नेपालका प्रमुख राजनितीक दलहरुले धमाधम महाधिवेशन गरिरहेका छन् । नेकपा एमाले , राप्रपा , र नेपाली काग्रेसको महाधिवेशन सकिएको छ भने माओवादी केन्द्रको महाधिवेशन काठमाडौँमा जारी छ । माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्रमा केहि फरक पन देखिएको छ ।
यस अघि राप्रपा र काग्रेसको महाधिवेशनमा कम्युनिष्ट नेताहरु विचको घोचपेच निकै देखिन्थ्यो काग्रेस महाधिवेशनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुलाई चोर भने पछि उत्पात भएको थियो भने राप्रपाकै महाधिवेशनमा प्रचण्ड र माले महासचिव सीपी मैनाली विच जुहारीनै चल्यो तर माओवादी महाधिवेशन मा त्यस्तो भएन ।
नेताहरुले बोल्न नजान्दा मान्छे हास्ँनु अलग कुरा तर नेताहरुले एक अर्कालाई घोचपेच कम र हार्दिकता बढिनै देखाए । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डललाई यति सम्म भनिदिएकी प्रचण्ड फुर्किएर सम्हालिनै धौधौ हुने अवस्था सम्म पुगे ।
कपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीदेखि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मले शुभकामना मन्तव्य दिए ।
नेताहरुले दिएका शुभकामना मन्तव्य सुनिरहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पछिल्ला समय तितो लाग्ने गरेको नेकपा मालेका महासचिव सीपी मैनालीको अभिव्यक्ति पनि खासै तितो लागेन । बरु गम्भीर लाग्यो । त्यसैले मैनाली सम्बोधन सकेर मञ्चमा आउनासाथ सोधे, ‘तपाईंको नोट रहेछ, मलाई दिनुहुन्छ ?
नेकपा एमालेका महासचिव शंकर पोखरेलको ‘हिजो पार्टी एकता गरेर गल्ती गरेका थिएनौं’ भन्ने अभिव्यक्ति पनि मनन योग्य लागेको प्रचण्डले सुनाए ।
प्रचण्डलाई सबभन्दा मन परेको अभिव्यक्ति चाहिँ प्रधानमन्त्री शेरबहादुर देउवाको रह्यो । प्रचण्डले भनेका छन्, ‘बडो संक्षिप्त बोल्ने प्रधानमन्त्रीजी आज बडो सुन्दर बोल्नुभएको लाग्यो । कस्तो मिठो बोल्न सकेको जस्तो लाग्यो ।’
कार्यक्रम सञ्चालक जनार्दन शर्माले प्रचण्डभन्दा ठीक अगाडि देउवालाई मञ्चमा बोलाएका थिए ।नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले सुरुमै प्रचण्डको प्रशंसा गरे । नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ भन्दै सम्बोधन शुरु गरेका उनले भने, ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ ।’
प्रचण्डकै जोडबलमा आफूहरु संविधानसभा निर्वाचनमा गएको र संविधान बनाउन पनि प्रचण्डको सबभन्दा महत्वपूर्ण योगदान रहेको सबैले मान्नुपर्ने देउवाको तर्क छ ।
त्यसपछि देउवाले पाँचदलीय गठबन्धनबारे बोले । संविधान र संसद बचाउन गठबन्धन गरेको भन्दै उनले भने, ‘ओलीजीहरुलाई पनि हाम्रो खिलापमा गठबन्धन गर्यो भने नलागोस् । कसैको खिलाप होइन, यो सविधानका साथसाथै संसद बचाउने गठबन्धन हो । त्यसमानेमा यो गठबन्धन पुरा समयसम्म चल्नेछ । म त के चाहन्छु, भने अझ अगाडि जाओस् ।’
प्रधानमन्त्री देउवाको अभिव्यक्तिले प्रचण्ड निकै खुसी देखिए । देउवाले खासखास समयमा ठूलो स्टमेटन्ट दिएको र आज पनि त्यही भएको भन्दै भन्दै प्रशंसा गरे ।
शान्ति प्रक्रियमा आउने तयारी गरिरहँदा तत्कालीन प्रधानमन्त्री देउवाले प्रचण्ड एउटा बहादुर नेता हो भनेको स्मरण गर्दै उनले भने, ‘म युद्ध गरिराखेको छु । उहाँ प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीले विद्रोहीलाई बहादुर नेता भनिदिनुभयो ।’ देउवाले सहज ढंगले भनेको, तर जबरजस्त प्रभाव परेको उनले सुनाए ।
पछिल्लो पटक प्रधानमन्त्रीमा आलोपालो गरेको र सहमतिअनुसार आफूले देउवालाई हस्तान्तरण गरेको प्रचण्डले बताए । ‘उहाँले संसदको मञ्चबाट भन्नुभयो प्रचण्ड राजनेता नै रहेछन्,’ उनले भने, ‘सजिलै भन्नुभयो, तर ठूलो स्टेटमेन्ट भन्नुभयो ।’
आफ्नो पार्टीको महाधिवेशन उद्घाटन समारोहमा पनि संविधानसभा चुनाव गर्न, संविधानसभाबाट गणतन्त्र, संघीयता, समानुपातिक समावेशी संविधान बनाउन माओवादी र त्यसको नेतृत्वका रुपमा आफूले खेलेको भूमिबारे इमान्दारिपूर्वक बोलेको भन्दै प्रचण्डले प्रधानमन्त्री देउवाको प्रशंसा गरेका छन् ।
उनले अघि भने, ‘उहाँले सजिलैसँग भनिदिनुभयो, गठबन्धन त कुनै हालतमा ‘ (टुट्दैन) । म त चाहन्छु परैसम्म लैजाने, चुनावपछि पनि भनिदिनुभयो । तपाईं हामीले सुन्न चाहेको कुरा त्यही थियो उहाँको मुखबाट ।’
प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा प्रचण्डले चाहेजस्ता मात्र बोलेनन्, आफूले चाहेको पनि सत्तारुढ माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुलाई सुनाएका छन् ।
उनी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० संसदबाट पास गर्न चाहन्छन् । तर सत्तारुढ गठबन्धनमै यसबारे सहमति जुटेको छैन । माओवादी केन्द्रमै पनि एमसीसीबारे चर्को मतभेद छ । प्रचण्डले एमसीसी संसदमा टेबल गर्नसम्म सहमति दिएपनि यथास्थितिमा अनुमोदन गर्न नहुने मत बलियो छ ।
त्यसलाई बुझेका प्रधानमन्त्री देउवाले भनेका छन्, ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन रु पहिले पढ्नुपर्यो एमसीसी, कहाँ छ राष्ट्रघाती रु मैले त कहिँ देखेको छैन ।’उनले अघि भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला रु म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ, म किन राष्ट्रघात गरौंला ?’
एमसीसी नेपालको हितमा रहेको भन्दै उनले सित्तै आएको पैसा चाहिन्न भन्न नहुने बताए । ‘वर्ल्ड बैंक, एडीबीजस्ता दातृ निकासयसँग ऋण लिँदा अन्तर्राष्ट्रिय कानुन लागू हुने भन्दै उनले भने, ‘एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपर्यो क्या !’
प्रचण्ड र अरु नेताहरुसँग छलफल भइरहेको भन्दै प्रधानमन्त्रीले सहमतिकै आधारमा एमसीसीलाई संसदबाट पास गर्ने विश्वास व्यक्त गर्दै आफ्नो सम्बोधन टुंग्याए ।
माओवादी अध्यक्ष प्रचण्डले भने त्यसलाई प्रधानमन्त्रीको निजी विचार भन्दै पन्छाउने प्रयास गरेका छन् । तर प्रधानमन्त्री देउवाले राष्ट्रघात भए देखाउन, नभए पास गर्न सहयोग गर्नुपर्ने दबाव प्रचण्डमाथि दिएको नेताहरु बताउँछन् ।
“हामीले कस्तो नेपाल बनाउँदैछौँ ?”
हामी सबैलाई एउटा राम्रो नेपाल चाहिएको छ। जहाँ छोराछोरीले भविष्य खोज्न विदेश जानैपर्ने बाध्यता नहोस्, जहाँ इमानदार मानिस निराश हुन नपरोस्, जहाँ गरिबको आवाज सानो नहोस् र जहाँ एउटा...
विपद्को पीडामा नागरिक उन्मुक्ति पार्टीको साथ
विपत्तिमा परेका नागरिकहरूको पीडालाई आफ्नै पीडा सम्झिँदै नागरिक उन्मुक्ति पार्टी, नेपालले राहत संकलन तथा वितरणको मानवीय अभियान सम्पन्न गरेको छ। पार्टीका संरक्षक रेशम चौधरीज्यूबाट बिदाइ गरी राहत सामग्रीलाई सकुशल गन्तव्यसम्म...
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय
सरकारले बाढी प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम प्रभावित जिल्लाका स्थानीय...
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए
सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए...
गाडीको सनरुफबाट हात हल्लाउँदै हिँडे देउवा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे । देउवाको आगमनमा...
आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स
रिलायन्स एजुकेसन नेटवर्कले आगामी श्रावण २९ देखि ३१ गतेसम्म बुढानीलकण्ठको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आफ्नो एघारौँ ‘रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन’ (आरपिमुन) आयोजना गर्ने भएको छ, जसमा...
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...