Otv Nepal आइतबार, असोज ११ २०८३

बदला त यस्तो होस् जुन धनराज गुरुङले देउवा सँग लिए !

  • otv nepal

    शुक्रबार, पुष २ २०७८
  • नेपाली काग्रेसको १४ महाधिवेशनबाट केहि नेताहरु चम्कीलो हुँदै उदाए भने केहि नेता अस्ताउँने बाटोमा लागेका छन् । हेपीएर दबिएर कुनामा रहेको एउटा आवाज फेरी चम्किलो भएर निस्कीएको छ जुन आवाज हो धनराज गुरुङको ।

    राजनितीलाई लामो दौड मानिन्छ निरन्तर धैर्यता राखेर दौडिरह्यो भने एक दिन अवस्थ सफल बनिन्छ भन्ने कुराको असली उदाहरण बनेका छन् धनराज गुरुङ । पार्टी भित्रको चरम अन्याय अत्याचार र पेलाई सहेर बसेका उनलाई महाधिवेशन प्रतिनिधीहरुको मतले काग्रेसको उपसभापती बनाएको छ, त्यो पनि बिजय कुमार गच्छादरलाई हराएर ।

    सत्ताका धुरन्धर खेलाडी गच्छादरलाई रोक्दै गुरुङ दुई मत अन्तरले नेपाली काग्रेसको उपसभापतीमा निर्वाचित भएका छन् ,यो दिन सम्म पुग्नलाई भने उनले निकै संघर्ष र पेलान सहनु परेको छ । उनी माथी भएको अन्यायको महाधिवेशन प्रतिनिधीहरुले एकै पटक व्याज सहित असुल हुने गरि उठाइदिएको चर्चा चल्न थालेको छ ।

    यो महाधिवेशनमा उपसभापती निर्वाचित त के उमेदवार पनि बनिन्छ भन्ने सायद उनलाई लागेको थिएन होला तर पार्टी भित्र त्यसमा पनि संस्थापन इतर समुह भन्नेहरुको विचमा भएको किचलोले उनलाई यो ठाउँमा पुर्याएको छ । संस्थापनइतर समूह एक भएर देउवा सँग प्रतिष्पर्धा गरेको भए गुरुङले उपसभापतीको टिकट नपाउँन सक्दथे ।

    युवा र लोकप्रिय अनुहारहरुलाई लिएर शेखर कोइरालाले प्यानल बनाएका थिए जसमा चन्द्र भण्डारी र धनराज गुरुङलाई उपसभापतीको उमेदवार बनाइएको थियो । झण्डै झण्डै धाँधली गरेर हराउँन खोजि सक्दा उनी आफैँ चनाखो भएर मतगणना स्थलमा गएर बसेका कारण जित निकालेका थिए । अहिले उपसभापती भएका गुरुङलाई शेरबहादुर देउवाले गत प्रतिनिधीसभाको निर्वाचनमा सांसदको टिकट समेत पत्याएका थिएनन् ।

    २०७४ सालको संसदीय निर्वाचन उनका लागि सुखद भएन । संस्थापनइतर समूहमा सक्रिय गुरुङलाई सभापति देउवाले सांसदको टिकट समेत पत्याएनन् । गृहजिल्ला स्याङ्जामा गोपालमान श्रेष्ठ र राजु थापाले टिकट पाउँदा गुरुङ रोकिए । केन्द्रीय सदस्य भइसकेका उनलाई कांग्रेसले समानुपातिकमा समेत राखेन । युवापुस्तामा लोकप्रिय रहेका गुरुङलाई सभापति देउवाले सांसदको टिकटसमेत नपत्याउँदा धेरैले आश्चर्य मानेका थिए । गुरुङझै टिकट रोकिएका बद्री पाण्डे, सुरेन्द्रराज पाण्डेलगायतका नेताले राष्ट्रियसभामा अवसर पाए तर उनले पाएनन् ।

    काग्रेसको १२ औं महाधिवेशनमा जनजाति तर्फबाट केन्द्रीय सदस्य जितेका गुरुङले १३ औं महाधिवेशनमा आरक्षणमा प्रतिस्पर्धा गरेनन् । एकपटक आरक्षणबाट लडिसकेकोले अघिल्लो महाधिवेशनमा उनी खुलातर्फको केन्द्रीय सदस्यको प्रत्यासी बने । अधिकांशले धनराजको निर्णय प्रत्युत्पादक हुने चेतावनी दिएका थिए तर उनी २५ मध्ये सातौं नम्बरमा रहँदै केन्द्रीय सदस्यमा विजयी भए ।

    विद्यार्थी राजनीतिबाट उदाएका गुरुङ सरल नेता मान्छिन् । सार्वजनिक कार्यक्रमहरूमा जाँदा माला खादा लगाउँदैनन् । जिल्लाका कार्यक्रममा जाँदा महंगा होटलमा बस्दैनन् । कार्यकर्ताकै भान्छाको खान्छन्, तिनकै घर सुत्छन् । संविधानसभाको दुवै कार्यकालमा उनले सक्रियता देखाए । लेखा समितिमा रहँदा भ्रष्टाचार र अनियमितताका फाइलहरू खोल्न लगाए । संसदीय समितिमार्फत गुरुङले राज्यस्रोतको दोहनविरुद्ध निरन्तर खबरदारी गरे ।

    डा शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन् । उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन् ।

    तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भयो । स्याङ्जासँगै पोखरामा समेत बसोबास भएका गुरुङलाई उपनिर्वाचन लड्न दबाब आयो । उपनिर्वाचनमा कांग्रेसले गुरुङलाई उम्मेदवार बनाउने चर्चा तीब्र थियो तर त्यसमा पनि उनी रोकिए । सभापति देउवा असहमत देखिएपछि बुढानिलकण्ठबाटै गुरुङले ‘आफू रेसमा नरहेको’ बताएका थिए । बारम्बार रोकिएका गुरुङ अब उपसभापतिका रुपमा कांग्रेस केन्द्रीय कार्यालय प्रवेश गर्नेछन् ।

    कांग्रेसमा दोस्रो वरीयतामा रहने पदमा धनराजको ईन्ट्री सभापति देउवाका लागि ‘स्वभाविक’ हुनेछैन । यद्यपि महाधिवेशन प्रतिनिधिहरुको मन जितेर धनराजले कांग्रेस राजनीतिको केन्द्रमा आफूलाई स्थापित गरिसकेका छन् ।

    डा शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन् । उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, भाद्र १७ २०८३

    विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ

    विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...

    प्रकाशित: बुधबार, भाद्र १० २०८३

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो १० निर्णय

    सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

    सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...

    प्रकाशित: बिहिबार, साउन २८ २०८३

    आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स

    रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend