Otv Nepal शुक्रबार, साउन १५ २०८३

देउवाले प्रचण्डलाई त्यति सारो फुर्काउनुको कारण यस्तो पो ! बल्ल पो बाहिरियो वास्तविकता

  • otv nepal

    सोमबार, पुष १२ २०७८
  • नेकपा माओवादी केन्द्रको ८ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र र प्रचण्डलाई मख्ख बनाउँन कुनै कसरत बाँकी राखेनन् । प्रचण्ड पनि सारैनै फुर्किए तर यसको खास कारण भने बल्ल खुल्न थालेको छ ।

    देउवाले प्रचण्डले जे सुन्न चाहेका छन् र जे भन्दा प्रचण्ड खुशी हुन्छन् त्यहि लवजमा बोलीदिए । देउवाबाट प्रशंसाको बर्षा पाए पछि प्रचण्डलाई के चाहियो उनले पनि ठाउँ छोडिहाले । ग्रेट डिभेटनै माओवादीको कार्यक्रममा भएको भन्दै उनले देउवाले ठूलो स्टेटमेन्ट दिएको सम्म भन्न भ्याए ।

    प्रचण्डलाई देउवाले त्यति सारो फुर्काउँनुको रहस्य भने अर्कै होकी भन्ने विश्लेषण गरिएको छ । प्रचण्डलाई फकाइफकाइ एमसीसी पास गराउँनका लागी देउवाले जानीबुझिकन यस्तो आइडिया लगाएको बताउँन थालिएको छ । कुन चारो हाल्दा प्रचण्ड दंग पर्छन् भनेर देउवाले बुझेरनै यस्तो चारो दिएर बल्छी थापेको विल्लेषण हुन थालेको छ ।

    पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी लाई लिएर दबाबमा छन् ।एमसीसीले आर्थिक अनुदान संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको यसै महिनाको सुरुवातमा विज्ञप्ति निकालेर बताइरहँदा देउवामाथि थप दबाब परेको बुझ्न कठिन छैन ।तर गठबन्धन सरकार भएका कारण र संसदमा आफ्नो दल कमजोर हुँदा देउवाले चाहेजस्तो सहज परिस्थिति भने छैन ।

    उनले गत साताको आइतबार सर्वदलीय बैठक राखेर एमसिसी संसदमा लैजाने चाहना राखेका थिए । तर सत्ता गठबन्धनका प्रमुख दुई सहयात्री नेकपमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका साना दलको विरोधका कारण त्यसबारे देउवा रक्षात्मक बन्न पुगे ।

    गठबन्धनले एमसिसीबारे अध्ययन गर्न र साझा धारणा बनाउनका लागि तीन सदस्यीय कार्यदल गठन गरेका छन् ।कांग्रेस, एमाले र माओवादी केन्द्रका एक एक जना सदस्य रहेको उक्त कार्यदलबाट पनि आफूले चाहेजस्तो सुझाव आउनेमा देउवा विश्वस्त छैनन् ।

    तत्कालीन नेकपा हुँदा एमसिसी अध्ययन गर्न गठन भएको कार्यदलका प्रमुख झलनाथ खनाल अहिलेको कार्यदलमा पनि नेतृत्वकर्ता रहेका छन् भने अर्का सदस्य माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेका छन् ।

    त्यसैले पनि गठबन्धनबाट एमसिसी यही अवस्थामा पास हुने निर्णय आउनेमा उनी ढुक्क छैनन् । त्यसैले उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि ‘दबाब’ बढाउन खोजेका छन् ।

    आइतबारबाट काठमाडौंमा सुरु नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए ।

    कार्यकारी पदमा रहेर गरेको नेतृत्वको आलोचना भए पनि देउवाको खुबीलाई नेपाली राजनीतिमा मान्नै पर्ने हुन्छ । उनले समय र परिस्थिति अनुसार मिलाएर लैजान जानेका छन् । झुक्न जानेका छन् । फुर्‌क्याउन जाने छन् ।

    उनै देउवाले माओवादीको महाधिवेशन उद्घाटनमा त्यस्तै गरे । माओवादी ‘सुप्रिमो’ प्रचण्डको उनले गुणगान गाए । खुसी भएका माओवादी कार्यकर्ताले परररर ताली पिटे । देउवाले ठिक भने भन्दै उनीप्रति सदासयता दर्शाए ।

    उनले माओवादी र प्रचण्डकै कारण देशमा संविधान सभाको चुनाव भएको र गणतन्त्र आएको भन्दै प्रचण्डलाई उचाइमा पुर्याउँदा माओवादी नेता कार्यकर्ताको छाती चौडा भयो ।

    ‘पुष्पकमल दाहालले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ। शान्ति प्रक्रियामा आउदा संविधानसभाको निर्वाचन उहाँको सर्त हो,’ देउवाले भनेका थिए, ‘उहाँको बलले संविधानसभामा हामीहरु गएका हौं । यस मानेमा संविधानसभाबाट संविधान बनाउने कुरा भएको हो ।’

    नजिकिँदै गरेको तीन तहको निर्वाचनमा देउवा ९कांग्रेस० को फेर समाएर गठबन्धनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘देखाइदिन’ खोजिरहेका प्रचण्ड र माधव नेपाललाई आस्वस्त पार्दै देउवाले गठबन्धनको कुरा उठाए ।

    माओवादीका नेता कार्यकर्तालाई पनि आफूहरुको संगठन कमजोर भएको र चुनावी मत आफ्नो पक्षमा एक्लाएक्लै भिड्दा कम आउँछ भन्ने थाहा भएको अवस्थामा देउवाले चुनाव भन्दा परैसम्म गठबन्धन जाने भन्दै सकारात्मक सन्देश सञ्चार गरे ।

    ‘यो संसद् बचाउने गठबन्धन हो। यो पूरा समयसम्म चल्नेछ’ उनले भने ‘म अझै के चाहन्छु, गठबन्धन अझै लामो समय जाओस्। यो केपी शर्मा ओलीविरुद्ध पनि होइन ।’यसै भन्दै गर्दा देउवा उपयुक्त समयको खोजीमा थिए । र, प्रचण्डमाथि उनकै कार्यकर्ताको सामुन्ने दबाब दिन बुझिने गरि एमसिसीबारे बोले ।

    ‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसिसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसिसी राष्ट्रघाती भन्दियो’ उनले भने ।राष्ट्रघाती भन्नेले त्यो पनि पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्यो एमसिसी कहाँ छ राष्ट्रघाती रु मैले हेर्दा कहि राष्ट्रघात देखेको छैन ।

    ’उनले आफू पनि नेपालको प्रधानमन्त्री भएको भन्दै प्रश्न गरे ‘म राष्ट्रको खिलाफमा जाउँला रु म पनि राष्ट्रका लागि लडेको मान्छे । त्यसकारण तपाईंहरु पढ्नुस्, अध्ययन गर्नुस् ।’

    ‘हामी छलफल गरिरहेका छौं। नेपालको हितमा छ। सित्तै आएको पैसा हो । चाहिन्न भन्छन् । एडीबीको ऋण लिन्छौं । एमसीसीका बारेमा राम्रोसँग बुझ्नुपर्छ । यसमा सहमति भएर हामी छिट्टै पास गराउने छौं,’ प्रधानमन्त्री देउवाले भने ।

    देउवापछि बोलेका अध्यक्ष प्रचण्डले कार्यक्रममा आएको भन्दै सवैको तारिफ गरे । एमालेसँग एकता गरेर आफूहरुले गल्ती नगरेको भन्दै एमाले महासचिवको समेत तारिफ गरेका प्रचण्डले सबैभन्दा मुक्तकण्ठले देउवाको प्रशंशा गरे ।

    किनकी केही मिनेट अघि देउवाले प्रचण्डको लगभग ‘देवत्वकरण’ गरेका थिए । त्यसबाट प्रचण्ड खुसी रहेको प्रस्टै देख्न सकिन्थ्यो ।प्रचण्डको भाषणले पनि त्यसलाई पुष्टि गर्थ्यो । दंग परेका प्रचण्डले भने ‘संक्षिप्त बोल्ने प्रधानमन्त्रीजीले आज बढो सुन्दर बोल्नु भएको लाग्यो।

    कस्तो मिठो बोल्न सक्या १ उहाँ मान्छे बडो सोझो जस्तो पनि, इन्नोसेन्ट हो कि जस्तो पनि लाग्यो । सजिलै भन्दिनुभो, यो सबै प्रचण्डले नै गर्दा भाको हो है, नत्र हुन्थेन।
    तर, ठूलो स्टेटमेन्ट दिनुभो । म प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

    प्रचण्डले देउवालाई थप प्रफुल्लित पार्न खोजे । ‘तपाईंले इतिहासका खास खास मोडमा ठुल्ठूला स्टेटमेन्ट दिनुभएको छ । हामी शान्ति प्रक्रियामा आउने तयारी गर्दै थियौँ । उहाँले भनिदिनुभयो- प्रचण्ड एउटा बहादुर नेता हो नेपालको,’ प्रचण्डले भने, ‘म युद्ध गरिराखेको छु, उहाँ प्रधानमन्त्री हुनुहुन्छ।

    प्रधानमन्त्रीले विद्रोहीलाई बहादुर नेता भन्दिनुभो । बडो सहज ढंगले भन्नु भो तर त्यसको जबर्जस्त प्रभाव देशमा पर्यो । प्रधानमन्त्रीजस्तो हैसियतको नेताले विद्रोही जस्तो नेतालाई बहादुर रु सानो कुरा होइन ।’

    प्रचण्डले देउवालाई अनुभवि र खारिएको नेता भन्दै अगाडि भने ‘मलाई अलिअलि डर लागेको छ कांग्रेसभित्र अलिअलि आलोचना खेप्नु पर्ने त होइन रु तर मलाई लाग्छ धेरै अनुभव हासिल गरिसक्नु भएको छ, सानातिना आलोचना र विरोधले उहाँको छाला धेरै दह्रो भइसकेको छ ।’

    तर, प्रचण्डले जवाफ दिनु पर्ने एउटा अप्ठेरो उत्तरको अपेक्षा देउवाले गरिरहेका थिए । एमसिसीबारे आफूले बोलेको विषयमा कार्यकर्तामाझ प्रचण्ड कसरी प्रस्तुत हुनेछन् भन्ने विषयमा सादय उनको चासो थियो र त्यसैका लागि उनले भाषणमा सोच विचार गरेर उक्त विषयबारे बोलेका थिए ।

    देउवाले अन्य विषयको चर्चा गरेका प्रचण्डमाथि नैतिक रुपमा दबाब बढाएका थिए । कहाँ छ राष्ट्राघत देखाउँ भन्दै देउवाले पढ्न भनिसकेका थिए ।

    आफू देशको प्रधानमन्त्री रहेको र लोकतन्त्रका लागि लडेको मानिसले राष्ट्रघात गर्छ रु भन्दै देउवाले प्रश्न नै राखिसकेपछि प्रचण्ड जवाफ दिन सहज थिएन । प्रचण्डले जोगिने सहज बाटो खोजे एमसिसीबारे देउवाको निजी विचार भनेर ।

    ‘प्रधानमन्त्रीजीले एमसीसीबारे आफ्नो विचार भन्नुभयो। तर, उहाँले कहाँ हो राष्ट्रघाति भएको देखाइ दिनु भन्नुभयो। छलफल गर्दैछौं भनेर पनि भन्नुभएको छ। प्रधानमन्त्रीको यो अभिव्यक्ति पनि राम्रो नै आएको छ ।’

    देउवाले राष्ट्रघात भए देखाउन, नभए पास गर्न सहयोग गर्नुपर्ने दबाव प्रचण्डमाथि प्रस्ट रुपमा दिएका छन् ।प्रचण्ड माधवलाई एमसिसीकै विषयले गर्दा कतै देउवा ओली तिर निकट हुने र आफूहरु चुनावको मुखैमा किनारा पर्ने त होइन भन्ने त्रासलाई बुझेका उनले सार्वजनिक रुपमा गठबन्धनका दुई नेता प्रचण्ड र माधव नेपालमाथि दबाब बढाएका छन् ।

    सम्बन्धित समाचार
    प्रकाशित: आइतबार, असार २१ २०८३

    सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...

    प्रकाशित: आइतबार, असार २१ २०८३

    अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म

    अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...

    प्रकाशित: मंगलबार, असार १६ २०८३

    शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना

        सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...

    प्रकाशित: मंगलबार, असार ९ २०८३

    सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ

    विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...

    प्रकाशित: मंगलबार, फाल्गुन १२ २०८२

    काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने

    काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता

    भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...

    प्रकाशित: मंगलबार, माघ २८ २०८२

    केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

    काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...

    प्रकाशित: शनिबार, पुष १९ २०८२

    डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास

    मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...

    प्रकाशित: सोमबार, पुष १४ २०८२

    पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन

    शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...

    प्रकाशित: शनिबार, पुष १२ २०८२

    राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...

    प्रकाशित: सोमबार, पुष ७ २०८२

    डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार

    नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...

    प्रकाशित: सोमबार, मंसिर २३ २०८२

    मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...

    प्रकाशित: बुधबार, मंसिर १८ २०८२

    मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए

    २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत

    स्ववियु परिषद‌को अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...

    प्रकाशित: मंगलबार, मंसिर १७ २०८२

    चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान

        नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा

    नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...

    प्रकाशित: बिहिबार, मंसिर १२ २०८२

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...

    हाम्रो बारेमा


    प्रोत्साह मिडिया प्रालि
    विजुलीबजार , १० काठमााडौँ
    सूचना विभाग दर्ता नम्बर ९६४ /०७५- ७६

    सम्पर्क


    [email protected]
    chabahil , kathmandu

    हाम्रो टिम


    अध्यक्ष/प्रधान सम्पादक :शिवशक्ति आचार्य
    वरिष्ठ सम्वाददाता :प्रेमप्रसाद नेपाल
    सम्वाददाता :उमेश आचार्य
    प्रेस प्रतिनिधि :सृजना दहाल
    प्रेस प्रतिनिधि : पुरुषोत्तम दाहाल

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to otvnepal.com | Site By : SobizTrend