Otv Nepal शनिबार, असोज १० २०८३

बजारमा नयाँ ट्रेन्ड ‘पहरोमा गएर कुहिनो ठोक्दा के हुन्छ सिटौलालाई सोध्नु’ !

  • otv nepal

    शुक्रबार, पुष २ २०७८
  • नेपाली काग्रेसको १४ महाधिवेशनले केहि नेतालाई नेपाली नेपाली राजनितिक आकाशमा जबर्जस्त उदाएको छ भने केहि नेतालाई लगभग अस्ताउँने दिशा तर्फ धकेलेको छ , यो महाधिवेशनमा नमज्जा सँग थचारिन पुगेका एक नेता हुन् ,कृष्णप्रसाद सिटौला ।

    नेपाली काग्रेसको १३ औँ महाधिवेशन बाट नै छुट्टै गुटको पसल थापेर बसेका सिटौलाले त्यस बेला राम्रै व्यापार पनि गरे । तत्कालिन संस्थापन धारमा रहेका सिटौलाले छुट्टै सभापतीको उमेदवार बनेर दोस्रो चरणको निर्वाचनमा अहिले प्रकाशमान सिंह स्टाइलमा देउवालाई सहयोग गरेर सभापती जिताएका थिए। आफुँ सँग निर्णायक मत छ भनेर फाँइफुर्ती लाउँदा लाउँदै गोजी रित्तो भएको उनले पत्तै पाएनन् ।

    यस पटकको महाधिवेशनमा सिटौला आफैँ नउठेर युवा नेता प्रदिप पौडेललाई आफ्नो उत्तराधिकारीको रुपमा अघि सारेका थिए , मुखले काग्रेस भित्रको वैचारिक गुट भने पनि व्यवहारले सिटौला गुट अवसरवादी मुकुण्डोधारी समूह भन्ने प्रमाणित भैसकेकै थियो यस पटक त उदांगो नै भएर आएको छ । जसरी भए पनि गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्री बन्न बाट रोक्न न्वारन देखीको बल लगाएका उनी अहिले मुर्छित हुनु पर्ने अवस्था आएको छ ।

    अघिल्लो महाधिवेशनमा सिटौला प्यानल बाटै महामन्त्रीको उमेदवार बनेका गगन थापाले प्यानल परिवर्तन गरेर महामन्त्रीको उमेदवार बनेका थिए सिटौलालाई सबैभन्दा ठूलो प्रतिशोध गगन थापा सँग थियो थापालाई हराउँनैका लागी उनले देउवा सँग सोदाबाजी गरेर प्रदिप पौडेललाई संस्थापन प्यानल बाट उमदेवार बनाएका थिए तर हिसाब फेल खायो ।

    सार्वजनिक मंच बाटै सिटौलाले अब आफुले युवालाई बोक्ने भन्दै प्रदिप पौडलेको प्रचार गरेका थिए त्यो प्रदिप प्रतिको माया कम र गगन प्रतिको प्रतिशोध धेरै थियो । यता एउटै जिल्लाबासी रहेका विश्वप्रकाश शर्मा सँग सिटौलाको सदाबहादर लफडा छँदै थियो यता गगनलाई पनि काउण्टर हुने र विश्वप्रकाशको भाग पनि खोसिने रणनितीमा उनले प्रदिप पौडेललाई महोरा बनाएका थिए तर उनी नमज्जा सँग गुल्टीए ।

    सिटौलाको क्याल्कुलेसनलाई धुलो चटाउँदै काग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापा र शर्मा विजयी भए पछि सिटौला समाजिक संजाल प्रयोगकर्ताहरुको तारोमा परेमा छन् । उनको चर्को आलोचना गर्दै कतिपयले पहरोमा गएर कुहिनो ठोक्दा के हुन्छ सिटौलालाई सोध्नु भनेर प्रश्न गरिरहेका छन् ।

    सिटौलाले प्रदेश १, कम्तीमा तीन जिल्ला र पालिकाहरुमा आफ्ना मान्छे सेटल गराउन सके। तर यो पटकको केन्द्रीय महाधिवेशनमा भने सिटौलाको व्यक्तित्व छरपस्ट हुने गरी पोखियो।

    झापाबाटै उदाएका विश्वप्रकाश शर्मालाई पार्टी राजनीतिमा रोक्न सिटौलाले हरसम्भव प्रयास गरिरहेका छन्। यो महाधिवेशनमा पनि सिटौलाले देउवासँग मिलेर त्यही चाल चाले।

    २०७४ को निर्वाचनमा विश्वप्रकाश र सिटौलाले एकअर्कालाई सघाउन नसक्दा दुवै क्षेत्र गुमेको थियो।सिटौला अझै पनि विश्वप्रकाशसँग झापाको राजनीतिक तुष साँध्न खोजिरहन्छन्। यो महाधिवेशनमा पनि झापाको राजनीतिक इगो देखाउन खोज्दा सिटौला नराम्ररी पछारिएका छन्।

    सिटौलाले यो महाधिवेशनमा देउवासँग मिलेर एक तीरले दुई सिकार गर्न खोजे। ती सिकारमा एक थिए झापाकै विश्वप्रकाश र काठमाडौंका गगन थापा। त्यो तीरका रुपमा सिटौलाले देउवासँग मिलेर प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएर अघि सारेका थिए।

    निरन्तर राजनीतिक उचाई लिइरहेका विश्वप्रकाश र आफैंसँग विद्रोह गरेर शेखर प्यानलमा पुगेका गगन थापाविरुद्ध संस्थापन समूहबाट सिटौलाले महामन्त्रीमा प्रदीप पौडेललाई अघि सारेका थिए। तर पौडेलले पनि नराम्रो हार भोगेपछि सिटौलालाई तनाव भएको छ।

    सिटौलाले निषेध गर्न खोजेका दुवै पात्रलाई कार्यकर्ताले भने भारी मतसहित महामन्त्रीमा विजय गराइदिए। सिटौलाकै कारण देउवाले महामन्त्रीमा दुवै पद गुमाए।

    सिटौलाले रोक्न खोजेका दुवै पात्र अब कांग्रेसको संगठन हाँक्ने चाबी भएको ठाउँमा पुगेका छन्। उता देउवा प्यानलबाट उठेका सिटौलानिकट प्रदीप पौडेल भने यो महाधिवेशनबाट अस्वीकृत भएका छन्।

    विश्वप्रकाश र गगनले महामन्त्रीमा जितेपछि उनीहरुलाई छेक्ने सिटौलाको प्रतिशोधको राजनीतिमा नराम्ररी धक्का लागेको छ। महामन्त्रीको नतिजापछि प्रदीप पौडेललाई पनि संस्थापनले असहयोग गरेको देखिएको छ।

    यसअघिसम्म मनोनित हुने गरेका महामन्त्रीहरू यो महाधिवेशनमा सिधै निर्वाचित भए। सभापतिपछिको चर्चित यो पदमा दुई आकर्षक नेता आएसँगै यसको चर्चाको दायर अझै फराकिलो भएको छ।

    पछिल्लो विधानले पार्टीमा महामन्त्रीलाई थप शक्तिशाली बनाएको छ। यस्तो अवस्थामा आफूले निषेध गर्न खोजेकै व्यक्तिहरू महामन्त्री बनेपछि सिटौलालाई अब पार्टीभित्र आफ्नो अस्तित्वका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको छ।

    तेह्रौँ महाधिवेशनमा विश्वप्रकाश देउवा प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि देउवाले विश्वप्रकाशलाई प्रवक्ताको जिम्मा पनि दिए।प्रवक्ताको जिम्मेवारी जुनसुकै सङ्गठनमा संस्था प्रमुखसँग निकट सम्बन्ध भएकालाई दिने प्रचलन छ। तेह्रौँ महाधिवेशनपछि प्रवक्ताको जिम्मा पाएर विश्वप्रकाशले देउवासँगको निकटता पुष्टि गरेका थिए।

    पार्टी प्रवक्ताका रूपमा सभापति देउवाका गल्ती कमजोरीको बचाऊ गर्दै बसेका विश्वप्रकाशलाई अन्तिम समयमा उनैले समेटेनन्। गत भदौमा सुन्दरीजल पुगेर विश्वप्रकाशले एक्लै महामन्त्रीमा लड्ने घोषणा गरेपछि देउवा रिसाएका थिए।

    त्यस्तोमा आफूलाई विस्थापित गर्न पौडेल-कोइराला समूह तम्तयार रहेको बुझेपछि सिटौलासँग रातारात अँगालो हाले। सिटौलासँग देउवाको गठजोड बनेपछि विश्वप्रकाश त्यहाँ अटेनन्। सिटौलाले देउवा पक्षका कयौँ सिनियर नेताको चित्त दुख्ने गरि प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेसँगै विश्वप्रकाश त्यहाँ अटेनन्।

    देउवाले एक पद सिटौलालाई दिएपछि अर्को महामन्त्री पदमा डा। प्रकाशशरण महतलाई अघि सारे। देउवा-सिटौला गठजोड बनेपछि विश्वप्रकाश शेखरसम्म नपुगेको होइन तर दुवै मुख्य प्यानलमा नसमेटिएका उनले प्रकाशमानसँग मिलेर महामन्त्री लड्ने घोषणा गरे। विश्वप्रकाश र गगनविरुद्ध राजनीतिक तुष साँध्ने क्रममा सिटौलाले सभापतिमा देउवालाई समर्थन गरेर महामन्त्री पदमा पौडेललाई अघि सारेका थिए।

    विपी कोइरालाको जन्म जयन्ती पारेर गत भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा विश्वप्रकाशले गरेका थिए। तर सिटौलाले तुष मेट्न संस्थापनको ‘टिकट’ आफूसँग लिएर विश्वप्रकाशलाई एक्लो पारिदिए।

    देउवा समूहमा नपर्ने निश्चित भएपछि शर्माको चर्चा कोइराला समूहमा पनि भएको थियो। तर त्यहाँ पनि मीनेन्द्र रिजाल र गगन थापाको नाम परेपछि शर्मा यस पटक तेस्रो धारका रूपमा देखिएका प्रकाशमान सिंहको फेरो समात्न बाध्य भएका हुन्।

    विश्वप्रकाश र सिटौलाको तुष झापाकै राजनीति देखि हो। बाह्रौं महाधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार बनेका विश्वप्रकाशलाई हराउन त्यति बेलैदेखि सिटौला सक्रिय थिए। त्यसबेला सिटौलाले उद्धव थापालाई समर्थन गरेर शर्मालाई जिल्ला सभापतिमा हराइदिएका थिए।

    विश्वप्रकाशलाई मात्र होइन, गगनलाई समेत काउन्टर गर्न सिटौलाले प्रदीपलाई आफ्नो कोटामा संस्थापन समूहको महामन्त्रीको टिकट दिलाए। १३ औँ महाधिवेशनमा तेस्रो धारका रूपमा उदाएको सिटौलाको प्यानलबाट गगन महामन्त्रीको उम्मेदवार बनेर हारेका थिए। तेस्रो धारको शक्ति भन्दै देउवा र पौडेलसँग सिटौलाले बार्गेनिङ बाहिरिएका बेला सिटौला त्यही बेला थापाले आफ्नो समूह छाडेकामा रुष्ट थिए।

    आफूलाई साथ नदिएकै कारण थापा उठ्ने पदमा सिटौलाले देउवा प्यानलबाट कोटा लिएका थिए। जसरी पनि महामन्त्रीको कोटा लिएर शर्मा र थापालाई देखाइदिने सिटौलाको रणनीति फेल खायो।तेह्रौं महाधिवेशनमा सभापतिमा पराजित सिटौलाले चौधौं महाधिवेशनमा राजनीति हार भोग्दा गगन र विश्वप्रकाशले महामन्त्रीमा हल बाँधेर नेतृत्वमा पुग्ने खाका कोरेका छन्।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend