नेपाल माथी सँधै भरी दादागिरी र हेपाह प्रवृती राख्दै आएको छिमेकी मूलुक इण्डीयाले हालसालै दोस्रो पटक नेपाली भूमी समावेश गरेर नक्सा जारी गरेको छ । त्यसको केहि दिनमै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा इण्डीया भ्रमणमा जान लागेका छन् ।
प्रधानमन्त्री पत्नी आरजू देउवा केहि दिन अघि नै इण्डीया पुगेर उच्च स्तरीय भेटघाट गरिरहेकी छिन् । निर्लज्जताको पराकाष्ठ कति सम्म भने पहिलो पटक नेपाली भूमी लिपुलेक ,लिम्पीयाधुरा समावेश गरेर इण्डीयाले नक्सा जारी गर्दा तत्कालिन केपी ओली नेतृत्वको सरकारले उक्त भूमी समावेश गरेर नेपालले पनि नक्सा जारी गरेको थियो तर अहिले देउवा भने इण्डीयको मेजमानी खान जाँदैछन् ।
केहि समय अघि महाकाली नदिमा तुइन तर्ने क्रममा इण्डीयन एसएसबीले तुइनको तार काटिदिएर एक जना नेपाली युवक जय सिंह धामीको ज्यान गयो ,नेपाली सरकारले ठोस कदम चाल्न सकेन इण्डीयाले हेपेको हेपै भयो , हालै उसले दोस्रो पटक नेपाली भूमि समेटेर नक्सा जारी गर्यो नेपाल सरकार चुइक्क बोलेन बरु आतिथ्यता स्विकार गरेर देउवा मेजमानीमा जान कस्सीए ।
इण्डीयाले नेपाली भूमी समावेश गरेर नक्सा जारी गरे पछि राजनितीक तबरमा उच्च स्तररिय भ्रमण हुन सकेको थिएन । परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री हुने वित्तिकै देखी सुरु भएको पहलले सार्थकता पाएको छ । इण्डीयाको यस्तो दादागिरीको छाँयामा परेर नेपालका प्रधानमन्त्रीले इण्डीया भ्रमण गर्न नहुने कुरा पनि जोडतोडले उठिरहको छ ।
केहि दिन अघि मात्रै नेपाली भूमी समेटेर नक्सा जारी गरेको इण्डीयाको मेजमानी खान जानु देउवाको गम्भिर भूल भएको चर्चा पनि कुटनितीक वृतमा उठ्न थालेका छन् । परराष्ट्र मामिलाका एक जना विज्ञले ओटीभी नेपाल डट कम सँग कुराकानी गर्दै देउवामा थोरै मात्रै पनी लाज भन्ने जिनीस भएको भए यस्तो गर्नै नसक्ने जिकिर गरेका छन् ।
भारतको गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यी प्रतिनिधिमण्डलसहित आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
इण्डीयार नेपालका परराष्ट्र मन्त्रालयले देउवाको भ्रमण सूचीलाई संयुक्तरुपमा सार्वजनिक गर्ने तयारी थालेका छन् । तर, परराष्ट्रदेखि प्रधानमन्त्री स्रोतका अनुसार देउवाले गुजरातमै सम्मेलनको दौरान भारतीय समकक्षीसँग साइडलाइन वार्ता गर्ने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देउवाको गुजरात भ्रमणलाई स्वीकृति समेत प्रदान गरेको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेका अनुसार रासायनिक मल आयात, ऊर्जा ब्यापार, हवाइ रुट, सीमालगायतका विषयमा भारतसँग कुरा हुनेबारे प्रधानमन्त्रीले मन्त्री र सचिवलाई जानकारी गराएका छन् ।
मन्त्री आलेका अनुसार भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाइ रुटको लागि भारतसँग प्रधानमन्त्रीले कुरा गर्ने जनाइएको छ । तर, भ्रमणमा नेपाल–भारत रेलसेवाको उद्घाटन भने नहुने भएको छ । प्रधानमन्त्रीको प्रतिनिधिमण्डल २० सदस्यीय हुने बताइएपनि यसबारे औपचारिक जानकारी आउन बाँकी छ ।
नेपाल एयरलाइन्सको नियमित उडानबाट देउवा दिल्ली पुग्नेछन् । अन्य यात्रु त्यहीँ झरेपछि देउवा सोही बिमानबाट गुजरात पुग्ने कार्यक्रम छ । भाइको उपचारको लागि दिल्लीमा रहेकी देउवा पत्नी आरजु राणा पनि त्यहीँबाट सामेल हुने जनाइएको छ ।
नेपाली टोलीमा प्रधानमन्त्री, उनकी पत्नी, सचिवालयका सदस्य, परराष्ट्रमन्त्री, अर्थ र परराष्ट्र सचिव, मन्त्रालय र दूतावासका अन्य कर्मचारी सहभागी हुने भएका छन् । नेपाली सेनाका चार तथा अनुसन्धानका एक–एक गरी ६ जना सुरक्षाकर्मी पनि सामेल हुने भएका छन् ।
परराष्ट्र प्रवक्ता सेवा लम्सालले आइतबार प्रधानमन्त्री त्यसतर्फ जाने निश्चित भएपनि विस्तृत जानकारी भारत र नेपालले संयुक्तरुपमा सार्वजनिक गर्ने तयारी भैरहेको बताइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस २६ गते भाइब्रेन्ट गुजरात समिटको उद्घाटन गर्नेछन् । सो सम्मेलनमा देउवासहितका पाँच मुलुकका सरकार प्रमुखले भाग लिनेछन् । नेपालको सेमिनार पहिलो दिनमै बिहान साढे १० बजेदेखि १२ बजेसम्म हुने भएको छ ।
देउवाको यो राजकीय भ्रमण चाहिँ होइन । देउवाले यो भ्रमणलाई राजकीय बनाउन चाहे पनि भारतले स्वीकार नगरेको स्रोतको दावी छ । देउवासहितको टोली भ्रमणको तेस्रो दिन गुजरातको मन्दिर सोमनाथको दर्शनमा जाने र पुस २८ मा दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।
देउवा र मोदीबीच दुई महिनाअघि स्कटल्यान्डको ग्लास्गोमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६)को क्रममा भेट भएको थियो ।
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...