन्छन्, ‘मलाई अझै याद छ, कक्षा ४ मै पढ्दा उहाँको झोलामा राजनीतिक पर्चाहरु हुन्थ्यो ।’
धुलाबारी माविमा कक्षा ८ मा पढ्दा उनी नेविसंघको इकाइ सभापति भए । राजनीतिमा शर्माको औपचारिक प्रवेश त्यहीँबाट भयो । २०४३ मा झापाको मेची क्याम्पसमा नेविसंघको सभापति बने भने २०४७ सालमा जिल्ला सभापति ।त्यसको एक वर्षमा उनी नेविसंघको केन्द्रीय सदस्यमा चुनिए । २०५३ सालमा महामन्त्री बनेका उनी चार वर्षपछि नेविसंघको सभापति बने ।
दुई वर्षे कार्यकाल सकिनु एक साताअघि निर्वाचन गराएर गुरु घिमिरेलाई पद हस्तान्तरण गरे । घिमिरेलाई कुर्सीमा बसाएपछि झ्यालबाट डुब्दै गरेको घाम देखाउँदै उनले भनेका थिए, ‘हेर आज घाम डुब्यो, अब नेविसंघको नेतृत्व गरेको दुई वर्ष पुग्यो, अब तिमीहरुले नेतृत्व गर्नू ।’
२०६७ सालमा भएको कांग्रेसको १२ औं महाधिवेशनका क्रममा उनी पार्टीको झापा जिल्ला सभापतिका लागि उम्मेदवार बने । तर कृष्ण सिटौला पक्षका उम्मेदवार उद्धव थापासँग झिनो अन्तरले पराजित भए ।
जिल्लामा हारेका उनले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न चाहेनन् । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य चुनिए । २०७४ को आम चुनावमा झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भए ।
आम चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि धनराज गुरुङ, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल लगायतका युवाहरुले नेतृत्व परिर्वतनको एजेण्डा उठाए । त्यसको काउन्टरमा सभापति देउवाले पुस २०७४ मा विश्वप्रकाशलाई पार्टी प्रवक्ता बनाए । यसले युवा समूहमा फुट मात्र आएन, कांग्रेसमा नेतृत्व परिर्वतनको एक हदसम्म रोक्न सफल भए ।
तर महाधिवेशनलाई टार्न सक्ने अवस्था थिएन, जहाँ देशभरबाट आएका प्रतिनिधिहरुले विश्वप्रकाश र गगनलाई महामन्त्रीमा निर्वाचित गरेर नेतृत्व परिर्वतन आवश्यक छ भनेर सन्देश दिएका छन् । नवनिर्वाचित महामन्त्री विश्वप्रकाश भन्छन्, कांग्रेस जसरी हिजो चलेको थियो, अब त्यसरी चल्दैन । कांग्रेस रुपान्तरित भएर जान्छ ।’
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...