३०० औँ पृथ्वी जयन्तीको अवसरमा आज पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार स्थित पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदैछन् । ज्ञानेन्द्र बाहिर निस्कने अघिल्लो दिननै आएको उनको विज्ञप्तीले भने राजनितीक वृतमा ठूलै हल्लाखल्ला मच्चीएको छ ।
ज्ञानेन्द्र शाहको सचिवालयको तर्फबाट हिजो एकै दिन दुईवटा विज्ञप्ती जारी भए जसमा उनलाई राजाकै हैसियतमा सम्बोधन गरिएको छ । पूर्वराजा नभनिकन श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाह भनेर नै सम्बोधन गरेर विज्ञप्ती आएको छ । यसले राजनितीक वृतमा तरंग आएको छ ।
पहिलो विज्ञप्तीमा ज्ञानेन्द्रले आज सिंहदरबार पुगेर गरिने कार्यक्रमबारे जानकारी मात्रै छ भने दोस्रो विज्ञप्तीमा उनले राजनितीक स्टेटमेन्टनै दिएका छन् । पृथ्वी जयन्ती तथा एकता दिवसकै अवसरमा भनेर विज्ञप्ती जारी भए पनि त्यहाँ उल्लेखीत भाषा , सन्दर्भ र विषयवस्तुले दरो पोलिटिकल स्टेटमेन्ट ज्ञानेन्द्रले दिएका छन् ।

राजाकै हैसियतमा सम्बोधन गरेर जारी गरिएको विज्ञप्तीमा ज्ञानेन्द्रले अहिलको व्यवस्थाले जनतको हित नगर्ने जिकिर गरेका छन् । अहिलेको व्यवस्थालाई जनताले मन नपराएको भन्दै उनले यो व्यवस्था समयको बर्वादी मात्रै भएको जिकिर गरेका छन् । पछिल्लो समय ज्ञानेन्द्रले लगातार पोलिटिकल स्टेटमेन्ट दिइरहेका छन् । यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रलाई राजाकै रुपमा सम्वोधन गरेर विज्ञप्ती जारी गरिएको विषयमा बुझ्न ओटीभी नेपालले उनका संवाद सचिव फणिन्द्रराज पाठकलाई टेलिफोन गर्दा उनले आफुले कहिल्यै पनि पूर्वराजा नभनेर राजाकै रुपमा सम्बोधन गर्ने गरेको जवाफ दिएका छन् । पूर्वराजा भन्दा वर्तमान राजा चाँही को हो त? भन्ने प्रश्न धेरै आएकाले यस्तो गरिएको उनले बताए ।
राजा कहिल्यै पनि पूर्व नहुने जिकिर पनि पाठकले गरेका छन् । पूर्वराजा भन्नलाई बर्तमान राजा को हो देखाउँन सक्नु पर्यो त्यो देखाउँन हामी सँग छैन त्यसैले पूर्व नलेखिकन राजाकै हैसियतमा विज्ञप्ती जारी गरिएको हो । ओटीभी नेपाल सँग पूर्वराजाका संवाद सचिव फणिन्द्रराज पाठकले भने ।
३००औँ पृथ्वी जयन्ती भएका कारण विशेष रुपमा मनाउँनका लागी यो पटक यस्तो तयारी गरिएको उनले बताए । अर्को पटक के हुने हो यसै भन्न नसकिने उनले जानकारी दिए । निर्मल निवासको तर्फबाट जनसहभागीलाई कुनै अनुरोध नगरिएको जानकारी पनी उनले दिएका छन् । कुनै सभा नगर्ने गाडीमा गएर माल्यार्पण मात्रै गरिने कार्यक्रम भएको पाठकले बताएका छन् ।
पूर्वराजा शाहले देश पराईहरुको खेल मैदान बनिसकेकोले हरेक नेपालीले खतराको अनुभूति गरिरहेको बताएका छन् । उनले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा परेको अवस्थामा एकताको महत्व र पृथ्वीनारायण शाहका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको उल्लेख गरेका छन् ।
‘राष्ट्र निर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसात गरिरहनुपर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण नै यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं,’ सन्देशमा पूर्वराजा शाहले भनेका छन् ।
राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उनले प्रस्ट पारेका छन् । ‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसूकै चयन गरियून, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ,’ सन्देशमा उनले भनेका छन् ।
प्रणाली केवल साधन हुने र साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएको उनको भनाइ छ । ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन,’ उनले भनेका छन् ।
उनले आफ्नो गौरवमय अस्तित्वलाई जोगाइराख्न हिमाल, पहाड र तराईका जनता सबै एक बन्न पनि आह्वान गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो राष्ट्रियता सुदृढ राखौं अनि समग्र राष्ट्रलाई सिँगारौँ भन्ने हाम्रो आजको आकांक्षा र आवश्यकता हो ।’
सुदूरपश्चिमका भौतिकमन्त्रीको जिल्लामा १ हजारभन्दा बढी योजना
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेशसभामा छलफल सुरु हुनुअघि नै तीव्र विरोध र असन्तुष्टि चुलिएको छ। विशेषगरी सबैभन्दा ठूलो हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा ‘सेटिङ’...
अर्थमन्त्रीको सय दिन : १५ कानून खारेजदेखि अर्बौँको घोटालाको अनुसन्धानसम्म
अर्थ मन्त्रालयको १०० दिनका मुख्य उपलब्धिहरू को संक्षेप यस प्रकार छ: १. नीतिगत तथा कानूनी सुधार १५ कानून खारेज: उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ वटा कानून खारेज गर्ने निर्णय...
शर्माद्वारा पशुपति मन्दिरमा विशेष पूजाअर्चना
सम्पूर्ण परिवारसहित श्री पशुपतिनाथ मन्दिरमा उपस्थित भई विशेष पूजा–आराधना तथा दर्शन सम्पन्न गरेपछि नेपाली कांग्रेसका नेता सुनील कुमार शर्मा । मन्दिरका मूल भट्ट रावल गणेश भट्टज्यूको सान्निध्यमा वैदिक विधिअनुसार...
सन्तान सुखको भरोसा बन्दै नोबेल आईभीएफ
विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न...
काठमाडौं मेडिकल कलेजले ‘साम्बा’को नि:शुल्क उपचार गर्ने
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमकि कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बा नेपालमै उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । काठमाडौं...
केएमसी र कृषि विकास बैंकबीच छुटसम्बन्धी सम्झौता
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र कृषि विकास बैंकबीच आफ्ना सेवाहरूमा विशेष छुट उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार केएमसीले बैंकका ग्राहक, कर्मचारी, पूर्वकर्मचारी...
केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ । अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र...
डा. सुनिल शर्माले बाबुआमाको नाममा जनता माध्यामिक बिद्यालयमा करिब ४ करोड रुपैयाको भवन बनाइदिने, भब्य कार्यक्रमका बिच शिलान्यास
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ...
पूर्वमन्त्री कान्छारामको ठेकेदार कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । पूर्वऊर्जाराज्यमन्त्री एवं कांग्रेस नेता कान्छाराम तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित ५ कम्पनी कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक सञ्जाल सुधार...
अनिश्चित बन्यो रास्वपा र बालेनबीचको मिलन
शुक्रबार नै टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति शनिबारसम्म आइपुग्दा थप अनिश्चित बनेको छ । बालेन शाहको तर्फबाट छलफलमा रहेकाहरूले दुईपक्षीय...
राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प...
डा. सुनिल शर्माको काडमाठौं मेडिकल कलेजमा चिरफारबिनै मष्तिष्क रक्तश्राबको दुर्लभ उपचार
नेपाली कांग्रसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ...
मन्त्री ,प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली...
मतदानमा एमालेका ४७ प्रतिशत मात्र संगठित सदस्य आए
२७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य सहभागी नै भएनन् । पार्टीलाई नियमित लेबी बुझाउने संगठित सदस्यहरू नै पार्टीको...
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत
स्ववियु परिषदको अध्यक्षमा रोहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू :रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले...
चुनाव निष्पक्ष र भयरहित हुन्छ: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने दाबी गरेका छ । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले २१ फागुनमा नै निर्वाचन...
डा.सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई प्रधानमन्त्री सुशिला कार्की द्यारा सामाजिक सुरक्षामा उत्कृष्ट योगदानको सम्मान
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोष, थापाथलीले आठौँ सामाजिक सुरक्षा दिवस 2082 को अवसरमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा .सुनिल शर्माको काठमाडौं मेडिकल...
सरकारले रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्छः सुनिल शर्मा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार...
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७ सय २३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग...